समाचार

    Showing 7,441-7,450 of 8,672 items.
  • धरानकी बिलम राई देशव्यापी वक्तृत्व कला प्रतियोगितामा प्रथम

    धरान । देशव्यापी अनलाइन वक्तृत्वकला प्रतियोगितामा धरान १७ की बिलम चाम्लिङ राई प्रथम भएकी छन् । किरात राई विद्यार्थी संघ केन्द्रीय समिति द्धारा २२ औ स्थापना दिवसको अवसरमा आयोजित ‘मातृ भाषामा शिक्षा विषयक’ देशव्यापी वक्तउत्वकला प्रतियोगितामा राई विजेता भएकी हुन । किरात राई यायोक्खाको भातृ संगठनको रुपमा रहेको संघको भदौं १७ गते २२ औं स्थापना दिवस रहेको थियो । प्रतियोगिता विजेता राइले पुरस्कार स्वरुप नगद तिस हजार रुपैया र प्रमाण पत्र प्राप्त गर्नेछिन । प्रतियोगिताका लागी विजेता राईले सांस्कृतिक पहिरनमा प्रस्तुत भई मातृ भाषामा शिक्षा विषयक विषयमा ५ मिनेट ११ सेकेन्ड लामो प्रस्तुती दिएकी

    • प्रकाशित मितिः भदौ १८, २०७७
    • 1,867 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिष्ठानको शैक्षिक डिनमा प्राडा शिवेन्द्र झालाई नियुक्त

    सुनसरी भदौ १७/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक डिनमा प्राध्यापक डाक्टर शिवेन्द्र झा नियुक्त भएका छन् । झालाई प्रतिष्ठानको नियमावली, २०५५ को नियम २०.४ को उपनियम (१) बमोजिम प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर ज्ञानेन्द्र गिरिले बुधबार शिवेन्द्र झालाई डीन नियुक्त गरेका हुन् । प्रतिष्डानका शिक्षाध्यक्ष प्राध्यपाक डाक्टर गुरुप्रसाद खनालको सिफारिशमा फरेन्सिक विभाग प्रमुख समेत रहेका प्राडा झा शैक्षिक डिनको रुपमा उपकुलपतिले नियुक्त गरेको प्रतिष्ठानका प्रवक्ता प्राध्यपक डाक्टर निदेश सापकोटाले जानकारी दिए । प्रवक्ता सापकोटाका अनुसार प्राडा झा संकाय तर्फका परीक्षा बाहेक सम्पू

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 1,080 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमण शून्य रहेका २ वडामा समेत संक्रमण फैलियो एकै दिन ५७ कोरोना संक्रमीत थपिए

    इटहरी । कोरोना भाइरसको संक्रमित नभेटिएको इटहरीको चार वटा वडाहरू मध्ये २ वडामा संक्रमण फैलिएसंगै सो क्षेत्रहरू उच्च जोखिममा परेको छ । यस अघि इटहरीको वार्ड नं ३ , १० , १३ र १५ मा एक जना पनि संक्रमण देखिएको थियन। तर इटहरीको वार्ड नं १३ मा एकै दिन ११ जना पुरूष र वार्ड नं १० को दुइ पुरूषमा कोरोना पोजेटिभ देखिएपछि दुवै वडाहरू संक्रमणको उच्च जोखिममा परेका हुन । बुधबार एकै दिन इटहरीमा ५८ जनामा संक्रमण पुष्टि भएसंगै लामो समयदेखि भाइरसबाट जोगिदै आएको ४ वटा वडाहरूमध्ये १३ र १० पनि जोखिममा परेका छन् । अन्य वडाहरुमा संक्रमण फैलिए पनि एक जनापनि संक्रमित पुष्टि नभएको इटहरीको वडा नं १३ मा बुधबार एकैदिन ११ ज

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 637 पटक पढिएको
    • " तेजबहादुर बन "
  • धनकुटामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै

    धनकुटा, १७ भदौं / धनकुटामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै भदौं २२ गते राति १२.०० बजेसम्मलाई थप गरिएको छ । भदौं ११ गतेदेखि जारी गरिएको निषेधाज्ञा तेस्रो पटक थप गरिएको हो । कोरोना भाइरसको परिक्षण गर्ने क्रममा भदौ १३ गते कोभिड–१९ को पिसिआर परिक्षणको नतिजा अनुसार धनकुटामा १३ जना प्रहरी सहित १९ जनामा संक्रमण देखिएको थियो । उनीहरुको कन्ट्राक्ट ट्रेसिङमा रहेकाहरुको पिसिआर परिक्षण रिपोर्ट आउन बाँकी रहेकाले पाँच दिनको लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले बताए । निषेधाज्ञाको समय थप गरिएसँगै केही खुकुलो पनि पारिएको छ । १९ जना संक्रमितहरु भने अहिले धनकुटाको औद्य

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 772 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • कोशिपत्रमा समाचार आएपछि फिर्ताभयो जेष्ठ नागरिकको भत्ता

    इलाम/ जिल्लाको माङसेबुङ गाउँपालिका वडा नम्बर २ का तत्कालिन सचिव सुलभ दाहालले ५ महिनाअघि लिएको सोही वडाका जेष्ठ नागरिक हरिबहादुर श्रेष्ठको भत्ता उनका छोरा धनप्रसाद श्रेष्ठलाई बुधबार फिर्ता गरेका छन । भर्पाईमा हस्ताक्षर गरि बुझिलिएर आफैंले चलाएको जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वडा सचिवले सम्बन्धित जेष्ठ नागरिकलाई फिर्ता गरेका हुन । उनले हरिबहादुरको संरक्षक बसेका छोरा धनप्रसादलाई २ नम्बर वडा कार्यालयम बोलाएर १२ हजार रुपैयाँको चेक उपलब्ध गराएका हुन् । वडा सचिव दाहालले श्रेष्ठको २०७६ को दोश्रो चौमासिकको १२ हजार रुपैयाँ बुझिलिएर निजलाई उपलब्ध गराएका थिएनन् । आफैंले बुझिलिएको सामाजिक सुरक्षा

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 741 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • बन्दाबन्दीमा पनि उराँव समुदायले मनाए करम पुजा

    सुनसरी । उराँवहरुको महत्वपुर्ण पर्व निज्ज करम बन्दाबन्दीको बिचमा पनि निज्ज करम मनाएका छन् । भाद्र पूर्णिमाका दिन मनाउने चाड करम पुजा सुनसरी सहित नेपालभरि एउटै दिनमा मनाएका छन् । इनरुवामा शान्तीको प्रतिक परेवा उडाएर करम पुजा मनाएको छ । त्यसैगरी जिल्ला सदरमुकाम इनरुवा सहित जिल्लाका १२ वटै स्थानीय तहका उराँवहरुले करमको हाँगा र बोटको पुजापाठ गरेर मनाउने चलन अनुसार नै बुधबार गाउँगाउँमा मनाइएको छ । यो करम पूजालाई राजी करम वा नेंग करम पनि भनिन्छ । यो करम पूजा गाँउका नेंग हुने व्यक्तिले गाडने चलन अनुसार करम पुजा गरेको स्थानीय दुर्गा नारायण उराँवले जानकारी दिए । उराँव भाषामा नेंग भन्ने कुरा गोत्रबाट थ

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 1,194 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  •  बिना इजाजतका औषधी सहित ३ जना पक्राउ

    धरान । बिना इजाजतको औषधीहरु नेपाल भित्र्याउने समुह सहित औषधीहरु जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । भदौ १७ गते बुधबार जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलिले हरिनगर गाउँपालिका वडा नम्बर २ स्थित भुटाहा सिसुवा धरमपुर सडक खण्डमा ३ जनाको समुह सहित औषधी पक्राउ गरेको हो । विशेष सुचनाको आधारमा खटिएको प्रहरीको टोलिले हरिनगर गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ३७ का अख्तर मिया, सोही स्थान बस्ने वर्ष २२ का एहरमान अंसारी र वर्ष ३२ का मुख्तर आलमलाई पक्राउ गरेको छ । प्रहरीले अख्तर मियाँले बोकेको प्लाष्टिकको बोरा भित्र निमोस पि १ सय ४९ पत्ता, भाइबल ४ सय ९८ पत्ता,जेनेग्रा रेड १०० लेखिएको औषधी २ स

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 856 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इन्ट्राएक्ट क्लब अफ डिपोटद्वारा “कनेक्टिङ हाट्स विथ इन्ट्राएक्टर” को भाग २ सञ्चालन गरीने

    धरान /  इन्ट्राएक्ट क्लब अफ डिपोटद्वारा इन्ट्राएक्ट क्लब अफ चन्द्रपुर सेन्ट्रल, बंगलादेशसंग सहकार्यमा अन्तराष्ट्रिय स्तरीय कार्यक्रम “कनेक्टिङ हाट्स विथ इन्ट्राएक्टर” को भाग २ सञ्चालन गरीने भएको छ । यस कार्यक्रमको मुख्य उद्देश्य इन्ट्राएक्टरहरुको अभिभावकहरुलाई इन्ट्राएक्ट क्लबका बारेमा जानकारी गराउने रहेको छ । यस कार्यक्रम मार्फत अभिभावकहरुलाई इन्ट्राएक्ट क्लबका विभिन्न गतिविधि, कार्यक्षेत्र र कार्यक्रमहरुको बारेमा जानकारी गराउने रहेको इन्ट्राएक्ट क्लब अफ डिपोटकी अध्यक्ष दिक्षा राई जानकारी दिइन । यस्ता कार्यक्रमले अभिभावकलाई इन्ट्राएक्ट क्लबका बारेमा थप प्रष्ट हुने अपेक्षा र

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 987 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ११ सय २० जनामा कोरोना संक्रमण , ११ सय १२ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ भदौ १७ बुधबार १६:२३:०० प्रकाशित  /  आज थप ११ सय २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ४१ हजार ६४९ जना  पुगेको छ । नेपालमा मृतकको संख्या  २५१ जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप ११ सय १२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २३ हजार २ सय ९०  जना रहेका छन् ।  बुधबार काठमाडौंमा ३५

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 568 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा आज १३७ संक्रमित थपिए

    विराटनगर, १७ भदौ । प्रदेश १ मा आज १ सय ३७ कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७१, मोरङमा ४७, झापामा ११, भोजपुरमा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएका मध्ये ७ महिला र ५१ जना पुरुष रहेका छन् । धरानमा ७ , बर्जुमा २, इनरुवा र भोक्राहा नरसिंहमा १–१ र स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको विराटनगरका २१ महिला २३ पुरुष, धनपालथानमा १ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको कमल गाउँपालिकामा ३ महिला ३ पुरुष, मेचीनगरमा ३ पुरुष, विर्तामोड र गौरी

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 672 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved