प्रथम पट्नाली च्यालेन्ज कपको उपाधी बराहक्षेत्रलाई

  • मंसिर १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान–१७ स्थित पट्नालीमा भएको प्रथम पट्नाली च्यालेन्ज कपको उपाधी बराहक्षेत्र फुटबल क्लब चतराले जितेको छ ।

उपाधीसँगै बराहक्षेत्रले ट्रफि र नगद ५० हजार पुरस्कार जितेको छ । उपविजेतामा सिमित भएको गोधुलीले ट्रफि सहित नगद २५ हजार पुरस्कार प्राप्त ग¥यो । शनिबार पटनाली खेल मैदानमा भएको फाइनल खेलमा धरानको गोधुली क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरमा पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा गोधुलीका मिलन राईको गोल बारमा लागेर बाहिरिएपछि बराहक्षेत्रले खेल जितेको थियो ।

बराहक्षेत्रले २–० ले पछि परेको स्थितिलाई उल्टाउन सफल भयो । बराहक्षेत्रले अन्तिम ४ मिनेटमा दुवै गोल फर्काएर खेललाई बराबरीमा ल्याउन सफल भयो ।

खेलको म्यान अफ द म्याच गोधुलीका रोमन लिम्बू घोषित भए उनलाई नगद १५ सय र ट्रफि प्रदान गरिएको थियो । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका गोधुलीका क्याप्टेन मनोज राईलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा ४ गोल गरेका गोधुलीका मिलन राई उच्च गोलकर्ता, गोधुलीकै गोल किपर आशिष कार्की उत्कृष्ट गोल किपर, बराहका प्रकाश भुजेल उत्कृष्ट डिफेन्डर, गोधुलीका हेमन्त थापा उत्कृष्ट मिडफिल्डर बराहका आकाश राई उत्कष्ट फरवार्ड, बेष्ट कोच बराहका विशाल बस्नेत साथै पटनाली फुटबल क्लबका सुदेश राई राइजिङ प्लेयर घोषित भएका थिए । उनीहरुलाई जनही ३१ सय नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि नेकपाका स्थायी कमिटि सदस्य तथा प्रदेश इन्चार्ज भीम आचार्य, अतिथिहरु एन्फा प्रदेश एकका अध्यक्ष किशोर राई, धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी, नेकपा प्रदेश सदस्य विजय राई तथा मुक्सामहाङ मेन्याङ्बो लगायतका अतिथिले पुरस्कार वितरण गरेका थिए ।

 

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved