समाचार

    Showing 7,771-7,780 of 10,045 items.
  • इटहरीमा ट्रिफरको ठक्करबाट १ जनाको मृत्यु

    धरान/ सुनसरीको ईटहरी १ आपगाछी चौकमा ट्रिफरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । आइतबार दिउँसो २ बजे रोकिराखेको ट्रिफर पछाडी सार्ने क्रममा सोही स्थानका ७२ बर्षीय पुर्ण बहादुर गुरूङ मृत्यु भएको हो । प्रदेश १–०२–००१ ख ४६६५ नम्बरको ट्रिफरले ठक्कर दिदा गुरुङको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रिफर र चालक ईटहरी १९ बरगाछीका २९ बर्षीय अनिल चौधरी प्रहरीको नियन्त्रणमा रहेको इलका प्रहरी कार्यालयले इटहरीले जनाएको छ । ट्रिफरको ठक्करबाट स्थानीयको मृत्यु भएपिछ स्थानीवासीले धरान इटहरी खण्डको सडक अवरुद्ध गरेका छन् ।

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 973 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गौरबका योजना अलपत्र : बजेट निकासा सार्वजनिक गर्न माग

    विराटनगर/ एक नम्बर प्रदेश सरकारले गौरबका योजना भनि नाम दिएर शुरु गरेका अधिकांश योजनाहरु लथालिङ बनेका छन् । प्रदेशको संचितकोष नै रित्तिन पुगेपछि प्रदेश सरकारले गौरबका भनि घोषणा गरेका योजनाहरुको काम धिमा गतिमा चल्न शुरु भएको हो । मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरी तोकिएको अवधिभन्दा अगावै सम्पन्न हुने दाबी गरेको प्रदेश राजधानी विराटनगरसंग जोड्ने घिनाघाट–विराटचौक सडक समयमा नसकिने देखिएको छ । ठेकेदारलाई रकम निकासा नहुँदा डेढ महिना काम रोकिएर बल्ल शुरु भएको छ । स्थानीयले सामाजिक संजालहरु मार्फत मुख्यमन्त्री राईलाई खुलापत्र लेखेर निर्माणमा भईरहेको ढिलासुस्तीबारे ध्यानाकर्षणनै गराउनु प

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 1,176 पटक पढिएको
    • "कुमार लुईटेल"
  • सिसि टिभिको एउटा फुटेज : जस्ले मोस्ट वाण्टेड लुटेरा समातियो

    इटहरी/ प्रदेश एक प्रहरी कार्यालय बिराटनगर र मातहतका प्रहरी कार्यालयहरूले गएको ६ महिना देखि खोजि गरेको अभियुक्तलाइ एउटा सिसि टिभि फुटेजको सहायताले फेला पारेको छ । इटहरी लगायतका अन्य शहरहरूमा योजनावद्ध लुटपाट गर्ने ब्याक्तिलाइ बिहीबार दिउसो इटहरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । साझको बेला अध्यारोको मौका छोप्दै सुनसान गल्लीमा हिडेका महिलाहरूलाइ धाक धम्कि पूर्वक लुटपाट गर्ने झापा दमक नगरपालिका १२ घर भइ हाल मोरङ केराबारी गाउपालिका ९मा डेरा गरी बस्ने ३० वर्षिय बिजु मोतेलाइ प्रहरीले गत मंगलबार पक्राउ गरी बिहीबार दिउसो सार्वजनिक गरेको हो । गएको कार्तिक महिना देखि प्रदेश एक प्रहरी कार्य

    • प्रकाशित मितिः चैत २८, २०७७
    • 956 पटक पढिएको
    • "तेजबहादुर बन"
  • नेपाल चलचित्र निर्देशक समाजद्वारा अक्षय कोष स्थापना

    धरान / नेपाल चलचित्र निर्देशक समाजले आफ्नो १३ बार्षिक साधरण सभाको अवसर पारेर अक्षय कोषको स्थापना गरेको छ । कोषको स्थापनाको घोषणा गर्दै महासचिव जनकदिप पराजुलिले रु एक लाख प्रदान गरेका छन् भने , निर्देशक समाजका सचिव तथा नेपाल चलचित्रकर्मि महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधान ले २५ हजार २ सय २२ , कार्य समिति सदस्य सुरेश नेउपाने ले २० हजार , ओ आर एस डिजिटलका ॐ अग्रवालले ५१ हजार ,निर्देशक मिलन चाम्स्ले १ लाख ११हजार १सय ११ , बेल्जियम निवासि रफि शाहले ५१ हजार तेजेन्द्र कडेलले १६ हजार गरि जम्मा ३ लाख ७४ हजार ३ सय ३३ संकलन भइसकेको छ । यहि समिति हुदाहुदै रु २५ लाख पुर्याउने लक्ष्य रहेको महासचिव

    • प्रकाशित मितिः चैत २८, २०७७
    • 1,052 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चारकोशेमा वर्षेनी डढेलो : चासो राख्दैनन सरोकारवाला

    इटहरी । सुनसरीको धरान र तरहरा बीचमा रहेको चारकोशे जंगलमा विगत एक सातादेखि लागेको आगो अझै नियन्त्रण हुन सकेको छैन । धरानको तीनकुनेबाट सुरू भएको आगो सल्किदै र स्थान परिवर्तन गर्दै तरहरा सम्म आइपुगेको छ । धरान उपमहानगरले तीनकुने परिषरमा बारूण यन्त्र लगाएर आगो नियन्त्रणको प्रयास गरेपनि सीमित क्षेत्रमामात्रै आगो नियन्त्रणमा आएको छ । आगो नियन्त्रणका लागि दमकल समयमै नपुग्ने गरेको स्थानीयहरुको गुनासो छ । धरानमा खानेपानी चरम अभाव रहेको दमकलले समयमा पानी भर्न नसक्दा ढिलो भएको हुनसक्ने अनुमान स्थानीयले गरेका छन् । तरहरास्थित पानीपिया लगायतका मुहानबाट पानी लिएर पुगेको धरानस्थित बारूणयन्त्रले तीनकुनेको आग

    • प्रकाशित मितिः चैत २६, २०७७
    • 924 पटक पढिएको
    • "तेजबहादुर बन"
  • बुढासुब्बा मन्दिरको मर्मत सम्भार गरिने : मन्दिरको स्वरुप भने पहिलाकै जस्तो हुने

    धरान/  बुढासुब्बा मन्दिरको ऐतिहासितालाई जोगाउदै जीर्ण बन्दै गएको मन्दिरको मर्मत संभार गरिने भएको छ ।नेपाल सरकार पुरातात्विक विभागले मर्मत सम्भारका लागि बजेट विनियोजन गरेस“गै बुढासुब्बाको ऐतिहासिकता नामेट नहुने गरी आकर्षक ढंगबाट मर्मत सम्भार गरिने भएको हो । प्रदेश नं. १ कै धार्मिक पर्यटकीय क्षेत्र धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुरमा रहेको बुढासुब्बा मन्दिर जीर्ण बन्दै गएपछि यसको ऐतिहासिता बचाउदै पुननिर्माण गरिन लागेको जनाइएको छ । मन्दिर पुननिर्माण गर्नुपूर्व १४ नंं. वडा समितिले बुढासुब्बामा क्षमा पूजा समेत सम्पन्न गरेको छ । मन्दिरको मर्मत सम्भार गर्ने क्रममा सिमेन्टको पिल्लर त

    • प्रकाशित मितिः चैत २६, २०७७
    • 2,447 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • महासंघ निर्वाचन : अध्यक्षमा ४ जना भिड्दै, १३ जना निर्विरोध

    धरान/  आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा सुनसरीमा ४ जना अध्यक्षका लागि भिड्दैछन् भने १३ जना निर्विरोध निर्वाचित भएका छन् । महासंघको केन्द्र, प्रदेश र जिल्लामा आउँदो बुधबार हुने निर्वाचनको लागि सुनसरी निर्वाचन समितीले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार अध्यक्ष पदका लागि प्रेस चौतारी ओलि समुह सहितको प्यानलबाट सन्तोष काफ्ले, प्रेस युनियन सहितको प्रेस सेन्टर र प्रेस चौतारी माधव नेपाल समुहबाट जनकऋषि राई, प्रेस युनियनको तर्फबाट बागी उम्मेदवार सचिन पोखरेल र सुविद गुरागाई बिच प्रतिष्पर्धा हुने भएको छ । प्रेस युनियनबाट अध्यक्षका लागि बागी उम्मेदवारहरुको उम्मेदवारी फिर्ता गराउन अन्ति

    • प्रकाशित मितिः चैत २४, २०७७
    • 1,035 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ को विभिन्न स्थानमा आइतबार भएको दुर्घटनामा दुईजनाको मृत्यु

    धरान / प्रदेश नं एक विभिन्न स्थानमा भएको दुर्घटनामा परि आइतबार दुई जनको मृत्यु भएको छ । उदयपुर चौदण्डीगढी–१० ईक्राहा बस्ने ६२ बर्षीय जग नारायण श्रेष्ठको बसको ठक्करबाट मृत्यु भएको हो । बिहान सवा १० बजे चौदण्डीगढी–१० स्थित राजमार्गमा त्रियुगा पब्लिक बोडिङ स्कुल खैराझोडाको को १ ख २७४८ नम्बरको बसले पैदल हिडिरहेका श्रेष्ठलाई ठक्कर दिदा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ठक्कर दिने बस र चालक चौदण्डीगढी–१० का ३८ बर्षीय रत्न बहादुर कार्की नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै मोरङको बिराटनगरा (१४ का २५ बर्षीय कामेश्व

    • प्रकाशित मितिः चैत २२, २०७७
    • 911 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सिंङ्गो वस्ती एमालेमा प्रवेश

    इटहरी / वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रका नायक हुन भन्दै मोरङको सुन्दरहरैंचा स्थित एउटा सिंगो गाउ“ नै नेकपा एमालेमा प्रवेश गरेको छ । सुन्दरहरैंचा नगरपालिका ५ स्थित गोर्खाली टोल वसोवास गर्ने १ सय भन्दा बढि स्थानीयहरू नेकपा एमालेमा प्रवेश गरेका हुन । यस अघि नेपाली कांग्रेस र एमाओवादीमा आवद्ध स्थानीयहरू पनि ओलीको जिन्दावादको नारा लगाउँदै नेकपा एमालेमा प्रवेश गरेको घोषणा गरेका छन् । उनीहरूले सामूहिक हस्ताक्षर सहित नेकपा एमालेको वडा कमिटीलाइ एक कार्यक्रम गरी बुझाएका हुन । जसमा टोलका युवा, महिला, बृद्धबृद्धा लगायत अगुवाहरु सबैको संयुक्तरुपमा हस्ताक्षर रहेको छ । गाउँ

    • प्रकाशित मितिः चैत २२, २०७७
    • 1,539 पटक पढिएको
    • "तेजबहादुर बन"
  • बीपीको आकस्मिक कक्ष अस्तव्यस्त : विरामीलाई भुइमै राखेर उपचार

    धरान / बिरामीको चाप अत्याधिक बढ्न थाले पनि जनशक्ति अभाव हुँदा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्ष अस्तव्यस्त हुँदै गएको छ । अहिले विरामीहरुले सहजै उपचार पाउन कठिन बन्दै गएको छ । शुक्रबार संखुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ आउदै गरेको बस दुर्घटना भएपछि उपचारका लागि प्रतिष्ठानमा ल्याउँदा विरामीको चाप अत्याधिक भएपछि घाइतेहरुले सहज रुपमा उपचार पाउन सकेनन् । उपचारमा आएकाहरुले बेड अभावमा भुइमा उपचार गर्न बाध्य थिए । उपचारमा ल्याईएका घाइतेका आफन्तले प्रतिष्ठानमा उपचार ढिलाई हुने गुनासो गरे ।घाइते हर्क मंग्रान्तीले प्रतिष्ठानमा ल्याउने वित्तिकै नर्सहरुले सामान्य

    • प्रकाशित मितिः चैत २२, २०७७
    • 2,012 पटक पढिएको
    • "गोबिन्द बस्नेत"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved