धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबार गरिएको स्वाब परिक्षणमा दुई जनामा कारोना संक्रमण पुष्टि भएको छ । केही दिन अघि जनकपुर बाट आएका एक व्यक्ति र प्रतिष्ठानमै एमबिबिएसको फाइनल प्राक्टिकल परिक्षा दिन भारतबाट आएकी एक छात्रामा कोरोना पोजिटिभ देखिएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार जनकपुरबाट आएका व्यक्तिलाई आउने बित्तिकै कोरोनाको शंका गरिए पछि सिधै आइसोलेसनमा राखिएको थियो । आइसियुमै राखेर उपचार गरिरहेका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । उनलाई अहिले भेन्टिलेटर सहितको आइसोलेसनमा सिफ्ट गरिएको छ । उनको उपचारमा शुरुवात देखिनै सावधा
इलाम / सूर्योदय नपा १३ की ७३ वर्षीया टीका ढुङ्गेलको मुख्य आम्दानीको स्रोत भनेको तरकारी नै हो । हप्ताको एकपटक स्कुसको टुप्पा र काँक्रा टिपेर बेच्ने गरेकी टीकाले पनि हप्तामा तरकारीबाटै तीन हजार रुपैयाँको हाराहारीमा हात पार्ने गर्थिन । तरकारी खेतिमा लागेकी टीका यस पटक तरकारीखेतीबाट सन्तुस्ट हुन सकिनन् । त्यस्तै सूर्योदय नपा १४ कै बिन्दु पौडेलले गतवर्ष हप्तामा दुई सयदेखि तीनसय मुठा टुप्पा बेचे पनि यो सिजनमा त्यसरी बेच्न सकिनन् । दुई रोपनी जति बारीमा फैलिएको स्कूसको टाँडबाट हप्तैपिच्छे मुण्टा टिप्दा त्यति हुन्छ । टुप्पाबाटै हप्तामा चार हजार पाँचहजार सम्म हुन्थ्यो तर यसपटक उत्पादन भएको तरकारी बेच्न
धरान । लिम्बुवान क्षेत्रमा रहेको ऐतिहासिक तथा साँस्कृतिक स्थलहरुलाई विकाशका नाममा भत्काउने र हिन्दुकरण गर्न खोजेको भन्दै जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समिति, लिम्बुवानले ध्यानाकर्षण भएको जनाएको छ । ताप्लेजुङमा रहेको मुक्कुलुङको मौलिक नाम परिवर्तन गरि पाथीभरा बनाएर लिम्बुवानको साँस्कृतिक स्थल माथि अतिक्रमण गरिएको उनीहरुको आरोप छ । मुक्कुलुङ क्षेत्रलाई लिजमा दिने र केबलकार संचालन नर्ग यती होल्डिङस नामको व्यापारिक कम्पनीलाई दिएको भन्दै समितीले प्रेस विज्ञप्ती जारी गरि आपत्ति जनाएको छ । विज्ञप्तीमा लेखिएको छ, ‘यसरी एक धर्मकर्मको नाममा रैथाने आदिवासी समुदायको पुख्र्यौली भूमि कब्ज
धरान / परिक्षा दिन फर्किएकी धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी एक विद्यार्थीलाई कोराना पोजेटिभ पुष्टि भएको छ । प्रतिष्ठनले केही दिन अघि एमबिबिएस पाँचौं बर्षको फाइनल प्राक्टिकल परीक्षा दिन भारतिय विद्यार्थी हरुलाइ बोलाएको थियो । परिक्षा दिन आएकी ति छात्रालाई कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएपछी ती छात्रालाइ आइसोलेसनमा राखिएको छ । परीक्षा दिन बोलाए पछि प्रतिष्ठानले विद्यार्थीलाई होस्टलभित्र कडाँईका साथ क्वारेन्टाइनमा राखेको वार्डेन इन्द्र लिम्बू ले बताए । भारतिय विद्यार्थी हरु करिब डेढ सय पुरुष९छात्र० र ३६ जना छात्रा आएका थिए । छात्रा ३६ जनाको कोरोन
धरान । कालोपत्रे सडक निर्माणमा दु्रतगती लिएको शहरको रुपमा धरानलाई चिनिने गरिन्छ । यहाँ बनेका चिल्ला सडकहरु र जनता सँगको साझेदारीमा बनेका सडकहरु हेर्न र अवलोकन गर्न बाहिरी शहरहरु बाट पनि आउने गर्दछन् । जनप्रतिनिधीहरुले स्थानीय तह संचालन गर्न थाले पछि त झन कालोपत्रे सडक निर्माणको होडबाजीनै चलेको छ । थुप्रै सडकहरु यस वर्ष कालोपत्रे बने । यसै बिच धरानको मुख्य बजार नै रहेको धरान २ स्थित देशीलाईनमा पनि कालोपत्रे सडक सम्पन्न भएको छ । विगतको ४० फुट बाटो भत्काएर ५० फुटको बनेको कालोपत्रे सडक धरान उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीले आइतबार संयुक्त रुपमा उदघाटन गरेका छन् । नगर
इलाम / किसानले तरकारी खेतीबाट लाखौं रुपैयाँ कमाइरहेका भएपनि तरकारी बेच्न समस्या भएपछि खेतीमा गरेको लगानी उठाउनै नसक्ने भएका छन । चैत्र ११ गते देखि भएको लकडाउनले तरकारी उत्पादनको सिजनमै समस्या पारेपछि तरकारी बेच्न समस्या भएको छ । बिचौलियाको मार्का खेपिरहेका किसान यस पटक लकडाउन र विचौलीया दुवैका मार्का खेपिरहेका छन । बन्दको असर देखाउदै तरकारीमा बिचौलियाले अवसर लिरहेका छन । सूर्योदय नपा १३ की ७३ वर्षीया टीका ढुङ्गेलको मुख्य आम्दानीको स्रोत भनेको तरकारी नै हो । हप्ताको एकपटक स्कुसको टुप्पा र काँक्रा टिपेर बेच्ने गरेकी टीकाले पनि हप्तामा तरकारीबाटै तीन हजार रुपैयाँको हाराहारीमा हात पार्ने गर्
धरान । चेक अनादर मुद्धामा फरार रहेका धरानका एक युवालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी जेल चलान गरेको छ । झापा जिल्लाको गौरादह नगरपालिकाको वडा नम्बर ६ घर भई हाल धरानको वडा नम्बर १६ बस्दै आएका प्रकाश सम्बाहाम्फेलाई प्रहरीले पक्राउ गरि कैद भुक्तानका लागि नक्खु कारागार पठाएको छ । काजलदिप राणाले दिएको चेक अनादार (बिगो) मुद्धामा ललितपुर जिल्ला अदालतले गत चैत्र ७ गते र्दुइ वर्ष कैद ठहर गर्दै फैसला सुनाएको थियो । उनी सोही समय देखि फरार रहेका थिए । इलाका प्रहरी कार्यालय धरानले उनलाई शनिबार पक्राउ गरि कैद जरिवाना असुल उपरको लागि ललितपुर जिल्ला अदालत पठाइएकोमा आजै कैद भुक्तानका लागि नक्खु कारा
धनकुटा, ४ साउन ÷नेपाल कम्युनिष्ट पार्टीका सस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा आगामी बुधबार धनकुटाका ६० वटै वडामा बृक्षरोपण गरिने भएको छ । स्वर्गिय नेता श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले जिल्लाभर बृक्षरोपण गर्ने भएको हो । नेकपा जिल्ला कमिटी धनकुटाले स्मृति दिवसको अवसरमा जिल्लाका सात वटै पालिका र ६० वटै वडामा बृक्षरोपण गर्ने निर्णय गरेको नेकपाका जिल्ला सचिव ऋषिराम ढुंगानाले बताए । नेकपा धनकुटाले आज प्रेस बिज्ञप्ति जारी गरेर बृक्षरोपणमा सहभागि हुन नेता, कार्यकर्तालाई आग्रह पनि गरेको छ । नेकपा जिल्ला सचिव ढुंगानाले प्रेस
विराटनगर । प्रदेश १ का सांसदले प्रदेश सरकारका योजना कार्यान्वयन गराउने कार्यालयले काम गरिदिए वापत ६ देखि १५ प्रतिशतसम्म कमिसने लिने गरेको भन्दै रोक्न सरकारको ध्यानाकार्षण गरेका छन् । नेकपाका सांसद रामकुमार राईले आइतबार प्रदेशसभा बैठकको शुन्य समयमा प्रदेश १ सरकारले भ्रष्टाचारमा शुन्य सहनशिलता भनेपनि खोटाङमा सिंचाई प्रमुख रु. ९ लाख घूससहित पक्राउ परेको बताउँदै भने,“धेरै कार्यालयले ५ देखि १५ प्रतिशतसम्म कमिसन माग्ने गरेका छन् । माथि बुझाउने भनेर पक्राउ परेकाले माथि बुझाउनु पर्छ भन्ने गर्छन । यो गम्भीर विषय हो । सरकारको बदनाम गराउन खोजेको हो कि के हो ?” सरकारले भ्रष्टाचारीलाई मानहानी
इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले सिडिआर शाखा स्थापना गरेदेखि हाल सम्म ७२,१८,६२० (बहत्तर लाख अठार हजार आठ सय साठी) रूपैया बराबरको मोबाइल फेला पारीसकेको छ । करीब ३ सय थान मोबाइल फेला पारी प्रहरीले सम्बन्धित धनिहरूलाइ बुझाइसकेको छ । इटहरीमा बिभिन्न ब्राण्डका मोबाइलहरू हराउने एवम चोरी हुने घटना बढन थालेपछि सर्वसाधारणको गुनासो र उजुरीलाइ मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय इटहरीले गत २०७६ साल देखि सिडिआर शाखाको स्थापना गरी कार्यान्यवनमा ल्याएको थियो । प्रहरीले ७६ वैशाखदेखि ७७ जेठसम्म ५५ लाख मूल्य बराबरको २ सय ३१ वटा मोबाइल फेला पारी सम्बन्धित धनीलाइ बुझाइसकेको इलाका प्रहरी कार्यालय इटहरीका प्