मोरङ । मोरङको रंगेलीमा पानी डुबेर एक बालकको मृत्यु भएको छ ।
रंगेली नगरपालिका ९ बेदमारी स्थित ईट्टा उद्योगमा ईट्टा बनाउन खनेको माटोको खाल्डोमा परि बालकको मृत्यु भएको हो ।
मृत्युहुनेमा भारत घरभई सोही ईट्टा उद्योगमा काम गर्ने मजदुर भुसननिया मियाँका १० वर्षीय छोर अलिअर मियाँ रहेको प्रहरीले जनाएको छ ।
सोमबार (आज) बिहान १० बजे खेल्ने क्रममा खाल्डोमा डुबी गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाक प्रहरी कार्यालय रंगलीले जनाएको छ ।