उदयपुरमा स्वास्थ्य वीमा दर्ता कार्य प्रारम्भ,थापा दोश्रो बिमीत

  • मंसिर २५, २०७७
  • "ललित राई"
alt

गाईघाट उदयपुर/  नेपाल सरकार स्वास्थ्य बिमा बोर्डको ६१ औ ज़िल्लाको रुपमा उदयपुर जिल्लामा स्वास्थ्य बिमा दर्ता कार्य प्रारम्भ गरेको छ।मंसिर २४ मा उदयपुरको गाईघाटमा आयोजित एक कार्यक्रमका बिच पाँच जना जेष्ठ नागरिकलाई स्वास्थ्य बिमा कार्ड बितरण गरेर कार्यक्रमको सुभारम्भ गरिएको हो ।

स्वास्थ्य बिमा सुभारम्भ कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं १ का माननीय अम्बिका थापाले त्रियुगा नगरपालिकाका जेष्ठ नागरिक भुबनसिं श्रेष्ठलाई स्वास्थ्यबिमा कार्ड हस्तान्तरण गरेर कार्यक्रमको औपचारिक सुरुवात गरे ।

त्यस्तै गरि माननिय थापा आफैले दोश्रो सदस्यता परिचय पत्र बिमा बोर्डका कार्यकारी निर्देशक दामोदर गड्तौलाबाट बुझेको थिए भने बेलका नगरपालिकाका नगर प्रमुख दुर्गा कुमार थापा’स्वस्ती’ ले तेश्रो बिमा कार्ड त्रियुगा नगरका पुर्ब भमरसुवा गाबिसका अध्यक्ष तथा नेपाली कॉग्रेसका नेता भिम बहादुर पुलामीलाई हस्तान्तरण गरेका थिए ।चौथों र पाचौ कार्ड क्रमश त्रियुगाकै धनमाया मगर र कुल प्रसाद भण्डारीलाई चौदण्डी नगरका मेयर खगेन्द्र राई त्रियुगा नगरका उपमेयर देवी चौधरीले बितरण गरिएका थिए।

कार्यक्रममा अम्बिका थापाले संबिधानको धारा ३५ मा व्यवस्था भए बमोजिम नागरिकको स्वास्थ्य सेवा लिन पाउने मौलिक अधिकार कार्यान्वयनमा आएको बताउदै आर्थिक बर्ष ७७र७८ मा प्रदेश नं १ सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिएको बताए।

बेलका नगरका मेयर दुर्गा कुमार थापाले स्वास्थ्य बिमा कार्यक्रमलाई बिपन्न नागरिक सम्म पुर्याउन सबै पालिकाले प्रीमियम तिर्न नसक्ने नागरिकलाई सहयोग गर्नुपर्ने बताए।बेलका नगरपालिकाले बिपन्न तथा गरिब नागरिकको प्रिमियम तिरीदिने संकेत गर्दै बेलकामा सबै जनताको आर्थिक स्तर मापन गरिसकिएकोले सफ्टवेयर मार्फत पहिचान गर्न सजिलो हुने बताए ।

नगर प्रमुख थापाले स्वास्थ्य बिमा कार्यक्रम लागु गराउन पहिलो अभिमुखीकरण कार्यक्रमबाट नै प्रभावित भई नगर स्तरको अस्पताल पनि स्थापना भईसकेको बताउदै बेलकाले सम्भवत प्रदेश १ मै आफै आयुर्वेदिक औषधालय स्थापना गरि निःशुल्क औषधी बितरण गर्दै आएको पनि बताए ।

कार्यक्रममा चौदण्डी नगरका मेयर खगेन्द्र राईले विमा कार्यक्रमले स्वास्थ्य क्षेत्रमा गरिने बिपन्न नागरिकलाई गरिने आर्थिक सहयोगको भार नगरलाई कम हुने बताउदै कार्यक्रमको सफलताको शुभकामना दिए।

प्रदेश नं १ का १४ जिल्ला मध्ये स्वास्थ्य बिमा कार्यक्रम लागु भएको उदयपुर १२ औ जिल्ला भएको छ भने पॉचथर र ताप्लेजुड० मा पनि चाडै सुरुवात हुने बिमा बोर्डका दुर्गा प्रसाद आचार्यले बताए।उदयपुरमा फागुन १ गतेबाट स्वास्थ्य बिमा सेवा लिन सकिने छ।

पॉच जना परिवारको ३५ सय र थप प्रति व्यक्ति ७ सय बार्षिक प्रिमियम पर्ने छ भने बिमितले १ लाख रुपैयासम्मको औषधी उपचार तोकिएको स्वास्थ्य संस्थाबाट सुबिधा पाउनेछन ।पॉच वर्ष अघि ७२ साल चैत्र २५ गते कैलालीबाट सुरुवात गरिएको स्वास्थ्य बिमा कार्यक्रम उदयपुर ६१ औ जिल्ला बनेको हो ।

बेलका नगरपालिकाले स्वास्थ्य बिमा कार्यक्रम संचालनका लागि गत महिना नै बिमाकर्ता प्रत्येक वडामा नियुक्ति गरीसकेको छ भने बिमकहरुलाई तीन दिने अभिमुखीकरण तथा तालिम कार्यक्रम पनि संचालन गरिसकेको छ।

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved