समाचार

    Showing 8,091-8,100 of 8,693 items.
  • जुडीतालमा पौडी खेल्दा डुबेर मृत्यु

    विराटनगर । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ जुडितालमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ । स्थानीय १७ वर्षीया सिसम राईको तालमा डुबेर मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । दिउँसो सवा २ बजेको समयमा उक्त तालमा पौडी खेल्ने क्रममा राई डुबेका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको बताइएको छ । यता, सुनसरीको भोक्राहा नरसिंह ८ बाट लागुऔषधसहित स्थानीय २२ वर्षीय सुल्तसान अन्सारीलाई डाईलक्स डिसि १०० एम.एल.को १६ बोतल र नाईट्राभेट ३० ट्याबलेटसहित गएराति प्रहरीले पक्राउ गरेको छ ।

    • प्रकाशित मितिः असार २३, २०७७
    • 829 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उदयपुरबाट ड्राइभिङ लाइसेन्स दिन प्रदेश सरकारको ध्यानाकर्षण

    विराटनगर । नेकपाकी अम्बिका थापाले सवारी चालक अनुमति पत्र उदयपुरबाटै दिने व्यवस्था गरिदिन प्रदेश १ सरकारको ध्यानाकर्षण गरेकी छन् । प्रदेशसभाको आजको बैठकमा बोल्दै थापाले भनिन्,“यातायात कार्यालय खोलेर केही व्यवस्था राम्रो पनि भएको छ । तर, जब सवारी अनुमती पत्र लिन २ नम्बर प्रदेशमा जानु पर्ने बाध्यता छ । प्रदेशलाई आउने राजश्वसमेत उतै गईरहेको छ ।” उनले उदयपुरमा जग्गा पनि हेरिएकोले ट्रयाल गर्ने ठाउँको व्यवस्था प्रदेश सरकारले गरिदिनु पर्ने माग गरिन । स्मार्ट लाइसेन्स संघीय सरकारले दिने गरेको र यसलाई प्रदेशमा पनि व्यवस्थित गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गरिन । नेकपाका सांसद उत्तमकु

    • प्रकाशित मितिः असार २३, २०७७
    • 940 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गीतकार तथा पत्रकार रमेशचन्द्र अधिकारीको रचनामा हाम्रो धनकुटा, राम्रो धनकुटा बोलको गीत सार्वजनिक (भिडियो सहित)

     धनकुटा/ गीतकार तथा पत्रकार रमेशचन्द्र अधिकारीको रचनामा हाम्रो धनकुटा, राम्रो धनकुटा बोलको गीत सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार तुलसी पराजुलीको सङ्गीत रहेको गीतमा धनकुटाका अग्रज गायकहरुले स्वर दिएका छन् । जसमा तुलसी पराजुली, शम्भु राई, कृष्णभक्त राई, श्रेयसी चेम्जोङ, विष्णु चेम्जोङ र सानु लिम्बुको स्वर रहेको गीतकार अधिकारीले जानकारी दिए । गीतमा धनकुटाका संस्कृति, कला, पर्यटन, कृषि, भेषभुषा, पहिचान लगायत सम्वृद्धिको उठान गरिएको उनले बताए । धनकुटाका गायकहरुले एउटै गीतमा यति धेरै जनाले स्वर दिएको यो नै पहिलो गीत रहेको सङ्गीतकार तथा गायक तुलसी पराजुलीको भनाई छ । गीतको अडियो केहि समय अ

    • प्रकाशित मितिः असार २३, २०७७
    • 1,551 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • किर्ते कागजात बनाएर भारतिय नागरिकलाइ नागरिकता दिने झापाका प्रशासकिय अधिकृत पुर्पक्षका लागि जेल चलान

    झापा । जालसाजी गरेर भारतिय नागरिकलाइ नेपाली नागरिकता दिएको आरोप मा झापाका प्रशासकिय अधिकृत पुर्पक्षका लागि जेल चलान भएका छन । झूठो विवरणको आधारमा भारतीय नागरिकलाई नागरिकता दिएको आरोपमा सुरेश आचार्य पुर्पक्षको लागि जेल चलान गरिएको हो । जिल्ला अदालत झापाले सोमबार उनलाइ कारागार चलान गर्ने निर्णय गरेको हो । आचार्यले जिल्ला प्रशासन कार्यालयमा प्रशासकीयअधिकृत अधिकृत पदमा रहँदा भारतीय नागरिक मुस्तफा आलमलाई नेपाली नागरिकता दिएका आरोप लागेको छ । जिल्ला अदालत झापाले सोमबार उनलाइ कारागार चलान गर्ने निर्णय गरेको हो ।भारतीय नागरिक आलमलाई आचार्यले २०७२ मंसिर १० गते ०४–०१–७२–०३९० नम्बरको

    • प्रकाशित मितिः असार २३, २०७७
    • 871 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको अधेरी खोलामा पुल निर्माण अलपत्र

    धरान । लकडाउनको समयमा पनि विकाश निर्माण कामले तिब्रता पाइरहँदा धरान १५ स्थित खोरिया बस्ती पुर्व सेउती खोलामा बन्दै गरेको पुल भने अलपत्र बनेको छ । ठेकेदार कम्पनी लकडाउनको बहाना देखाएर पुलको कामलाई बिचमै अलपत्र पारेर हराएका छन् । धरान ५ मा पर्ने अधेरी खोलामा ठेकेदार सम्पर्कविहिन हुँदा ३ बर्षअघि निर्माण शुरु भएको पुलको पिलर मात्र ठडिएका छन् । स्थानीयबासीहरु बर्षामा जोखिम मोलेर अधेरी खोला तर्न बाध्य छन् कि उनीहरु लामो बाटो तल्लो पानवारी हुदै यात्रा गर्न बाध्य छन् । पुल निर्माण समन्वय समितिका संयोजक पदम कार्कीका अनुसार इनरुवाका हजमुल मियाँले ठेक्का पाएर २०७४ सालदेखि निर्माण शुरु भएको हो । पहिलो सम

    • प्रकाशित मितिः असार २३, २०७७
    • 952 पटक पढिएको
    • "दिनेश गजमेर"
  • नेपाल वायुसेवा निगमका तिन पाइलट सहित १४ जनामा कोरोना संक्रमण

    सुनसरी । वैदेशिक रोजगारीबाट फर्काउने कार्यमा खटिएका नेपाल वायुसेवा निगमका तिन चालक सहित १४ कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । ११ जना उडान कर्मचारी र तीन पाइलटमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएको पाइलट तथा कर्मचारीलाई होटलको क्वारेन्टाइनमा राखिएको बताइएको छ । विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने कार्यमा विभिन्न गन्तव्यमा खटिएका पाइलट तथा कर्मचारीमा कोरोना संक्रमण भएको निगम स्रोतले जानकारी दिएको छ ।होटल क्वारेन्टाइनमा बसेका लाई कोरोना संक्रमण पुष्टि भए पछि होटल नै सिल गरिएको छ ।

    • प्रकाशित मितिः असार २२, २०७७
    • 921 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • होमियो चिकित्सकहरुको दर्ता हुनुपर्यो

    विराटनगर/ प्रदेश १ सरकारलाई होमियो चिकित्सकहरुको दर्ता हुने काउन्सीलको व्यवस्था गर्न सुझाव दिईएको छ । सामाजिक विकास मन्त्रालयले गठन गरेको होमियोप्याथिक सेवा विकास तथा विस्तार अध्ययन कार्यदल आज सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई अध्यन प्रतिवेदन बुझाउँदै कार्यदलले सो सुझाव दिएको हो । कार्यदलले स्वास्थ्यमा मन्त्रालयका साथै सामाजिक विकास मन्त्रालयमा होमियोप्याथिक शाखा कायम गर्नुपर्ने सुझाव दिएको छ । होमियोप्याथियक चिकित्सा पद्धतीको छुट्टै नीति र सिद्धान्तको चिकित्सा प्रणाली भएको हुनाले यसको समुचित विकास र विस्तार गर्न विषय विज्ञको आवस्यकता कार्यदलले औल्याएको छ । प्रदेश १ मा ८० वटा होमियोप्याथि

    • प्रकाशित मितिः असार २२, २०७७
    • 549 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउनमा घरभाडा छुटदिने घरधनीलाई सम्मान

    धरान । कोरोना  जोखिम न्युनिकरण गर्न सरकारले घोषणा गरेको लकडाउनको समयमा घरभाडा छुट दिने घरधनीहरुलाई सुनसरी उद्योग वाणिज्य संघले सम्मान गरेको छ । गत चैत्र ११ गते देखि शुरु भएको लकडाउनका कारण उद्योग धन्दा समेत ठप्प भएकाले व्यवसायीलाई समस्या परेको भन्दै धरानका घरधनीहरुले घरभाडामा छुट गरिदिएका थिए । सोमबार संघले एक कार्यक्रमको आयोजना गरि धरानका ४१ जना घरधनीहरुलाई सम्मान गरेको हो । लकडाउनको अवधिमा ४५ दिन भन्दा माथि ९० दिन सम्म घरभाडा छुट दिने ४१ जनालाई सम्मान गरिएको संघका कार्यसमिति सदस्य विष्णु बरालले बताए । कार्यक्रममा घरधनीको तर्फबाट प्रभु प्रसाद श्रेष्ठले घरभाडा छुट दिए जस्तै नगरपालिकाले

    • प्रकाशित मितिः असार २२, २०७७
    • 779 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउन प्रभावित शहिद परिवारलाई उपसभामुखको राहत

    धरान । लकडाउनका कारण प्रभावित बनेका धरानका शहिद परिवारलाई प्रदेश नम्बर १ की उपसभामुख सरस्वती पोख्रेलले खाद्यान्न सामग्री प्रदान गरेकि छिन् । सोमबार धरानका विभिन्न वडामा रहेका शहिद परिवारलाई भेट गर्दै उनीहरुलाई राहत वितरण गरेकी हुन् । पोख्रेल सहित प्रदेश नम्बर १ की प्रदेश सभा सदस्य उमिता बराईली, नेकपाका प्रदेश सदस्य मुकेश मुक्साम्हाङ, धरान नगर इन्चार्ज चोत्लुङ, धरान नगर अध्यक्ष नारायण सुवेदी लगायतका नेताहरुले शहिद परिवार सँग भेट गरेका थिए । भेटका क्रममा शहिद परिवारले पार्टी एकिकरण टुट्न नदिन आग्रह गरेका थिए । त्यसै गरि शहिदको नाममा विकाश निर्माणको काम गर्न समेत सुझाव दिएको नेकपाका धरान नगर इन

    • प्रकाशित मितिः असार २२, २०७७
    • 672 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा आज ६ संक्रमित थपिए, १५ डिस्चार्ज

    विराटनगर, २२ असार । प्रदेश १ मा सोमबार ६ जना पुरुषमा कोरोना संक्रमित थपिएका छन् । झापामा ४, खोटाङ र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भापाको मेचीनगरमा १, विर्तामोडमा २ र गौरीगञ्जमा १, सुनसरीको रामधुनीमा १, खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकामा १ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ७६ पुगेको छ । संक्रमित मध्ये १ सय ११ महिला र ५ सय ६५ पुरुष रहेका छन् । प्रदेश १ बाट सोमबार १५ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ११ महिला र ५ पुरुष डिस्च

    • प्रकाशित मितिः असार २२, २०७७
    • 625 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved