कोरोना त्रास : घर फर्किने यात्रुको भीड

  • वैशाख १६, २०७८
  • "गोबिन्द बस्नेत"
alt

 धरान / धरानको बसपार्कमा यात्रुहरुको भीड बढ्न थालेको छ । कोरोना संक्रमणले लकडाउन हुने त्रासले गाउँ घर फर्किन थाले पछि धरानको बसपार्कमा भीड बढेको हो ।

काठमाण्डौमा १६ गते देखि निषेधात्रा गर्ने भएपछि पुर्वी पहाडी घर भएकाहरु फर्किने क्रम बढेको छ । पुर्वी पहाडी जिल्लावासीहरु धरानको बसपार्कमा आ–आफ्ना्े घर फर्कने क्रममा भीड बढेको हो ।

काठमाण्डौबाट तेह्रथुम घर हिडेका सुमन घिमिरेले लकडाउनको समयमा काठमाण्डौमा डेरामा बसेर दिन काट्नै गाह«ो हुने मात्र हैन छाक टार्न नै मुस्किल हुने देखिएपछि घरमै सुरक्षित हुन काठमाण्डौ छाडेको बताए । काठमाण्डौको सुनधारामा डेरा लिएर बस्दै आएका उनले भने, ‘ज्याला मजदुरीमा काम गरिन्थ्यो, लकडाउन भएपछि काम पनि हुदैन, घरभाडा तिर्ने, खाने पैसा पनि नहुन सक्छ, भोलिका दिनमा हरिविजोग हुने देखेर घर फर्किएको हु“ ।’ उनले ज्याला मजदुरी गरेर खानेहरुलाई लकडाउनले धेरै असर गर्ने बताए ।

त्यस्तै काठमाण्डौबाट संखुवासभा घर फर्किएका रोमन राई पनि शहरमा सुरक्षित नहुने र भोलि भोकभोकै बस्नुपर्ने अवस्था आउन सक्ने देखेर संखुवासभाको मादी घर फर्किएको बताउँछन् । उनले भने, ‘विगतमा पनि लकडाउनका समयमा यात्रुवाहक बस नचल्दा हिडेरै घर पुगियो, त्यतिखेर धेरै सास्ती भोग्नु प-यो, विगतकै सम्झेर यस पटक चाहि“ बेलैमा घर फर्किएको हु“ ।’ यसरी फर्कनेमा काठमाण्डौमा बसेर ज्याला मजदुर गर्नेहरुमात्र हैन अध्ययन गर्ने विद्यार्थी, त्यहा कार्यरत कर्मचारी लगायत रहेकाछन् ।

बसपार्कका काउन्टर कर्मचारी सुलभ तामाङले कोरोनाको त्रासका कारण काठमाण्डौबाट घरतर्फ जानेको भीड अत्याधिक बनेको बताए । उनले भने, ‘अहिले धरानबाट धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभा लगायतका पहाडी जिल्ला जाने सर्वसाधारणको घुइचो बढेको छ ।’ अध्ययनका लागि काठमाण्डौं बस्दै आएका तेह्रथुमको लालीगुरास नगरपालिका फर्किदै गरेका दिपक पौडलले भने, ‘कोरोनाको जोखिमका कारण स्कुल, कलेज बन्द भएपछि हामी घरमै सुरक्षित भएर बस्न हिडेका हौ, विगतको लकडाउनले दुःख नपाइयोस, घरमा परिवारसंग सुरक्षित बस्न पाइन्छ भनेर बेलैमा घर फर्किएका हौ ।’

उपत्यकामा वैशाख मसान्त सम्म निषेधाज्ञा घोषणा गर्ने भएको छ । कोरोना संक्रमित थपिदै गएका कारण समय अझै लम्बिने संकेत देखिएको छ । यसले गर्दा पनि सर्वसाधारणहरु बेलैमा सुरक्षित हुन गन्तव्यतर्फ लागेको घर फर्केकाहरु नै बताउँछन् ।

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved