धरान । विहिबार साँझ धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा पसेर आक्रमण गर्ने ९ जनाको पहिचान खुलेको छ । उनीहरुको खोजि कार्य भइरहेकाले नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ । पाथीभरा लाइनमा रहेको चौकीमा पसेर आक्रमण गर्ने समुहको पहिचान भइसकेकाले खोजि कार्य तिब्र बनाइएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक हेमराज वलीले बताए । उनले भने, ९ जनाको पहिचान खुलिसकेको छ, उनीहरुको खोजि कार्य तिब्र बनाइएको छ ।’ उनीहरु वडा नम्बर १५ कै स्थानीय रहेको बुझिएको छ । आक्रमणबाट असई सुमन दाहाल, एक हवल्दार र एक सिपाइ घाइते भएका छन् । असई दाहालको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उ
सुनसरी । मोरङको कानेपोखरी गाउँपालिका ५ शान्ति चोकमा भएको सवारी दुर्घटनामा परी कानेपोखरीका दिलिप चौधरीको मृत्यु भएको छ । बिहिवार साँझको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ त ९८५८ नम्बरको ट्याक्टरले बितरीत दिशाबाट आउँदै गरेको को ३२ प ३७६९ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक कानेपोखरी गाउँपालिका २ केरौनका ३२ बर्षीय चौधरी घाईते भएका थिए । घाईतेलाई उपचारको लागी कोशी अस्पताल पठाईएकोमा उपचारको क्रममा राती मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
धरान । कोरोनाको महामारीका बिच खाद्यान्न लगायत उपभोग्य वस्तुहरु एमआरपी अनुसारनै बिक्रि वितरण गर्न सुनसरी उद्योग वाणिज्य संघले थोकबिक्रेताहरुलाई आग्रह गरेको छ । खाद्यान्न लगायत उपभोग्य वस्तुहरुको बजार भाउँ वृद्धि भएको जनगुनासो आउन थाले पछि संघले थोकबिक्रेताहरु सँग छलफल गरेको थियो । छलफलमा संघका प्रथम उपाध्यक्ष तथा बजार अनुगमन तथा आपुर्ति समितीका संयोजक शिवराज श्रेष्ठले व्यवसायीहरुलाई एमआरपी दररेट भन्दा बढीमा सामान बिक्री नगर्न आग्रह गरेका छन् । श्रेष्ठले बिक्री गरिने वस्तुहरुमा एमआरपी उल्लेख नभएको भए बिल बमोजिम सम्पूर्ण खर्च जोडी थोरै नाफामा बिक्री गर्न आग्रह गरेका छन् । संघका अध्यक्ष गिरिधार
धरान । कोरोना संक्रमण भए पछि उपचारमा रहेका सप्तकोशी एफएमका स्टेशन मेनेजर चन्द्र न्यौपानेको निधन भएको छ । उनी विगत दुई साता देखि बिराटनगर स्थित विराट शिक्षण अस्पतालमा उपचाररत थिए । उनको शुक्रबार बिहान निधन भएको हो । उनलाई सिवियर निमोनिया भए पछि अस्पताल भर्ना गरिएको थियो । न्यौपाने सप्तकोशी एमएफका स्टेशन मेनेजर सहित ब्रोडकास्टिङ एशोसियशन अफ नेपालका अध्यक्ष थिए । नेपाल सरकारले गठन गरेको विज्ञापन बोर्डमा पनि सदस्यमा नियुक्ति गरेको थियो । यस्तै नेकपा एमाले सुनसरीको प्रचार प्रसार विभागका सदस्य पनि थिए ।
धरान ः धरानमा खोला उत्खनन् हुने क्रमले तिब्रता पाएको छ । आर्थिक बर्ष सकिनै लाग्दा ठेकेदार कम्पनीहरुले धरानको सेउती, सर्दु खोला लगायतका खोलामा धमाधम मापदण्ड विपरीत खोला उत्खनन गर्ने काम गरिरहेका छन् । सेउती खोलामा उत्खनन कार्य नरोकिएपछि धरान उपमहानगरपालिका वडा नंं ५का वडाध्यक्ष सन्तोष लिम्बुको समूहले सम्बन्धित निकायमा रोक्न ज्ञापनपत्रज्ञ बुझाएको भोलिपल्ट उत्खनन नरोकिएपछि वडाध्यक्षकै सक्रियतामा त्यहा अवरोध गरिएको थियो । मंगलबार ज्ञापनपत्र बुझाएको भोलिपल्ट नै बुधबार उनीहरुले ठेकेदार कम्पनीले खोला उत्खनन नरोकेपछि आक्रोस भएर वडाध्यक्षकै टोली गएर उत्खनन गर्ने काम रोकेको थियो । सेउती, सेहारा र सर्द
धरान । विश्वब्यापि रुपमा फैलिएको कोरोना भाइरस संंक्रमणले निम्ताएको परिस्थतीले दैनिक ज्यालादारी गरेर जीवन यापन गर्ने परिवारलाई सकस बनाएको छ । बाहिर निकियो संक्रमणको डर , भित्र बस्यो भोकमरिको त्राषले असक्त र न्यून आय भएका परिवारलाई खाद्यान्नको जोह गर्न नै कढिन परिरहेको छ । दैनिक ज्यालादारी , असक्त, एकल महिलालाई खाद्यान्न जोडजाम गर्न हमेहमे नै परेको छ ।वर्तमान अवश्थालाई मध्यनजर गर्दै वराहक्षेत्र वडा नं ९ मा स्वर्गीय बिरमाया स्मृति फाउन्डेसनले २० परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ । फाउन्डेशबाट उपलब्ध खाद्यान्न वराहक्षेत्र ९ प्रकासपुरका सक्रिय युबाले बुधवार बितरण गरेका छन् । प्रकाश लिम्बुका अनु
कोरोना भाइरस (कोभिड–१९) को महामारीका बेला नागरिकहरू चौतर्फी मारमा परेका छन् । भाइरस सङ्क्रमणले ज्यानमा पु¥याउन सक्ने क्षतिको भय छ । यसकारण रोजगार र काम बन्द छ । सङ्कटको यसै घडीमा सर्वसाधारणमाथि दुःखका अनेक भारी थुप्रिएका छन् । स्वास्थ्य सेवाको अभाव, खाद्यान्नको अपर्याप्तता र बढ्दो महङ्गी – यस्ता समस्या हुन्, जसले सर्वसाधारणको जीवनलाई थिल्थिलो बनाएका छन् । यस्तै सङ्कटको अवस्थामा धरान उपमहानगरमा क्रियाशील राजनीतिक दलहरूले स्थानीय सरकार प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवामा लापर्वाही र भ्रष्टाचार भएको बताउँदै उन
धरान । कोरोना संक्रमणका कारण नेपालीहरुको मौलिक पर्व प्रभावित बन्दै गएका छन् । गत बर्षदेखि नै मौलिक पर्वहरु नेपालीहरुले खुलेर मनाउन पाएका छैनन् । सर्वसाधारण घरमै खुम्चिएर चाडपर्व मनाउन बाध्य छन् । गत बर्ष पनि कारोना कहरकै कारण बुद्ध जयन्ती, लिम्बुहरुको चासोक तङनाम, राईहरुको साकेला पर्व प्रभावित मात्र भएन हिन्दु धर्मालम्बीहरुको ठूलो चाड दशै र तिहार समेत कोरोनाकै कारण प्रभावित भए । यस बर्ष पनि त्यही संकेत देखिएको छ । नेपालीहरुका मौलिक पर्व धमाधम प्रभावित हुदै गएका छन् । केही समय अगाडि मुसलमान समुदायको ठूलो चाडको रुपमा रहेको रमजान पनि समुदायस्तरमा नभई घरमै खुम्चिएर मनाए ।यस्तै यस बर्षको २५६५ औ ब
सुनसरी । जिल्ला धनकुटा सहिदभुमी गाऊपालिका ३ छिन्ताङका ४२ बर्षीय नारायण कुमार राईको रुखले किचेर मृत्यु भएको छ । मंगलबार दिउँसो छिमेकीको जग्गामा रहेको चिलाउनेको रुख काटी ढाल्न डोरीले तान्ने क्रममा किचेर राईको घटनास्थलमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय छिन्ताङ र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोलीले आबश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
धरान । किराँत समुदायको महान पर्व उभौली तथा नेपालका राष्ट्रिय विभुति, बौद्धदर्शनका प्रवर्तक एवंम् शान्तिका अग्रदुत गौतम बुद्धको २६४५ औं जन्म जयन्ती तथा २५६५ औं बुद्ध पुर्णिमाको अवसरमा सभामुख प्रदिप कुमार भण्डारीले शुभकामना दिएका छन् । नेपाली समाजमा विभिन्न जातजाति र समुदायले मनाउने चाडपर्वहरुले सबै नेपाली बीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराउदै सामाजिक सदभाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचानलाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिएको उनले बताएका छन् । विश्वव्यापी महामारी कोरोना संक्रमणबाट समाज प्रभावित भईरहेको अवस्थामा संक्रमणका कारण मुत्यु हुनेको संख्या पनि बढ्दै ग