समाचार

    Showing 8,251-8,260 of 8,705 items.
  • थप ५३५जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९ हजार ५६१ पुग्यो

    आज थप ५३५ जनामा संक्रमण पोजेटिभ देखिएको हो।  यो सगै नेपालमा संक्रमितको संख्या ९५६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले थप ५३५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३७० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २१४२ जना पुगेको छ । नेपालमा हालसम्म ७६ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    • प्रकाशित मितिः असार ८, २०७७
    • 708 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खानेपानी परियोजना पारदर्शी गर्न माग गर्दै धरानमा प्रदर्शन

    धरान । लामो समय देखिनै विवादित बनेको धरानको खानेपानी परियोजनाको खर्च पारदर्शी गर्न माग गर्दै धरान उपमहानगरपालिकाको प्रवेशद्वारमा धर्ना सहितको प्रर्दशन गरेको छ । संयुक्त खानेपानी संघर्ष समितीले चार सुत्रिय माग राख्दै सोमबार नगरपालिकाको प्रवेशद्वारमा प्रदर्शन गरेका हुन् । उनीहरुले परियोजनाको खर्च पारदर्शी बनाउनुपर्ने, खानेपानी अनुगमन समितीले दिएको सुझाव अनुसार सरकारले निर्धारण गरेको टेरिफ अनुसार महशुल निर्धाणर गर्नु पर्ने र आयोजनाको अध्ययन र अनुगमन गरि भ्रष्ट्राचार भएको देखिए सम्बन्धित कर्मचारी तथा जनप्रतिनिधीलाई कारवाही गर्नु पर्ने माग गरेका छन् । समितीका उपसंयोजक हर्क साम्पाङले नगर प्रमुख त

    • प्रकाशित मितिः असार ८, २०७७
    • 932 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ सरकारविरुद्ध मंगलबारेमा रिले धर्ना

    विराटनगर । मोरङको मंगलबारेका स्थानीयहरुले प्रदेश १ सरकारविरुद्ध अनिश्चितकालिन रिले अनसन सुरु गरेका छन् । मोरङको उर्लाबारी–३ मा अवस्थित मंगलबारे अस्पतालको नामको विषयलाई लिएर मंगलबारेमा विगत पन्ध्र दिनदेखि आन्दोलन चलिरहेको छ । प्रदेश १ सरकारले मंगलबारे अस्पतालको नाम मदन भण्डारी ट्रमा सेन्टर राखेर बजेट विनियोजन गर्ने जनाउ दिएसंगै स्थानीय विरोधमा उत्रिएका हुन । सङघर्स समितिले सोमबारदेखि मंगलबारे अस्पताल गेट अगाडि टेन्ट लगाएर रिले धर्ना सुरु गरेको छ । यसमा आन्दोलनकारी दलका प्रतिनिधिहरुसमेत सहभागी छन ।नेपाली कांग्रेस उर्लाबारी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र मंच सम

    • प्रकाशित मितिः असार ८, २०७७
    • 1,525 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ को संसद बैठक प्रमुख विपक्षी कांग्रेसद्वारा अवरुद्ध

    विराटनगर । नेपाली कांग्रेसले प्रदेश १ संसदको आजको बैठक अवरुद्ध गरेको छ । काठमाडौबाट बाहिर बस्ने नागरिकलाई काठमाडौ प्रवेशमा गरिंदै आएको रोकको विरोध र प्रदेश सरकारले संघीय सरकारसंग आफ्ना भनाई राख्न नसकेको लगायत विषय उठाउँदै प्रमुख विपक्षी कांग्रेसले सदन अवरुद्ध गरेको हो । संसद बैठक सुरु हुनासाथ कांग्रेसका सांसदले आफ्नो स्थानबाट उठेर विरोध गरेका छन् । सभामुख प्रदिपकुमार भण्डारीले प्रमुख विपक्षीलाई समय दिएर आफ्ना कुरा राख्न आग्रह गरेपछि प्रमुख सचेतक केदार कार्कीले कांग्रेसका माग सदनमा प्रस्तुत गरेका छन् । कार्कीले प्रश्न गर्दै भने,“हामी कुन दर्जाको नागरिक हो । प्रदेश बन्यो तर प्रदेशले संघ

    • प्रकाशित मितिः असार ८, २०७७
    • 911 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युवालाई आंकाक्षा नेपालको नेतृत्व विकाश तालिम

    धरान । युवाहरुको नेतृत्व र व्यक्तित्व विकाशका लागि आंकाक्षा नेपालले धरानमा एक दिने नेतृत्व विकाश तालिम सम्पन्न गरेको छ । युवाहरुलाई असल नेतृत्वबाट मात्र सामुहिक लक्ष्य हासिल गर्न सकिन्छ भन्ने अवधारणा अनुसार नेतृत्व विकाश तालिम प्रदान गरेको हो । आइतबार सम्पन्न तालिममा नेता र नेतृत्व, नेतृत्वका शैली र सिप, नेतृत्वको प्रकार, नेतामा हुनुपर्ने गुणहरुका विषयमा तालिम केन्द्रित भएको थियो । धरान जेसिजका पुर्व अध्यक्ष मोहन श्रेष्ठ र विष्णु बरालले तालिमको सहजीकरण गरेका थिए । युवा भविष्यको कर्णधार र सम्भावना भएका कारण उनीहरुलाई असल संस्कार र सोचको विकाश गर्न नेतृत्व विकाश तालिम प्रदान गरिएको आकांक्षा

    • प्रकाशित मितिः असार ८, २०७७
    • 998 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान नगरसभाको विवाद चुलिदै

    धरान । नगरसभाको मिति नजिकिदै गए पछि धरान उपमहानगरपालिकामा नगरसभाको विवाद चुलिदै गएको छ । धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले नगरसभाको प्रक्रिया नै पुरा नगरी नगरसभाको तयारी गरेको भन्दै वडाअध्यक्षहरुले आक्रोशित बन्दै गएका छन् । आइतबार वडाअध्यक्षहरुको टोलिले बजेटको सिलिङ पठाउन माग गरेका छन् भने अर्को तिर प्रक्रिया नै पुरा नगरी नगरसभाको तयारी गरेको भन्दै आक्रोशित बनेका छन् । उनीहरुले सबै बजेट नगर केन्द्रित गर्दै वडाहरुको बजेट कटौती गरेको आरोप लगाएका छन् । अघिल्ला वर्षहरुमा विनियोजित हुँदै आएको बजेट यस वर्ष ५० प्रतिशत भन्दा बढी कटौती गरेको वडाअध्यक्षहरुको भनाई छ । उनीहरुका अनुसार अघिल्लो वर्ष

    • प्रकाशित मितिः असार ८, २०७७
    • 1,110 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जेलबाट निकाल्ने भन्दै सन्दिभक्तले खाए साडे छ लाख, रिण लागेपछि परिवारको बेहाल

    इलाम/ इलामका एक व्याक्तिले जेलबाट मान्छे निकाल्ने भन्दै साढे छ लाख रुपैयाँ पैसा लिएको पाइएको छ । अनेरास्वबीयूका केन्द्रिय सदस्य रहेका शन्धिभक्त शंकरले जेलमा परेमा मान्छे निकाल्न भन्दै कालिकोटका तिरुवा परिवारबाट साढे छ लाख रकम लिएको पाईएको हो । जेलमा परेका तिरुवा परिवारका तिन जनालाई तत्काल जेलमुक्त गर्ने भन्दै शंकरले पैसा लिएको खुलेको हो । २०७५ साल असोज १६ गते इलामको पशुपतीनगरबाट तिरुवा परिवारका ३ जनालाई महिला बेचबिखन काण्डमा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका कालिकोट जिल्ला सान्नी त्रिवेणी गाउँपालिका मुम्रा गाउँका जनक, लोकेन्द र लंक तिरुवा रहेका थिए । पक्राउपरेका उनीहरुलाई निकाल्दिने भन

    • प्रकाशित मितिः असार ७, २०७७
    • 744 पटक पढिएको
    • "भगीरथ भण्डारी "
  • दलित समुदायका ज्येष्ठ नागरिकलाई सम्मान

    धरान । दलित समुदायका ज्येष्ठ नागरिकहरुलाई धरानमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ । धरान क्षेत्र भित्र रहेका ७५ वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई आइतबार सम्मान गरिएको हो । धरान उपमहानगरपालिका अन्र्तगतको दलित विकाश समितीले कार्यक्रम आयोजना गरि ९८ वर्ष सम्म उमेर पुगेका ज्येष्ठ नागरिकलाई सम्मान पत्र सहित लाठि र छाता दिएर सम्मान गरेको हो । धरानका २० वटै वडामा रहेका ५५ जना ज्येष्ठ नागरिकहरुलाई कार्यक्रमकी प्रमुख अतिथी प्रदेश नम्बर १ की प्रदेश सभा सदस्य उमिता बराईली, संयुक्त संघर्ष समिती धरानका संयोजक गंगा कालिकोटे, दलित सेवा संघका केन्द्रिय सल्लाहाकार रमेश गजमेर लगायतले सम्मान गरेका थिए ।

    • प्रकाशित मितिः असार ७, २०७७
    • 1,004 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका ११ होटल सशुल्क क्वारेन्टाइन

    धरान । कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा गएर फर्किएका हरुलाई क्वारेन्टाइनमा राख्न धरानका होटलहरु प्रयोग गरिने भएको छ । बाहिरी मुलुक बाट आएका व्यतिहरुलाई होटलको क्वारेन्टाइनमा राख्ने सरकारको निर्णय गरेअनुरुप धरानका ११ वटा होटललाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने भएको हो । नेपाल सरकार र होटल एसोसिएशन अफ नेपाल बिच भएको समझौता अनुसार नै धरानका ११ वटा होटलहरुलाई क्वारेटाइनको रुपमा प्रयोग गर्न सकिने भएको छ । जिल्ला प्रशासन कार्यलय सुनसरीले सार्वजनिक गरेको सुची अनुसार धरानको होटल कञ्चनजंघा, होटल इजीराइडर, होटल यती र होटल डोबमा नेपाल सरकार र होटल एसोसियसन अफ नेपाल बिच भएको सम्झौता अनुसारको द

    • प्रकाशित मितिः असार ७, २०७७
    • 1,179 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नदी तटिय क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन स्थानीय प्रशासनले आग्रह

    धनकुटा / अविरल बर्षाका कारण पहिरो गएर अरुण नदीको केही भाग थुनिन गई जोखिम बढेकाले नदी तटिय क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । संखुवासभा जिल्लाको मकालु गाउँपालिका वडा नं. २ र ५ को सिमाना पर्ने कास्वा र अरुण मिसिने दोभानको ओयाङ भन्ने स्थानमा पहिरो गएर अरुण नदीको केही भाग थुनिन गई जोखिम बढेकाले नदी तटिय क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन प्रशासनले आग्रह गरेको हो । संखुवासभाका प्रमुख जिल्ला अधिकारीसँग भएको टेलिफोन जानकारी अनुसार अरुण नदीमा झरेको पहिरोले नदी अवरुद्ध भई जुनसुकै बेलामा पनि क्षति पुर्याउन सक्ने भएकाले सचेत र सर्तक रहन नदी तटिय क्षेत्रका सर्वसाधारण नागर

    • प्रकाशित मितिः असार ७, २०७७
    • 661 पटक पढिएको
    • "सन्तोष रुचाल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved