बिहिबारदेखि धरानका विद्यालयहरु सञ्चालन हुने

  • मंसिर २४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । स्वास्थ्य सुरक्षाको न्युनतम मापदण्ड पुरा गरेका धरानका निजी तथा सामुदायिक विद्यालयहरु विहिबार (आज) देखि संचालन हुने भएका छन् ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राईले निजी तथा सामुदायिक विद्यालयका प्रध्यानापक लगायत अभिभावकहरु सँग गरेको छलफल पछि विहिबार देखि विद्यालय संचालन गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकाका अनुसार निजी विद्यालयहरुले मावि तहको ८, ९ र १० कक्षा शुरु गर्ने छन् भने आधारभुत तहका विद्यालयहरु ८ सम्म भएकाले कक्षा ७ र ८ यता कक्षा ५ सम्मका विद्यालयहरुले कक्षा ४ र ५ शुरु गर्नेछन् ।

उपमहानगरले बनाएको मापदण्ड अनुसार विद्यालयको भौतिक अवस्थालाई ध्यान दिदै एक बेञ्चमा बढीमा २ जना मात्र विद्यार्थी राख्न पाइनेछ भने एक कोठामा बढीमा २५ जना मात्र विद्यार्थी बस्ने व्यवस्था हुनुपर्नेछ । पठनपाठन गर्नुपुर्व दैनिकरुपमा कक्षा कोठा सेनिटाइज गर्नुपर्नेछ भने विद्यालयको प्रवेशद्धारमा दैनिकरुपमा कर्मचारी, शिक्षक, विद्यार्थीको तापक्रम मापन गर्नुपर्नेछ । विद्यालयमा अनिवार्य रुपमा सेनिटाइज वा साबुन पानीले हात धुने व्यवस्था पनि गर्नुपर्नेछ ।

यस्तै, खाजा समयलाई सकेसम्म छोट्याउनु पर्नेछ भने शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्नेछ ।

निजी विद्यालय सञ्चालक, अभिभावकहरुसँग छलफल गरेको उपमहागनरपालिकाले बिहिबारदेखि मापदण्ड तथा स्वास्थ्य प्रोटोकल पुरा गरेका विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको हो । मेयर राईले भने, ‘सरोकारवालाहरुसँग छलफल गर्यौं, र सुझाव लिएर स्कुलहरु सञ्चालन गर्ने निर्णय गरिएको छ, न्युनतम मापदण्ड निर्माण गरेर, स्वास्थ्य प्रोटोकल लागु गर्ने गरि निर्णय गरेका छौं ।’

मापदण्ड पुरा गरेका विद्यालयहरुले वडा कार्यालय, अभिभावकहरुसँग समन्वय गर्दै स्कुल शुरु गर्नेछन् भने तयारीमा रहेका विद्यालयहरुले पनि मापदण्ड पुरा गरेर विद्यालय शुरु गर्नेछन् । अधिकांश निजी विद्यालयहरुले यसअघि नै विद्यालय सञ्चालन गर्ने तयारी गरिसकेका छन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved