महासंघ निर्वाचन : अध्यक्षमा ४ जना भिड्दै, १३ जना निर्विरोध

  • चैत २४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt अध्यक्ष पदका ४ उम्मेद्वारहरु

धरान/  आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा सुनसरीमा ४ जना अध्यक्षका लागि भिड्दैछन् भने १३ जना निर्विरोध निर्वाचित भएका छन् ।
महासंघको केन्द्र, प्रदेश र जिल्लामा आउँदो बुधबार हुने निर्वाचनको लागि सुनसरी निर्वाचन समितीले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार अध्यक्ष पदका लागि प्रेस चौतारी ओलि समुह सहितको प्यानलबाट सन्तोष काफ्ले, प्रेस युनियन सहितको प्रेस सेन्टर र प्रेस चौतारी माधव नेपाल समुहबाट जनकऋषि राई, प्रेस युनियनको तर्फबाट बागी उम्मेदवार सचिन पोखरेल र सुविद गुरागाई बिच प्रतिष्पर्धा हुने भएको छ ।

प्रेस युनियनबाट अध्यक्षका लागि बागी उम्मेदवारहरुको उम्मेदवारी फिर्ता गराउन अन्तिम समय सम्म प्रयास गरिएको थियो । तर दुवै जनाले फिर्ता लिन नमाने पछि साँझ ६ बजे निर्वाचन समितीले अन्तिम नामावली सार्वजनिक गरेको थियो । अन्तिम नामावली अनुसार कार्यसमितीका ४ जना सदस्यहरु निर्विरोध भएका छन् । निर्विरोध हुनेहरुमा दलित कोटामा सुविन विश्वकर्मा, आदिवासी जनजातीमा पारस राई, अल्पसंख्यकबाट महमद मिकाईल र महिला सदस्य तर्फ देविका चाम्लिङ राई रहेका छन् । त्यसै गरि प्रदेश परिषद सदस्यमा ७ जना समावेशी सदस्यका लागि ७ जनाले मात्रै उम्मेदवारी दिए पछि उनीहरु पनि निर्विरोध भएका छन् ।

त्यस्तै महिला तर्फ प्रदेश परिषद सदस्यमा कानुन कार्की र केन्द्रिय परिषद सदस्यमा गंगा बराल पनि निर्विरोध भएका छन् । निर्विरोध भएका सदस्यहरुको घोषणा निर्वाचन सकिए पछि मात्रै गरिने समितीले जनाएको छ ।

अब ३० पदका लागि २५ गते निर्वाचन हुने भएको छ । कार्यसमिती पदाधिकारीका लागि उपाध्यक्ष पदमा प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारीको प्यानलबाट गणेश निरौला र प्रेस चौतारी केपी ओली पक्षबाट सुमन पुरी गरी दुई जनाको उम्मेदवारी रहेको छ । यसैगरी, महिला उपाध्यक्ष पदमा प्रेस सेन्टर नेतृत्वको प्यानलबाट उषाकिरण भट्टराई, प्रेस चौतारी प्यानलबाट सुमित्रा राई (सञ्जु), स्वतन्त्र उम्मेदवार मनिता चाम्लिङ र युनियनबाट बागी रञ्जना पौडेल रहेका छन् । यसैगरी, सचिव पदमा काफ्ले नेतृत्वबाट दिनेश गजमेर, राई प्यानलबाट धु्रव ढकाल र स्वतन्त्रबाट गोपाल कामत रहको छन् ।

युनियनका बागी उम्मेदवार पर्शुराम (विनय) बाह्रकोटीले उम्मेदवारी फिर्ता लिएका छन् । यता सहसचिवमा राई प्यानलबाट तिर्थ बहादुर कार्की, काफ्ले प्यानलमा विकल रेग्मी छन् । स्वतन्त्र उम्मेदवार हिमाल राईले उम्मेदवारी फिर्ता लिएका छन् । समावेशी सहसचिवमा काफ्ले पक्षका प्रदिप चौधरी, राई पक्षका भोला श्रेष्ठको उम्मेदवारी छ । कोषाध्यक्षमा काफ्ले पक्षमा कृष्ण प्रसाद बहाव भट्टराई र राई पक्षबाट अजित कुमार झा छन् भने युनियनको बागी उम्मेदवार निशान प्रकृति थारुको उम्मेदवारी छ ।

मधेसी सदस्यमा वीरेन्द्रकुमार साह र लुकमान अन्सारी, खुला सदस्यतर्फ आठ पदका लागि अर्जुन पौडेल, जमुना श्रेष्ठ, जीवन बिष्ट, दीपेन्द्रकुमार यादव, नवीन चर्मकार, निश्चल शर्मा, वसन्त बान्तवा राई, विनोद आचार्य, विजयकुमार राई, विवेक रेग्मी, मोहम्मद मुस्ताक आलम, रामबहादुर कट्वाल, शान्ता निरौला, संगम बिष्ट, शुक्रान्त राई, सुस्मिता राई र त्रिलोचन पौडेलको उम्मेदवारी परेको छ ।यसैगरी, ४ केन्द्रीय परिषद् सदस्यका लागि अर्जुन शर्मा, गोपाल दाहाल, जयकृष्ण यादव, बाबुराम सुवेदी, भैरब आङला, हेमराज दाहाल र शशी कोइराला छन् । यसैगरी केन्द्रीय परिषद् सदस्य समावेसीतर्फ गमबहादुर लम्जेल, तारा लामगादे, नरबहादुर लिम्बू (प्रदीप म्यायाङ्बो), शुकदेव चौधरी छन् ।

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved