प्रदेश नं. १ मा अहिलेसम्मकै बढी संक्रमित थपिए

  • वैशाख २७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / प्रदेश नं. १ मा दैनिक थपिएका कोरोना संक्रमितमध्ये सोमबार अहिलेसम्मकै सबै भन्दा उच्च रहेको छ ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा प्रदेश नं. १ मा ९ सय ३७ जनामा कोरोना संक्रमित थपिएका छन् । गत वर्षको कात्तिक ४ गते पनि प्रदेश १ मा दैनिक संक्रमित संख्या ८ सय ७० पुगेको थियो ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ३९८, झापामा २६३, सुनसरीमा ८७, उदयपुरमा ५२, ताप्लेजुङमा ३८, तेह«थुममा ३०, इलाममा ११, पाँचथरमा ६, खोटाङमा ४, संखुवासभामा ३, भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा संक्रमण पुष्टि भएको छ ।

मोरंगको विराटनगरमा १२४ महिला र १७७ पुरुष सहित ३०१ जनामा संक्रमण पुष्टि भएको छ भने सुन्दरहरैचामा ३५, कटहरीमा १३, उर्लाबारी र बुढीगंगामा ९–९, पथरीशनिश्चरेमा ८, बेलबारी र ग्रामथानमा ४–४, रंगेली, कानेपोखरी, केराबारी र मिक्लाजुङमा ३–३, धनपालथान, सुनबर्षी र स्थानीय तह नखुलेका १–१ जना छन् ।

यस्तै, झापाको भद्रपुरमा ६३, विर्तामोडमा ४२, दमकमा ३४, मेचीनगरमा २५, अर्जुनधारा र कनकाईमा २०–२०, बुद्धशान्तिमा १७, गौरादहमा १४, कचनकवलमा ८, कमल गाउँपालिकामा ७, बा¥हदशीमा ४, स्थानीय तह नखुलेका ३, स्थानीय हल्दिबारी र झापा गाउँपालिकामा २–२, शिवसताक्षी र गौरीगञ्जमा १–१ जना छन् ।सुनसरीको धरानमा २८, इटहरीमा २५, इनरुवामा १४, कोशी गाउँपालिकामा ४, दुहवी, भोक्राहानरसिंह र देवानगञ्ज ३–३, बराहक्षेत्र र स्थानीय तह नखुलेका २–२, गढी, हरिनगर र बर्जुमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको बेलकामा ४२, त्रियुगा र स्थानीय तह नखुलेका ३–३,चौदण्डीगढी र कटारी २–२ जना छन् । ताप्लेजुङको फुङलिङमा ३४, मेरिङदेन, मिक्वाखोला, सिदिङ्वा र स्थानीय तह नखुलेका १–१ जना छन् भने ते¥हथुमको म्याङलुङमा २८, मेन्छयायेम र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ६, चुलाचुलीमा २, देउमाई, रोङ र सुर्योदयमा १–१ जना छन् ।
यसैगरि, पाँचथरको फालेलुङमा ५ र फिदिममा १, खोटाङको खोटेहाङमा ३ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा २, पाँचखपनमा १, भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा हालसम्ममा कोरोना संक्रमितको संख्या ३८ हजार ९ सय २० पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
संक्रमित मध्ये ३० हजार ३ सय २ निको भएका छन् । सक्रिय संक्रमितको संख्या ८ हजार ५० पुगेको मन्त्रालयले जनाएको छ ।

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved