बिरमायाद्वारा फाउण्डेसनद्वारा विपन्नलाई खाद्यान्न

  • जेठ १३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विश्वब्यापि रुपमा फैलिएको कोरोना भाइरस संंक्रमणले निम्ताएको परिस्थतीले दैनिक ज्यालादारी गरेर जीवन यापन गर्ने परिवारलाई सकस बनाएको छ ।

बाहिर निकियो संक्रमणको डर , भित्र बस्यो भोकमरिको त्राषले असक्त र न्यून आय भएका परिवारलाई खाद्यान्नको जोह गर्न नै कढिन परिरहेको छ । दैनिक ज्यालादारी , असक्त, एकल महिलालाई खाद्यान्न जोडजाम गर्न हमेहमे नै परेको छ ।वर्तमान अवश्थालाई मध्यनजर गर्दै वराहक्षेत्र वडा नं ९ मा स्वर्गीय बिरमाया स्मृति फाउन्डेसनले २० परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ ।

फाउन्डेशबाट उपलब्ध खाद्यान्न वराहक्षेत्र ९ प्रकासपुरका सक्रिय युबाले बुधवार बितरण गरेका छन् । प्रकाश लिम्बुका अनुसार वडामा अती विपन्न , ज्यालादारी , असक्त, एकल महिलाको परिवारलाई खाद्यान्न साम्रागि राहत स्वरुप घर– घरमा पुगेर बितरण छ ।

स्वर्गीय बिरमाया स्मृति फाउन्डेसन वराहक्षेत्र १ ले चामल, दाल, तेल , १÷ १ थान लुगा धुने, नुहाउने सावुन ,चाउचाउ , माक्स वितरण गरेको छ । स्वर्गीय बिरमाया स्मृति फाउन्डेसनले निशुल्क आकस्मिक एम्बुलेन्स सेवा पनि दिने भएको छ ।

बराहक्षेत्र नगरपालिका १ देखि ११ वडा भरी रहेमा न्युन आय भएका बिपन् , असाय, अशक्तहरुलाई कोभिड तथा अन्य रोगी बिरामीहरुलाई कोबिड १९ महामारीलाई मध्य नजर गर्दै एक व्यक्ति दस हजार सम्मको शुल्क बराबरको निशुल्क आकस्मिक एम्बुलेन्स सेवा गरिएको फाउन्डेसनका अध्यक्ष मनोज योञ्जन तामाङ्गले बताए ।

एम्बुलेन्स सेबा लिन चक्रघट्टिमा रहेको चक्रघटि जेसिस एम्बुलेन्स ९८६२३६०५५० र अन्य नगर भित्र रहेका एम्बुलेन्सबाट सेबा लिन सक्नेछन् ।

 

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved