तेजपातको मूल्यमा विचौलियाको चलखेल

  • पुस १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

उदयपुर । तेजपातका मूल्यमा विचौलियाले गरेको चलखेलका कारण कृषक मारमा पर्दै आएका छन् । प्रदेश नम्बर १ मा सबैभन्दा बढी उदयपुर जिल्लामा तेजपात उत्पादन हुने गर्दछ ।   

जिल्लाभित्र र बाहिरका विचौलिया आएर तेजपातको मूल्य निर्धारण गर्दा कृषकले उचित मूल्य नपाएको बताइएको छ । प्रतिकिलो २५ देखि ४० रुपैया भन्दा बढीमा विक्री हुन नसक्दा कृषक समस्यामा परेको रौतामाई गाउँपालिका–१ मुर्कुचीका दिव्यराज बुर्जामगरले बताए ।

 

उनी भन्छन्, ‘दश वर्षदेखि आफूहरुले रू. २५ देखि रू. ४० प्रतिकिलो विक्री गरेको तेजपात अहिले पनि विचौलियाको कारण उही मूल्यमा विक्री गर्न बाध्य हुन परेको छ ।’ स्थानीय बजारका विचौलिया गाउँमा प्रवेश गरेर मूल्य निर्धारण गर्ने र सस्तोमा विक्री गर्न बाध्य बनाउने गरिएको बताइएको छ ।

उनीहरुले बाहिरका व्यापारीलाई प्रतिकेजी रू. ६० देखि रू. ७० भन्दा बढीमा तेजपात विक्री गर्ने गरेको रौतामाई–४ मलबासेका कृषक रत्नबहादुर मगराती बताउँछन् ।

रौतामाई गाउँपालिका नामन्तका राजकुमार मगर भन्छन्, ‘स्थानीय तहका व्यापारी, ठेकेदारले बाहिरबाट आउने खरीदकर्तालाई छेकेर आउनै दिँदैनन्, अनि पहिला उनीहरुले हामीहरुबाट सस्तोमा खरीद गरेर महँगो मूल्यमा बाहिरका व्यापारीलाई विक्री गर्दछन्, तेजपात उत्पादन गर्ने हामी कृषक यसरीनै वर्षेनी मारमा पर्दै आएका छौँ, अहिलेसम्म उचित मूल्य पाउन सकिएको छैन ।’

गढी गाउँपालिका–३ का धनबहादुर तामाङका अनुसार स्थानीय विचौलिया ठेकेदारले आफूहरुबाट रू. ३० प्रतिकिलो तेजपात खरीद गरेर बाहिरका व्यापारीलाई दोब्बर नाफा लिएर विक्री गर्ने गरेका छन् ।
स्थानीय तहका जनप्रतिनिधि तथा उद्योग वाणिज्य संघले तेजपातको मूल्य वृद्धिमा उचित चासो नदिँदा बढी ठगिनुपर्ने र मर्कामा पर्नुपर्ने अवस्था रहेको कटारी–७ हर्देनीका कृषक शेषराज खत्री बताउँछन् ।

रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काले किसानलाई तेजपातको उचित मूल्य दिन सहयोग गर्ने जानकारी दिए । जिल्लाको पहाडी क्षेत्रको रौता, उदयपुर गढी, ताप्ली, कटारी र त्रियुगा नगरपालिकाको साउने खाँबु क्षेत्रमा उत्पादन हुने तेजपात विराटनगर, वीरगञ्ज हुँदै भारततिर विक्री हुने गरेको कृषक बताउँछन् ।

जिल्लामा दश हजार हेक्टर क्षेत्रफलमा तेजपात खेती हुँदै आएको छ भने वार्षिक छ लाख केजी तेजपातसमेत उत्पादन हुने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत जागेश्वर साहले जानकारी दिए । जिल्लामा वार्षिक रू. आठदेखि दश करोडसम्मको तेजपातको विक्री हुँदै आएको छ । रासस

 

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ देवीमार्गबा ...

बराहक्षेत्र बालमैत्र ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले आगमि मंसि ...

धरान ब्याडमिन्टन प्र ...

धरान/ धरान ब्याडमिन्टन क्लबले आयोजना गरेको दोस्रो ...

नयाँ शिक्षा प्रणालीक ...

धरान/नेपालको शिक्षा प्रणालीमा लागू भएको नयाँ शैक्षिक सं ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved