समाचार

    Showing 7,681-7,690 of 8,679 items.
  • धरानको विपीबाट ४ जना डिस्चार्ज

    धरान /  धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ४ जना प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानमा हाल जम्मा १ सय २ जना संक्रमित उपचाररत छन् भने २ सय ९६ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । सय हाल सम्म प्रतिष्ठानमा २० हजार १७५ पिसि आर परिक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा ३ जना नयाँ भर्ति भएका छन् ।

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 715 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त पक्राउ

    धरान । बाह्र वर्ष अघि कर्तव्य ज्यान मुद्धामा फरार रहेका सुनसरीको दुइ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरि कैद भुक्तानका लागि जिल्ला अदालत बुझाएको छ । जिल्लाको साविक एकम्बा गाउँपालिका वडा नम्बर ४ का सुरेन कुमार ठाकुरको हत्या गरेको आरोपमा बक्लौरी ६ का तुलसी चौधरी र टाइसन भन्ने मिङमा दोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरि अदालत बुझाएको छ । चौधरी र शेर्पाले २०६४ साल वैशाख २८ गते सुनसरीको चाँदवेला गाविस स्थित वडा नम्बर ७ मा एक विवाह घरमा छुरा प्रहार गरि हत्या गरेका थिए । दोषिद्वयलाई जिल्ला अदालतले २०७१ साल साउन २६ गते कैदको फैसला सुनाएको थियो । अदालतले चौधरीलाई २१ वर्ष ६ महिना र शेर्पाल

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 1,032 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आंशिक प्राध्यापकद्वारा क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी

    धरान । त्रिभुवन विश्वविद्यालयमा आंशिक प्राध्यापकको रुपमा काम गर्दै आएका प्राध्यापकहरुलाई करार गर्न माग गर्दै भइरहेको आन्दोलनको कुनै सुनुवाई नभएको भन्दै आव्हान गरेको देशव्यापी आन्दोलन अनुरुप धरान स्थित महेन्द्र बहुमुखी क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरिएको छ । नेपाल आंशिक प्राध्यापक संघ, महेन्द्र बहुमुखी क्याम्पस धरानले विश्वविद्यालयले अफै पनि आंशिक प्राध्यापकहरुको माग पुरा नगरेकाले अनिश्चित कालीन तालाबन्दी गरेकोहो । संघका अध्यक्ष किशोर कुमार राई र सचिव विज्ञान शर्माद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्ती जारी गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको जनाएको छ । ‘नेपाल आंशिक

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 1,326 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपीका उपकुलपतिको कक्षमा तालाबन्दी

    धरान । पछिल्लो समय धरानमा सामुदाय स्तरमै कोरोनाको संक्रमण फैलिन थालिसकेको छ । अस्पतालकै चिकित्सकहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको महामारीको जोखिम फैलिदै गएको अवश्थामा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख पदाधिकारीहरु सिनेट बैठकका लागि काठमाण्डौ गए पछि धरानका युवा तथा विद्यार्थीहरुले विरोध जनाएका छन् । कोरोनाको महामारी फैलिदै गएको अवश्थामा स्वास्थ्य सेवालाई व्यवस्थित गर्न छाडेर प्रतिष्ठानका मुख्य पदाधिकारीहरुहरु सिनेट बैठकमा सहभागि हुन काठमाण्डौ गए पछि विरोध जनाउँदै उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकक्षमा तालाबन्दी गरिएको छ । संक्रमणको विरुद्धमा स

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 762 पटक पढिएको
    • "दिनेश गजमेर"
  • थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि,१ सय ७१ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ श्रावण २७ मंगलबार / आज थप ६ सय ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २३ हजार ९ सय ४८  जना  पुगेको छ । नेपालमा मृतकको संख्या  ८० जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप  १ सय ७१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १६ हजार ६ सय ६४ जना  जना रहेका छन् ।

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 530 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा एकैदिन ९८ कोरोना संक्रमित थपिए

    विराटनगर, २७ साउन । प्रदेश नं. १ मा आज ९८ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च संख्या हो । मोरंग ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा मात्र आज ५० जनामा संक्रमण देखिएको छ । विराटनगरका २१ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरंगको बुढीगंगामा १० पुरुष, बेलबारीमा १ पुरुष, सुनसरीको दुहवीमा २ महिला ५ पुरुष, धरानमा २ महिला २ पुरुष, देवानगञ्जमा ३ पुरुष, हरिनगर र इनरुवामा १–१ पुरुष, सुनसरीको स्थानीय तह नखुलेका १ महिला १ पुरुष , उदयपुरको वेलकामा ४ पुरुष ३ महिला, त्रियु

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 842 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चिकित्सककै लापरबाही ले बिपिमा कोरोना फैलियो, ओपिडी सेवा बुधबार देखि बन्द

     धरान । चिकित्सककै लापरबाहीका कारण धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान भित्रै कोरोना संक्रमण फैलिन थाले पछि प्रतिष्ठानले ओपिडी सेवा बन्द गर्ने सुचना जारी गरेको छ । केही दिन अघि प्रतिष्ठानका दुई जना चिकित्सकमा कोरोना संक्रमण देखिएका मध्ये इएनटिका चिकित्सकको परिवारका ३ जनामा कोरोना संक्रमण पुष्टि भए पछि ओपिडी सेवा बन्द गरेको हो । बुधबार देखि लागू हुने गरि अर्को सुचना जारी नभए सम्मका लागि ओपोडी सेवा बन्द रहने जनाएको छ । प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. विकास साह द्वारा हस्ताक्षरीत सुचनामा कोरोना संक्रमण फैलन नदिन र रोकथाम तथा नियन्त्रणका लागी ओपिडी सेवा बन्द गरीने उल

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 1,089 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरका ६ जना पत्रकारलाई कोरोना संक्रमण

    विराटनगर । विराटनगरका ६ जना पत्रकारमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा थप दुई जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको हो । सोमाबार साँझको रिर्पोट अनुसार विराटनगरमा थप २३ जनामा संक्रमण देखिएको छ । पछिल्लो परीक्षणमा स्थानीय दैनिकका पत्रिकाका पाँच पत्रकार र एक जना कर्मचारीमा पनि संक्रमण देखिएको छ । यसअघि संक्रमण पुष्टि भएका साप्ताहिक पत्रिका पत्रकार होम आईसोलेसनमा छन् । पत्रकारले सामाजिक सञ्जालमार्फत आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधान रहन र परीक्षण गर्न आग्रह गरेका छ्न ।संक्रमण भएका पत्रकार आईसोलेसनमा छन् ।

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 1,328 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमितको आत्मबिश्वास बढ्दै, सतर्कता अपनाउन सुझाब

    इटहरी । कोरोना संक्रमण देखिएपनी लक्षण नदेखिएका स्थानियको दैनिकीनै परिवर्तन भएको छ । कोरोना पुष्टि भए पनि लक्षण नदेखिएका ले घरमै गुप्तबास बसेका छन् । संक्रमण पुस्टि भए पनि लक्षण नदेखिए कुनै खतरा नहुने थाहा पाए पछि संक्रमण भए पनि चिन्तामुक्त छन् । इटहरी ४ का एक संक्रमीत भन्छन् , `दिनमा एक पटक इटहरी अस्पतालका चिकित्सक संग भिडियो कल मार्फत स्वास्थ्य सम्बन्धित परामर्ष लिने गरेको छु, अहिले आफु कोरोना संक्रमित छु जस्तो लागेको छैन । संक्रमण देखिना साथ अस्पताल जाने तयारी गरेपनि घरमै सुरक्षा सतर्कता अपनाएर बसे सुरक्षित रहने जानकारी पाए घरकै एक कोठालाइ आइसोलेसन बनाएर बसेका छन । लक्षण बिनाको संक्रमण त्यत

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 784 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमण देखिएका बिपिका इएनटीका चिकित्सकका परिवारका ३ जनालाई पनि कोरोना पुष्टि

    धरान । केही दिन अघि कोरोना संक्रमण देखिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इएनटि का चिकित्सका परिवारका ३ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । इएनटीमा कार्यरत डाक्टरलाई केही दिन अघि कोरोना संक्रमण पुष्टि भए पछि उनको भएको थियो । कन्ट्रयाक ट्रेसिङ्को क्रममा परिवारका अरु ३ जनामा स्वाब संकलन गरिएको थियो । हिजो राती आएको रेपोर्ट अनुसार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसबारेमा प्रतिष्ठानले भने आधिकारिक रुपमा जानकारी दिएको छैन । प्रतिष्ठानका डाक्टरहरु धरान बाहिर आउजाउ गर्नाले कोरोना संक्रमण प्रतिष्ठानमा फैलिएको प्रतिष्ठानका चिकित्सकहरु बताउँछन् । प्रतिष्ठानमा कोरोना संक्

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 595 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved