चारकोशेमा वर्षेनी डढेलो : चासो राख्दैनन सरोकारवाला

  • चैत २६, २०७७
  • "तेजबहादुर बन"
alt

इटहरी । सुनसरीको धरान र तरहरा बीचमा रहेको चारकोशे जंगलमा विगत एक सातादेखि लागेको आगो अझै नियन्त्रण हुन सकेको छैन । धरानको तीनकुनेबाट सुरू भएको आगो सल्किदै र स्थान परिवर्तन गर्दै तरहरा सम्म आइपुगेको छ । धरान उपमहानगरले तीनकुने परिषरमा बारूण यन्त्र लगाएर आगो नियन्त्रणको प्रयास गरेपनि सीमित क्षेत्रमामात्रै आगो नियन्त्रणमा आएको छ ।

आगो नियन्त्रणका लागि दमकल समयमै नपुग्ने गरेको स्थानीयहरुको गुनासो छ । धरानमा खानेपानी चरम अभाव रहेको दमकलले समयमा पानी भर्न नसक्दा ढिलो भएको हुनसक्ने अनुमान स्थानीयले गरेका छन् । तरहरास्थित पानीपिया लगायतका मुहानबाट पानी लिएर पुगेको धरानस्थित बारूणयन्त्रले तीनकुनेको आगो नियन्त्रणमा लिएको छ । एक सातादेखिको डडेलो नियन्त्रण बाहिर जाँदा चारकोशे हुदै तरहरास्थित मानववस्तीमा समेत खतरा देखिएको छ ।

धरान र तरहराको बीच भागमा पर्ने चारकोशे क्षेत्रमा लागेको आगो यो वर्ष मात्र होइन । वर्षेनी आगलागी तथा डढेलोले बहुमुल्य प्रजातिका जडिबुटी लगायत बोटबिरूवाहरू सखाप भइरहँदा सम्बन्धित निकाय एवम सरोकारवालाहरू भने बेखबर रहदै आएको देखिन्छ । जिल्ला डिभिजन बन कार्यालय सुनसरीका अनुसार स्थानिय स्तरमा रहेका बन कार्यालयहरूले पूर्व सावधानी अपनाउन नसक्दा बर्षेण्नी जंगलमा लागेको डढेलो नियन्त्रण हुन हम्मे हम्मे परेको छ ।

बन कार्यालय सुनसरीका सुचना अधिकृत गोपाल दहालले डढोले नियन्त्रणकालागि जिल्लाका सबै निकायसँग सहकार्य भइरहेको र केही दिनभित्रै सबै क्षेत्रमा नियन्त्रण भइसक्ने बताए । यता चैत बैशाखको महिना त्यसैपनि हावा हुरी र आगलागिको समय भएपनि स्थानीय स्तरमा रहेका निकायहरूले कुनै पूर्व तयारी गरेको देखिएको छैन ।
सुनसरीको धरान , इटहरी उपमहानगर , इनरूवा , दुहबी , बराहक्षेत्र , लगायतका निकायहरूले कुनै स्थानमा आगलागी भए सम्भावित जोखिम कम गर्न कुनै पुर्व तयारी गरेको देखिएको छैन ।

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved