समाचार

    Showing 8,181-8,190 of 8,699 items.
  • प्रादेशिक संचार प्रतिष्ठान समावेशी बनाउन प्रेस युनियनको माग

    विराटनगर । प्रादेशिक संचार प्रतिष्ठान प्रदेश नं १ को गठन प्रक्रियाको विषयमा नेपाल प्रेस युनियनले मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार मुख्यमन्त्री राईसंग भेटघाट गरी युनियनका पदाधिकारीले प्रतिष्ठानमा समावेशी सहभागिता गराउन ध्यानाकर्षण गरेको हो । सरकारको मन्त्रिपरिषद् निर्णयबाट नियमावली बनेर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीको अध्यक्षतामा प्रतिष्ठान गठन गर्ने सरकारले तयारी थालेको छ । नेपाल युनियन प्रदेश युनियन प्रदेश १ र मोरङ जिल्ला कार्यसमितिले युनियनका तर्फबाट दुई जना सदस्यलाई प्रतिष्ठानमा स्थान दिन माग गरेको छ । युनियनका प्

    • प्रकाशित मितिः असार १४, २०७७
    • 579 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • असार पन्ध्र : न आउँछ भाका, न खान्छन दही चिउरा

    इलाम  झिमि झिम पानि, रोपाइँका बाउसे र रोपार एक–अर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै दुःख–कष्ट र थकाइ बिर्सन खोज्छन् । तर, इलाममा यस्ता गीत कतै सुन्न पाईदैन । खेतका गरा, खोलानाला र खहरेबाट झरेको पानीको आवाजसँगै असारे भाका गुन्जिँदा सुनिरहूँ जस्तो हुन्छ तर नयाँ पुस्ताका लागि असारे भाका इतिहास बनेको छ । खेतीपातीमा आधुनिक पद्धतिको विकास र विदेशी संस्कृतिको प्रभावसँगै नयाँ पुस्ताका लागि असारे भाका पनि बिरानो बन्दै गएको बूढापाका बताउँछन् । मानु खाएर मुरी उब्जाउने समय असार । त्यसमा पनि असार १५ किसानको चाडनै मानिन्छ । असार १५ मा दही चिउरा खाने र दिनभर रोपाई गर्ने चलन

    • प्रकाशित मितिः असार १४, २०७७
    • 1,620 पटक पढिएको
    • "भगीरथ भण्डारी "
  • सदावहार मिडिया प्रालिले गर्यो वृक्षारोपण

    बराहक्षेत्र । राष्ट्रिय बृक्षारोपण दिवसलाई प्रबर्द्धन गर्ने उद्देश्यले आज पुर्वका विभिन्न स्थान सहित सुनसरीको बराहक्षेत्र स्थित सदाबहार मिडिया प्रालिले आफ्नो कार्यक्षेत्र परिसरमा अर्जुन, अशोक, आँप, लिची लगाएतका बिरुवा बृक्षारोपण गरेको छ। बराहक्षेत्रमा शिघ्र समुदघाटन हुन लागेको सदाबहार मिडिया प्रालिका निर्देशक बिजयकुमार राउतले बोट बिरुवा रोप्दा बाताबरण संरक्षण र फलफूल उत्पादनमा आत्मनिर्भर हुने बताए। राउत मिडिया नेपाल प्रदेश नम्बर एकका अध्यक्ष समेत हुन। नेपाल सरकार द्वारा असार १४ गतेलाई राष्ट्रिय बृक्षारोपण दिवस दिवस घोषणा गरेको छ भने प्रदेश नं १ सरकारले प्रदेशब्यापी रुपमा आउदो दशक भरी फल

    • प्रकाशित मितिः असार १४, २०७७
    • 478 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • टेंग्राले कटान गरेपछि स्थानीय त्रसित

    इटहरी । वर्षा याममा वर्षेनी बाढीको समस्या झेल्दै आएको इटहरी उपमहानगरका बिभिन्न क्षेत्रहरू यो वर्ष पनि पुनः जोखिम बढाउन थालेको छ । ४ दिन देखि लगातार परेको वर्षामा टेंग्रा खोलामा आएको बाढीले इटहरीको २ घरमा क्षती पुर्याएको छ । वर्षायाम सुरू भएपनि बाढी आउनु अघीनै टेंग्रा खोलाले डिल भत्काउदै स्थानीयको २ घरमा क्षती पुर्याएको हो । खोलाले इटहरी ४ स्थित खगेन्द्र खडकाको घरको पर्खाल भत्काएको छ । रातको समयमा आएको भेलले खोलाको दाँया र वाँया तर्फ थुपारिएको माटोको ढिस्को कटान गर्दै घरको पर्खाल भत्काएको घरबेटी खडकाले बताए । बाढीले अर्का छिमेकीको घरमा समेत क्षती पुर्याएको छ । छिमेकीको घरमा पनि राती आएको बाढ

    • प्रकाशित मितिः असार १४, २०७७
    • 1,665 पटक पढिएको
    • "तेजबहादुर बन"
  • चोरी भएका मोबाइल फिर्ता

    इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले आइतबार हराएका तथा चोरी भएका बिभिन्न मोडलका मोबाइल सेटहरू सम्बन्धित धनिहरूलाइ बुझाएको छ । आइतबार प्रहरी कार्यालय परिषरमा पत्रकारहरू माझ सो मोबाइलहरू सम्बन्धित धनिलाइ बुझाएको हो । प्रहरीले बिभिन्न समयमा हराएको वा चोरी भएका ४५ थान मोवाइल सेट फेला पारी मोबाइल धनीहरूलाइ बुझाएको जनाएको छ । ईलाका प्रहरी कार्यालय ईटहरीमा सीडीआर शाखा स्थापना भएदेखि बिभिन्न ब्राण्डका अन्दाजी ५५ लाख ८६ हजार मुल्य बराबरका २ सय ३१ थान मोवाईल फेला पारी सम्बन्धीत धनीलाई बुझएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।माया मारिसकेको मोवाइल पुनः पाउदा सम्बन्धित धनीहरू

    • प्रकाशित मितिः असार १४, २०७७
    • 754 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भोजपुरमा जबरजस्ती करणीको मुद्धा बढ्दै

    भोजपुर । न्याय र कानुनको विषयमा सचेतना बढ्दै गए पछि भोजपुरमा जबरजस्ती करणीका मुद्धा पनि बढ्न थालेको छ । कानुनमा भएका व्यवस्थाको विषयमा जानकारी पाए पछि उजुरी दिनेको संख्या पनि बढ्दै गएको हो । पछिल्लो समय भोजपुरमा जबरजस्ती करणीका मुद्धाको उजुरी दिनेको संख्या पनि बढ्दै गएको पाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालय भोजपुरको तथ्याङ्कअनुसार दर्ता भएका कूल मुद्दामध्ये ७० प्रतिशत भन्दा बढी बलात्कारसँग सम्बन्धित रहेका छन् । जिल्ला सरकारी वकिलको कार्यालयमा आएका फौजदारी र जिल्ला प्रशासनबाट आएका १ सय ५२ वटा मुद्दामध्ये ७० प्रतिशत जबर्जस्ती करणी सम्बन्धी मुद्धा रहेको कार्यालयले जनाएको छ । स्थानीयस्तरसम्म

    • प्रकाशित मितिः असार १४, २०७७
    • 768 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा एकै दिन ५ जना कोरोना संक्रमित थपिएका

    इलाम / इलाममा एकै दिन ५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितहरुमध्ये ३ जना ओमन र १र१ जना साउदी अरब र भारतबाट नेपाल आएका हुन् । भारतबाट आएर सूर्योदय नगरपालिका–२ पशुपतीनगर क्वारेन्टाइनमा रहेका २७ बर्षिय पुरुष, ओमनबाट आएका सूर्योदय नगरपालिका–३ का ३० बर्षिय र २८ बर्षिय पुरुष, इलाम नगरपालिका–८ का ४८ बर्षिय पुरुष र साउदी अरबबाट आएका सूर्योदय नगरपालिका–७ का ३० बर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको थियो । भारतबाट आएका बाहेक ४ जना कन्यामको कृष्णाश्रम क्वारेन्टाइनमा रहेका थिए । उनीहरुलाई उपचारको लागि मोरङको गोठगाउँमा रहेको पुर्वाञ्चल विश्वविद्यालयको अस्पतालमा उपचारको लागि प

    • प्रकाशित मितिः असार १३, २०७७
    • 912 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप  ५५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२ हजार ३सय ९पुग्यो

    आज थप ५५४ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १२ हजार ३सय ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ५५४  जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।  नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८पुगेको छ । मृत्यु हुनेमा कैलालीको लालगढ नगरपालिका–७ गोदावरीका ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। पछिल्लो २४ घण्टामा थप  १३६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या  २८३४ जना रहेका छन् । नेपालमा हालसम्म

    • प्रकाशित मितिः असार १३, २०७७
    • 608 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हिलाम्मे सडकले आवत जावत समस्या

    विराटनगर । मोरङको रंगेली नगरपालिका ८ को दर्वेशा सडक अविरल वर्षाका कारण हिलाम्मे भएको छ । विधुत प्राधिकरण अगाडिको सडक अहिले हिलाम्मे भई हिंडडुलमै समस्या भएको छ । सडक निर्माणको छेउमा थुपारिएको माटोका कारण सडकमा खपीनसक्नु हिलो भएको स्थानीयले गुनासो गरेका छन् । सडक निर्माणको जिम्मेवारी रायमाझी रभिमेश्वर जेभी भक्तपुरले गरिरहेको छ । हिलोका कारण स्थानीयलाई आवत जावतमा नै समस्या झेल्नुपरेको छ । ठेकेदारले वाईपास बाटोसमेत नबनाईं दिंदा स्थानीयले पाउनुसम्म दुःख पाएको स्थानीय उमाशंकर चौधरीले बताए । भने,“सडकको हिलोमासाईकल, मोटरसाईकल कुदाउन त समस्या छ । पैदल यात्रीहरुलाई समेत आवत जावत मा निकै कठिनाई भए

    • प्रकाशित मितिः असार १३, २०७७
    • 883 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराट व्यापार संघको २० औं वार्षिकोत्सव मनाइयो

    विराटनगर । विराट व्यापार संघले विविध कार्यक्रम गरी २० औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३२ पिन्ट रगत संकलन भएको अध्यक्ष सुजन थापाले जानकारी दिए । संघले विराटनगर बसपार्कमा विगत लकडाउनका कारण समस्या परी लामो समयदेखि बस्दै आएका मजदुरहरुलाई खाद्या सामग्री पनि वितरण गरेको छ । यसैगरी विराटनगर ९ स्थित बुधहाट चौक पंचमुखी हनुमान मन्दिर अगाड दीप प्रज्वलन गरेको छ । त्यस अवसमार उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले शुभकामना दिएका थिए । संघले भर्खरै सरुवा भइ आएका जिल्ला प्रहरी कार्यालय मोरङका एसपील सन्तोष खड्कालाई

    • प्रकाशित मितिः असार १३, २०७७
    • 680 पटक पढिएको
    • "कोशीपत्र संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved