एमआरपी अनुसार बिक्रि गर्न सुनसरी उद्योग वाणिज्य संघको आग्रह

  • जेठ १४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोनाको महामारीका बिच खाद्यान्न लगायत उपभोग्य वस्तुहरु एमआरपी अनुसारनै बिक्रि वितरण गर्न सुनसरी उद्योग वाणिज्य संघले थोकबिक्रेताहरुलाई आग्रह गरेको छ ।

खाद्यान्न लगायत उपभोग्य वस्तुहरुको बजार भाउँ वृद्धि भएको जनगुनासो आउन थाले पछि संघले थोकबिक्रेताहरु सँग छलफल गरेको थियो । छलफलमा संघका प्रथम उपाध्यक्ष तथा बजार अनुगमन तथा आपुर्ति समितीका संयोजक शिवराज श्रेष्ठले व्यवसायीहरुलाई एमआरपी दररेट भन्दा बढीमा सामान बिक्री नगर्न आग्रह गरेका छन् ।

श्रेष्ठले बिक्री गरिने वस्तुहरुमा एमआरपी उल्लेख नभएको भए बिल बमोजिम सम्पूर्ण खर्च जोडी थोरै नाफामा बिक्री गर्न आग्रह गरेका छन् ।

संघका अध्यक्ष गिरिधारी सापकोटाको सभापतित्वमा भएको छलफलमा धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदराज सापकोटाले बोइलर कुखुराको मासु तथा सागसब्जीको मूल्य वृद्धि भईरहेको तथा विशेष गरि बेकरीको आइटममा उत्पादन मिति उल्लेख नगरेको बताए ।

त्यसैगरि इलाका प्रशासन कार्यालयका प्रमुख सुवासकुमार लामिछानेले गुणस्तर र परिमाण अनुसार दरभाउ कायम हुनुपर्ने बताए । मूल्यवृद्धि भएको प्रमाणित भएमा आवश्यक कार्वाही गर्न सुनसरी उद्योग वाणिज्य संघले सहयोग गर्नुपर्ने लामिछानेले बताए ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख मन्जु भण्डारीले अनुगमन गरेर व्यापारीहरुलाई आतंकित बनाउने उपमहानगरपालिकाको चाहना नभएको तर मूल्य र उत्पादन मिति सम्बन्धमा व्यापारीहरुपनि इमान्दार हुनुपर्नेमा जोड दिईन् ।

संघका अध्यक्ष सापकोटाले हाल तेलको मूल्यवृद्धि सम्बन्धमा व्यापक गुनासो आईरहेको र तेलको मूल्य वृद्धि स्थानीय व्यापारीहरुबाट नभई अन्तर्राष्ट्रिय क्षेत्रबाटै भएको बताए ।

नियतवश कुनै पनि व्यापारीले अनैतिक रुपमा मूल्य वृद्धि गरेको थाहा पाए आवश्यक कारवाही गर्न सहयोग गर्ने समेत उनले बताए ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved