विराटनगर । मोरङ जिल्ला प्रशासन कार्यालयले प्रदेश नम्बर १ को राजधानी विराटनगर महानगरपालिका र यससंग जोडिएका गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ । महानगरसंग सिमाना जोडिएको कटहरी, जहदा र बुढीगंगा गाउँपालिकामा पनि शनिबार राति १२ बजेदेखि सात दिनसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो । विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकाका सबै वडामा निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन । यस विषयमा निर्णय लिन जिल्लास्थित कोभिड क्राइसिस म्यानेजमेन्टको शुक्रबार बैठक बसेको थियो । विराटनगरसहितका क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रशासनले भाईरसको चेन ब्रेक गर्
विराटनगर । कोरोना संक्रमितको उपचार गर्न ९६ बेडको नागरिक केयर सेन्टर संचालनमा आएको छ । १ नम्बर प्रदेशमै कोरोना हटस्पट बनेको प्रदेश राजधानी विराटनगरमा कोरोनाको पहिलो लहर शुरु हुँदै निर्माण भएको संरचना उबेला संक्रमित शून्यमा झरेपछि संचालनमा आउन सकेको थिएन । विराटनगर महानगरपालिका, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङसहितका सामाजिक संघसंस्थाको अगुवाईमा नागरिक केयर सेन्टर स्थापना गरी प्रदेश सरकारलाई संचालनको जिम्मेवारी दिइएको थियो । शुक्रबार मुख्यमन्त्री शेरधन राईले औपचारिक निरीक्षण गरी संक्रमितको उपचारको शुभारम्भ गर्न निर्देशन दिएका हुन । कोसी कोभिड १९ उपचार केन्द्रसंगै रहेको नगारिक केयर सेन्टरमा
इटहरी/ दोश्रो लहरको कोरोना भाइरस संक्रमण तिब्र बढेपछि सुनसरी जिल्ला प्रसाशनले शुक्रबार मध्यराति १२ बजे देखि लागु हुने गरी बैशाख २४ गते सम्म निषेधाज्ञा आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढाकालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा विहिबार बसेको बैठकले वैशाख १७ देखि एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । प्रशासनले निषेधाज्ञा जारि गरे पनि ब्यवसाय भने सुचारू रहने भएको छ । स्वास्थ्य मापदण्ड पालना गरेर सरकारले तोकेको नियम अनुसार ब्यवसाय सुचारू गर्न पाइने जिल्ला प्रसाशन कार्यालय सुनसरीले जनाएको छ । सवारी साधनको हकमा भने शुक्रबार मध्यरात १२ बजेबाट लागु
धरान । कोरोना संक्रमणको जोखिम बढ्दै गए पछि सुनसरीमा पनि एक साताको लागि निषेधाज्ञा जारी गरेको छ । सुनसरी प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले १७ गते राती १२ बजे देखि २४ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको जानकारी दिएका छन् । प्रशासनका अनुसार सर्वसाधारणले अत्यावश्यक काम नपरी घर बाट निस्कने नहुँने जनाएको छ । त्यसै गरि सरकारद्वारा तोकिएको सामाजिक दुरी, स्वास्थ्य मापदण्ड अनिवार्य रुपले पालना गर्नुपर्ने भएको छ । एकै स्थानमा जम्मा भई भेला, जुलुस, सम्मेलन, छलफल, गोष्ठी गर्न नपाउने पनि भएको छ । त्यस्तै सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, शैलुन, ब्
बराहक्षेत्र / करिब ७ बर्ष औषधी व्यवसाय अर्थात पोलिक्लिनिक सञ्चालन गरेका पिताम्वर राई (लाला) अहिले अर्गानीक कृषि पेशामा रमाउन थालेका छन् । औषधी व्ययसाय गर्दा सेवाग्राहीहरुमा केमिकल युक्त खानेकुराका कारण स्वास्थ्यमा गम्भीर समस्या हुने लक्ष्यण देखे पछि लालाको ध्यान अर्गानिक खेतिले तानेको हो । वराहक्षेत्र ६ चक्रघट्टी घर भएका लालाले वराहक्षेत्र ६ र ८ मा पर्ने शुक्रवारेमा अर्गानिक कृषि पेशा सुरु गरेका छन् । कोशीको बगर कासघारीमा न्युन प्रयोग भई रहेको जमिनलाई लालाले अर्गानिक कृषि कार्यसंगै रिसर्च सेन्टरको रुपमा “दर्पण अर्गानिक कृषि तथा रिसर्च सेन्टर” को सुरुवात गरेका हुन् । १९ महिना
इटहरी/ दोश्रो लहरको कोरोना भाइरस संक्रमण तिब्र बढेसंगै सुनसरीका पर्यटकीय स्थलहरू सुनसान देखिन थालेका छन । इटहरी स्थित पर्यटकीय स्थल तालतलैयामा एक साता यता पर्यटकहरूको संख्या ह्वात्तै घटेको पाइएको छ । त्यस्तै इटहरीकै इपिल्याण्ड वाटरपार्कमा पनि पर्यटकहरूको संख्या उल्लेख्य मात्रामा घटेको पाइएको छ । छिमेकी मुलुक भारतमा कोरोनाका कारण दैनिक मृत्युदर चार गुणाले बढेको समाचार बाहिरिएसंगै नेपालमा पनि सरकारले सावधानी अपनाउदै बिभिन्न जिल्लाहरूमा लकडाउनको तयारीमा गरिरहेको छ । सुनसरीमा समेत जोखिम बढेको भन्दै सावधानी अपनाउन प्रसाशनले अनुरोध गर्दै आएको छ । इटहरी उपमहानगरले भिडभाड हुने क्षेत्रहरू स
विराटनगर/ नेपाली कांग्रेस १ नं प्रदेश संसदीय दलले कोरोना महामारी रोकथाम गर्न प्रदेश सरकार जिम्मेवार हुन नसकेको जनाएको छ । कोरोना घातक रुपमा फैलिएको बेला सरोकारवाला मन्त्री मदिरा कार्यदल बनाउन लागेको भन्दै कांग्रेसले सरकारलाई जिम्मेवार बन्न आग्रह गरेको छ । संसदीय दलको तर्फबाट प्रमुख सचेतक केदार कार्कीले बुधबार विराटनगरमा संचारकर्मीसंगको छलफलमा भने, “महामारी अत्यधिक मात्रामा बढेको छ, मानिस आत्तिएका छैनन् तर महामारीमा सरकार कहाँ छ ?” उनले महामारी रोकथाम गर्न सरकारलाई साथ दिन तयार रहेपनि सरकारले के गर्दैछ भनेर विपक्षी दलसंग कुनै छलफल नभएको बताए । “सरकारले लगानी गरेर कोशी क
धरान / धरानको बसपार्कमा यात्रुहरुको भीड बढ्न थालेको छ । कोरोना संक्रमणले लकडाउन हुने त्रासले गाउँ घर फर्किन थाले पछि धरानको बसपार्कमा भीड बढेको हो । काठमाण्डौमा १६ गते देखि निषेधात्रा गर्ने भएपछि पुर्वी पहाडी घर भएकाहरु फर्किने क्रम बढेको छ । पुर्वी पहाडी जिल्लावासीहरु धरानको बसपार्कमा आ–आफ्ना्े घर फर्कने क्रममा भीड बढेको हो । काठमाण्डौबाट तेह्रथुम घर हिडेका सुमन घिमिरेले लकडाउनको समयमा काठमाण्डौमा डेरामा बसेर दिन काट्नै गाह«ो हुने मात्र हैन छाक टार्न नै मुस्किल हुने देखिएपछि घरमै सुरक्षित हुन काठमाण्डौ छाडेको बताए । काठमाण्डौको सुनधारामा डेरा लिएर बस्दै आएका उनले भने,
विराटनगर/ उद्योग संगठन मोरङले आगामी आर्थिक वर्षको बजेटमार्फत औद्योगिक उत्पादन लागत घटाउन दीर्घकालीन महत्वका संरचनाहरुको विकास तथा सञ्चालनका लागि सरकार समक्ष आग्रह गरेको छ । औद्योगिक क्षेत्रको यातायात तथा पारवहन लगायतका क्षेत्रमा हुने अत्याधिक लजिस्टक खर्चका कारण उत्पादन लागत बढेको कारण स्वदेशी उत्पादन प्रतिस्पर्धी बन्न नसकेको निष्कर्ष सहित संगठनले सरकारलाई नौं बुँदे सुझाव दिएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धनलाई अभियानका रुपमा अघि बढाएको संगठनले स्वदेशी उत्पादनलाई प्रतिष्पर्धी बनाई प्रवद्र्धन गर्न व्यापार तथा पारवहनका क्षेत्रमा छिमेकी मुलुकहरु भारत, चिन, बंगलादेश लगायतका मुलुकहरुस
इलाम/ तराईका विभिन्न जिल्लाबाट मोटरसाईकल चोरी गरी गाउँमा लैजाने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रदेशका झापा, मोरङ लगायतका स्थानबाट मोटरसाईकल चोरी गरी इलामका ग्रामिण क्षेत्रमा ल्याउने गिरोहलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको हो । तराईको विभिन्न जिल्लाबाट चोरी गरी इलामको ग्रामिण भेगहरुमा चलाई रहेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रहरी कार्यालयका अनुसार बैशाख महिनामा मात्र प्रहरीले सात वटा चोरीका मोटरसाईकलहरु सहित चोरी गर्ने ब्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला गुल्मी मुसिकोट नगरपालिका ४ घर भई हाल जिल्ला झापा दमक नगरपाल