लागुऔषधको कारोवार गर्ने १ महिला सहित ४ जना पक्राउ

  • पुस १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

ईनरुवा/  ईनरुवा नगरपालिका-३ शिवालय टोलबाट लागुऔषधको कारोवारमा संग्लग्न रहेका १ महिला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ बर्षीया ममता श्रेष्ठ, ३२ बर्षीय निरज शिवाकोटी, रामधुनी नगरपालिका-७ का २२ बर्षीय रुपेश माझी र २१ बर्षीय मनिष राईलाई पक्राउ गरेको हो ।

उनिहरुको साथबाट प्रहरीले लागुऔषध Dialex-DC 100ML को ५३ बोतल, लागुऔषधNitrosun १६० ट्याब्लेट, Dialex-DC को बिर्को तथा बिर्कोमा लगाउने लक (रिङ) ११० थान, बिभिन्न कम्पनीको ८ थान मोवायल र प्रदेश १-०२-०४१ प ९६४१ नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको  जिल्ला प्रहरी  कार्यालयले जनाएको छ ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved