कृषकले उत्पादन गरेको तरकारी इटहरी उपमहानगरले बारीमै पुगेर खरिद गर्ने

  • वैशाख २८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । कृषकले उत्पादन गरेको तरकारी बिक्री नभएपछि इटहरी उपमहानगरले बिक्री गर्ने व्यवस्था मिलाएको छ । सरकारले निषेधाज्ञा जारी गरेसगैं किसानले उत्पादन गरेको तरकारी बिक्री नभई खेतबारीमै कुहिने अवस्था आएपछि उपमहानगरले बजार मूल्य भन्दा प्रतिकेजी २ रुपैंया बढीमा खरिद गर्ने व्यवस्था गरेको हो ।

सोमबार इटहरीमा किसान, इटहरी उपमहानगरका प्रतिनिधि र खरिद गर्ने ब्यवसायीसगँंको त्रिपक्षीय बैठकले यस्तो निर्णय भएको इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् ।

१ क्विन्टल भन्दा माथि उत्पादन गर्ने किसानको खेतमै पुगेर कम्पनीले जिम्मा लिनेछ । यस्तै १ क्विन्टल भन्दा कम उत्पादन गर्ने किसानलाई खरिद गर्ने व्यवसायीको कम्पनी इटहरी १ हलगडामा ल्याएर बिक्री गर्ने प्रबन्ध मिलाइएको उपप्रमुख गौतमको भनाई छ ।

उनले यसरी सिधा कृषक र व्यापारी जोडिँदा बजार मूल्य भन्दा प्रतिकेजी २ रुपैंया किसानलाई फाइदा हुने बताइन् ।

आफुँले उत्पादन गरेको तरकारी बारीमै खरिद गर्न व्यापारी आउने भएपछि किसान खुसी भएका छन् । बजार मूल्य भन्दा प्रतिकेजी २ रुपैंया बढी दिने निर्णयले म मात्रै नभई सम्पूर्ण किसान खुसी भएको इटहरी १ का विनोद कुमार चौधरीले बताए ।

बन्दाबन्दीको अवस्थामा कसरी तरकारी बिक्री गर्ने भन्ने समस्या परिरहेको अवस्थामा उपमहानगरले यस्तो निर्णय गरेपछि आफुँलाई हौसला मिलेको अर्का कृषक देव कुमार चौधरीले बताए ।

उनले सरकारले कृषकको समस्या बुझ्दा मनै देखि खुसी भएको बताए ।

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved