विराटनगर र छिमेकी पालिकामा सात दिन निषेधाज्ञा

  • वैशाख १७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । मोरङ जिल्ला प्रशासन कार्यालयले प्रदेश नम्बर १ को राजधानी विराटनगर महानगरपालिका र यससंग जोडिएका गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ ।

महानगरसंग सिमाना जोडिएको कटहरी, जहदा र बुढीगंगा गाउँपालिकामा पनि शनिबार राति १२ बजेदेखि सात दिनसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो । विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकाका सबै वडामा निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन ।

यस विषयमा निर्णय लिन जिल्लास्थित कोभिड क्राइसिस म्यानेजमेन्टको शुक्रबार बैठक बसेको थियो । विराटनगरसहितका क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रशासनले भाईरसको चेन ब्रेक गर्न निषधाज्ञा जारी गरेको हो ।

प्रशासनले निषेधाज्ञा अवधिभर प्रशासनबाट जारी भएका नियम पालना गर्न गराउन सर्वसाधारणलाई अपिल गरेको छ ।

CDO Nisedhagya 1 CDO Nisedhagya 2

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved