इटहरी । कृषकले उत्पादन गरेको तरकारी बिक्री नभएपछि इटहरी उपमहानगरले बिक्री गर्ने व्यवस्था मिलाएको छ । सरकारले निषेधाज्ञा जारी गरेसगैं किसानले उत्पादन गरेको तरकारी बिक्री नभई खेतबारीमै कुहिने अवस्था आएपछि उपमहानगरले बजार मूल्य भन्दा प्रतिकेजी २ रुपैंया बढीमा खरिद गर्ने व्यवस्था गरेको हो । सोमबार इटहरीमा किसान, इटहरी उपमहानगरका प्रतिनिधि र खरिद गर्ने ब्यवसायीसगँंको त्रिपक्षीय बैठकले यस्तो निर्णय भएको इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । १ क्विन्टल भन्दा माथि उत्पादन गर्ने किसानको खेतमै पुगेर कम्पनीले जिम्मा लिनेछ । यस्तै १ क्विन्टल भन्दा कम उत्पादन गर्ने किसानलाई खरिद गर्ने
धरान / प्रदेश नं. १ मा दैनिक थपिएका कोरोना संक्रमितमध्ये सोमबार अहिलेसम्मकै सबै भन्दा उच्च रहेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा प्रदेश नं. १ मा ९ सय ३७ जनामा कोरोना संक्रमित थपिएका छन् । गत वर्षको कात्तिक ४ गते पनि प्रदेश १ मा दैनिक संक्रमित संख्या ८ सय ७० पुगेको थियो । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ३९८, झापामा २६३, सुनसरीमा ८७, उदयपुरमा ५२, ताप्लेजुङमा ३८, तेह«थुममा ३०, इलाममा ११, पाँचथरमा ६, खोटाङमा ४, संखुवासभामा ३, भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा संक्रमण पुष्टि भएको छ । मोरंगको विराटनगरमा १२४ महिला र १७७ पुरुष स
सुनसरी/ इटहरीमाअक्सिजनसहितको ४० बेडको आइसोलेसन तयार गरिने भएको छ । इटहरी १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनमाअक्सिजनसहितको ४० बेडको आइसोलेसन तयार गरिने भएको हो । उद्योग बाणिज्य संघ इटहरीको नेतृत्वतथा नेपालप्रेस युनियन सुनसरी र युवाउद्यमीमञ्च सुनसरीको सहकार्यमा ४० बेडको आइसोलेसन तयार गरिने भएकोहो । उद्योग बाणिज्य संघ इटहरीकाअध्यक्षभीमपौडेलले इटहरीमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बृद्धि भएपछि आफूहरुले खाना, बस्न तथाअक्सिजनसहितको निःशुल्क ४० बेडको आइसोलेसन तयारका लागिकाम सुरु भएको बताए । ‘यहाँ गरीब, विपन्नतथाआर्थिक स्तर कमजोर भएकानागरिकहरुलाई राखिनेछ र निःशुल
धरान । आज संसदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिदैछन् ।
मोरङ । मोरङको रंगेलीमा पानी डुबेर एक बालकको मृत्यु भएको छ । रंगेली नगरपालिका ९ बेदमारी स्थित ईट्टा उद्योगमा ईट्टा बनाउन खनेको माटोको खाल्डोमा परि बालकको मृत्यु भएको हो । मृत्युहुनेमा भारत घरभई सोही ईट्टा उद्योगमा काम गर्ने मजदुर भुसननिया मियाँका १० वर्षीय छोर अलिअर मियाँ रहेको प्रहरीले जनाएको छ । सोमबार (आज) बिहान १० बजे खेल्ने क्रममा खाल्डोमा डुबी गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाक प्रहरी कार्यालय रंगलीले जनाएको छ ।
धरान । कोरोना महामारीको कराण मनिसहरुले अक्सिजन सिलिन्डर स्टक गर्न थालेपछि नेपालमा अक्सिजन सिलिन्डरको अभाव हुन थालेको छ । सिलन्डर अभाव हुन नदिन सोमबार (आज) नेपाल वायुसेवा निगमको विमान अक्सिजन सिलिन्डर लिन चीनको बेइजिङ जाने भएको छ । तत्कालका लागि करिब ६ सय थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटर र केही अक्सिजन कन्स्ट्रक्सनसमेत ल्याउनका लागि निगमको विमान बेइजिङ जान लागेको हो । चिनबाट खाली सिलिन्डर ल्याएर अक्सिजन भने नेपालमै भरिनेछ ।विमान सोमबार (आज) राति ११ः३० बजे चीनको बेइजिङ जान लागेको हो । अक्सिजन सिलिन्डर लिएर विमान मंगलबार अपरान्ह २ः३५ मा काठमाडौंमा अवतरण गर्नेछ । तत्कालका लागि ४ सयद
बेलबारी / मोरङको बेलबारी नगरपालिकाले अकसिजन सहितको १५ बेडको आइसोलेसन तयार गरेको छ । बेलबारी २ मा रहेको बागदेवि सामुदायिक बन उपभोक्ता समुहको भवनमानगरपालिकाले आइसोलेसन तयार गरेको हो । नगरपालिकाले यस अघि पहिलो चरणको कोभिडमा समेत आइसोलेसन संचालनमाल्याएको थियो । नगरको पहिलो प्राथमिक्ताभनेको स्वास्थ्यहो बेलबारी नगरपालिकाकानगर प्रमुज्ञ ज्ञानेन्द्र सुवेदीले भने हामी स्वास्थयभयौ भने मात्रै अरु सोच्न सक्छौ । नगरवासिलाई स्वास्थ्यउपचारका लागिकुनै पनि कसर वाकि नराख्ने नगर प्रमुख सुवेदीले बताए । नगरपालिकाले कोरोना भाइरस बाट सक्रमितनागरीकहरुलाई अस्पताल सम्मपुर्याउनकालागिनिशुल्कएम्बुलेन्सको समते ब्यबस्थापन
धरान । कोरोना भाइरसको नयाँ भेरिएन्टको संक्रमण बढेसगैँ यस वर्षको एसईई र कक्षा १२ परीक्षा स्थगित भएको छ । सोमबर बसेको राष्ट्रिय परीक्षा बोर्डको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलका अनुसार १५ दिनभित्र बोर्डका सदस्यहरुले परीक्षा मोडल तयार गरेर बोर्डलाई बुझाउने र त्यही अनुसार परीक्षा मोडल सार्वजनिक गर्ने बोर्डको तयारी रहेको छ । यस अघि एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक भएको थियो ।
विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारको प्रबन्ध देखाउने एकथरि र व्यवहारमा अर्कै भएको भन्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले उचित प्रबन्ध मिलाउन माग गरेको छ । कांग्रेस १ नम्बर प्रदेश संसदीय दलले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रदेशभरका अस्पताल, प्राथमिक स्वास्थ्य र निजी अस्पतालमा कोरोना संक्रमित उपचार गर्ने प्रबन्ध मिलाउन माग गरेको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले पत्रकार सम्मेलनमा भने,“अस्पताल व्यवस्थापनको विषयमा सरकारले प्रस्तुत गरेको तथ्यांक पनि शंकास्पद देखिएको छ । कतिपय अस्पतालमा सरकारले देखाएको बेड संख्या नै देखिदैन ।” कार्कीले वीपी
मोरङ/ मोरङको बुढिगंगा गाउँपालिका ६ कोयलपुर स्थित एक गोठमा आईतबार राति आगलागी भएको छ । स्थानिय जंग बहादुर तामाङको गाई गोठमा आग्लागी हुँदा गोठ सहित ७ वटा बाख्रा, एउटा गाई जली मृत्यु भएको छ भने २ वटा बाख्रा र १ वटा गाई घाईते भएका छन् । राति २ बजे लागेको आगो प्रहरी र स्थानियको सहयोगमा बिहानको राती ३ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको हो । लामखुट्टे भगाउन बालेको घुरबाट सल्केर आगोलागि भएको जिल्ला प्रहरीकार्यालये जनाएको छ । आगलागी बाट करिब ३ लाख बराबरको क्षति भएको र अन्य मानवीय क्षेत भने नभएको प्रहरीले जनाएको छ ।