बालबिवाह न्यूनीकरणका लागि कानुनी सचेतना

  • मंसिर १४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt तस्वीर स्रोतः गुगल

सुनसरी सुनसरीको गढी गाउँपालिका २ औरावनीमा लैगिंक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्र्तगत बालबिवाह बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार गढी २ नम्बर वडा कार्यालयको सहयोगमा साझेदारी नेपाल सुनसरीले सचेतना मूलक कार्यक्रम सम्पन्न गरेको हो । गढी गाउँपालिका २ औराबनी र मझौका ५२ जनाबढी सरोकारवालाहरुको सहभागितामा सम्पन्न कार्यक्रममा स्थानीयले बालबिवाह न्यूनीकरणका लागि सचेतना कार्यक्रम आवश्यक रहेको बताएका छन् ।

बालबिवाह ग्रामिण क्षेत्रमा एकपछि अर्को गर्दै तिब्र रुपले बढेकाले त्यसको न्यूनीकरणका लागि सचेतना आवश्यक रहेको वडा कार्यालय औराबनीका वडा सदस्य गुदनसरी ऋषिदेवले बताए । ऋषिदेवले ग्रामिण र त्यसमाथि दलित बिपन्न समुदायमा रुढीवादी परम्परा र संस्कारका कारण बालबिवाह बढेकाले त्यसको न्यूनीकरणमा स्तरीय शिक्षा र सचेतना आवश्यक रहेको बताए ।

समाजसेवी डाक्टर ऋषिदेवले सरकारको ऐन कानुन एकातिर र सामाजिक संरचना अर्केतिर रहेकाले बालबिवाह न्यूनीकरणमा चुनौती रहेको बताए । त्यसैगरी सन्जु ऋषिदेवले समेत बालबिवाह ब्यक्ति परिवार र समाजका लागि समस्याको विषय भएपनि नरोकिएकोमा चिन्ता ब्यक्त गर्दै सामाजिक रुपमै सचेतना आवश्यक रहेको बताए ।

कार्यक्रममा गढी गाउँपालिका २ का वडाध्यक्ष अरुण कुमार चौधरी, सचिव योगराज निरौला, अमिलाल चौधरी, बलराम ऋषिदेव, तारा ऋषिदेव, बिनिता ऋषिदेव, कमली ऋषिदेव लगायतकाले बालबिवाहका असर र यसबाट जोगिने उपायको बारेमा बोलेका थिए । कार्यक्रममा पत्रकार जयकृष्ण यादवले सहजिकरण गरेका थियो भने गणेश यादवले बाल विवाहको असरको बारेमा धारणा राखेका थिए ।

 

 

सुनसरी उवासंघको चुना ...

धरान/ आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य ...

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved