सुनसरी/ सुनसरीको इटहरीमा एक दम्पतीको माछा मार्ने क्रममा करेन्ट लागेर एक दम्पतिको मृत्यु भएको छ । इटहरी २० तरहरामा कोठाभाडामा बस्दै आएका उदयपुर जिल्लाको रौता गाउँपालिका स्थायी घर भएका २५ वर्षीय हेमशर राई र उनकी श्रीमति २२ वर्षीय सर्मिला राईको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । इटहरीको एक फर्निचर उद्योगमा काम गर्दै आएका उनीहरु लकडाउनका कारण उद्योग बन्द भएपछि माछा मार्न निस्किएका थिए । तीन बर्षीय छोरीलाई घरमै सुताएर रातको समयमा माछा मार्न इटहरी १९ र २० को सिमानामा पर्ने खार्साला गएका उनीहरु राती नै खोलामा करेन्ट लागेर मृत्यु भएको इटहरी प्रहरीले जनाएको छ । मृतक दम्पतिको पोष्टमार्टम
विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठकको शुन्य समयमा बोल्ने सांसदहरुले विकासलाई जनआकांक्षासंग जोड्न माग गरेका छन् । उनीहरुले माटो बेचेर व्यापार गर्ने सरकारको योजनाविरुद्ध माटो बचाउन अभियान चलाउनु पर्नेमा जोड दिएका छन् । सांसद कृष्णकुमारी राईले संविधानले हरेक नागरिकलाई आवासको व्यवस्था गरिने उल्लेख गरेको र कसैको उठाइने छैन भनेपनि २०३६ सालदेखि बसेको मानिसलाई झापाको दमक नगरपालिकाले उठाएको भन्दै उनीहरुको व्यवस्थापन गर्न माग गरिन । “के त्यो नियमसंगत भयो त ? कानुन हामीले बनाउने होइन ? के जनताले हामीलाई सरकामा पठाएको होइन ? अनि जनताको घर र बसोबास उठाउने कानुन हामीले बनाउने हो ?,” राईले भन
सुनसरी/ इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जंगलबाट मारेर ल्याएको अबैध हरिणको मासु र तीन नाल भरुवा बन्दुक सहित बराहक्षेत्र नगरपालिका वार्ड न २ चतराको रेल्वेलाइनबाट दुई जनालाई पक्राउ गरेको छ । शुक्रवार बिहानै जंगलबाट हरिण मारेर ल्याई घरमा काटिरहेको सूचनाको आधारमा महेन्द्रनगर प्रहरीका इन्चार्ज प्रहरी निरिक्षक पाण्डबकुमार राजवशीको नेतित्वको टोलीले अवैध हतियार , हरिणको मासु सहित दुई जनालाई पक्राउ गरेको हो । शुक्रबार बिहानै प्रहरीलाई जंगलबाट हरिण मारेर ल्याई घरमा काटिरहेको भन्ने सूचना प्राप्त हुनसाथ प्रहरीले बराहक्षेत्र २ रेललाइन स्थित निरज घिमिरेको घरमा काटेको हरिणको मासु १२ किलो, हरिणको सि
विराटनगर । प्रदेश १ सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई सांसदले ‘झुटको पुलिन्दा’ र ‘नाराहरुको ठेली’ भन्दै टिप्पणी गरेका छन । प्रदेशसभामा आर्थिक वर्ष २०७८÷०७९ को लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले विहीबार नीति तथा कार्यक्रम पेश गरेका थिए । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सरकारको आयू टिकाउने दाउपेचमा मात्र आएको भन्दै नेकपा माओवादी केन्द्रकी सांसद उमिता विश्वकर्माले प्रदेश सरकार नारा बनाउन मात्र सक्रिय भएको भन्दै टिप्पणी गरिन । भनिन्,“अघिल्लो नीति तथा कार्यक्रम सफल नहुनेले यो पुष्टि भएको छ । सस्तो लोकप्रियताको लागि मात्र सरकारले नीति तथा क
बेलबारी / पुर्व उपप्रधान तथा अर्थमन्त्री भरत मोहन फाउन्डेसले मोरङको बेलबारी नगरपालिकालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको छ । भरतमोहन फाउन्डेसनका सचिव महेश आचार्यले बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीलाई स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेका हुन । कोभिड १९ बाट संक्रमित स्थानियको स्वास्थ उपचारको लागि अवश्यक स्वस्थ्य सामाग्रीहरु तथा त्यसको संक्रमण फैलन नदिन प्रयोग गरिने सामग्रीहरु फाउण्डेसनले नगरपालिकालाइ उपलब्ध गराएको हो । फाउन्डेसनले पिपि सेट, अक्सी मिटर, बुट,मास्क, सेनिटाइजर, सोडियम हाइपो कोलोराइड लगायतका सामाग्रि नगरपालिकालाई हस्न्तानतरण गरेको हो । सामाग्रि बुझदै न
इटहरी । निर्माणको सुरूवाति समयदेखि नै पटक पटक बिवादमा तानिदै आएको रानि बिराटनगर –इटहरी धरान ६ लेन राजमार्ग अन्तरगत सुनसरीको इटहरीमा पुन बिरोध सूरू भएको छ । राजमार्ग निर्माणको क्रममा इञ्जिनियरले डिजाइन गलत बनाएपछि वर्षाको बेला पानीको भेलले इटहरी डुबानमा पर्ने खतरा बढेको भन्दै नागरिक अगुवा र ब्यवसायिहरू बिरोधमा उत्रिएका छन । राजमार्ग निर्माणको क्रममा इटहरी संगित चौक तर्फ कल्भर्ट निर्माण हुनुपर्नेमा ह्युम पाइप मात्र हालेर पुर्न लागेको भन्दै नागरिक अगुवा र ब्यवसायीहरूले बिरोध जनाएको हुन । वर्खाको बेला पानीको भेल संगै ढल निकाशिमा समस्या भइरहेको बेला अहिले हालिएको ह्युमपाइपले झनै समस्या उत्पन
पाँचथर । पाँचथर हिलिहाङ गाऊपालिका १ मा रहेको अरुण भ्याली हाईड्रोपावर कम्पनीमा काम गर्ने मजदुरको फलामको पाईपले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी सत्यवती गाऊपालिका २ का २९ बर्षीय मोहन राहादी मगर रहेका छन् । बिहीबार बेलुका ५ बजे साढे ३ मिटर गोलाई भएको अन्दाजी ४ टन वजन भएको फलामको पाईप बा३क ३८४५ नम्बरको क्रेनले उठाउने क्रममा क्रेनको साङली चुडिन गई मगरको घाटीमा पाईपले लागी घटनास्थलमानै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई क्रेन अप्रेटर बारा सखुवाघाट गाऊपालिका ७ का २८ बर्षीय अनिल लोप्चनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको
झापा । झापाको छुट्टा छुट्टै २ स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बिहीबार बेलुका साढे ३ बजे अर्जुनधारा नगरपालिका ३ बस्ने ८२ बर्षीया गलमाया खड्का आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागी घाईते भएकी उनाई उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोड लैजाने क्रममा मृत्यु भएको हो । त्यस्तै बिहीबार बेलुका पौने ६ बजे कमल गाऊपालिका ७ लालधोन्द्रा स्थित महेन्द्र धिमालको खेतमा पानी तान्न जडान गरिएको मोटर चलाउन गएका महेन्द्रका भान्जा मोरङ बेलबारी नगरपालिका ४ का १४ बर्षीय सन्देश धिमालको सोही मोटरबाट करेन्ट लागी गम्भिर घाईते भएका उनको उपचारको लागी लैज
काठमाडौँ / यसवर्षको मनसुन अत्यन्तै जोखिमपूर्ण रहेको चेतावनी मौसमविद्हरुले दिएका छन् । नेपालमा मनसुन भित्रनै लाग्दा विज्ञहरुबाट यस्तो चेतावनी आएको हो । उनीहरुले मनसुनका समयमा सुरक्षित रहन सबैलाई आग्रह गर्दै त्यसको पूर्वतयारीमा जुट्नुपर्ने अवस्था आएको पनि बताएका छन् । यस वर्ष मनसुनजन्य विपद् (विशेष गरेर बाढी र पहिरो) बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान मौसमविद्ले गरेका छन् । गतवर्ष औषत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको मुलुकसामु यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । यसपालिको मनसुन झन् चुनौतीपूर्ण रहने अनुमान मौसमविद्ले गरेका छन् । जल तथा मौसम विज
वराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्रका नेताहरु औषधी बोकेर कोरोना भाइरस सक्रमितको घर- घर पुग्न थालेका छन् । २५ दिन देखि सुरक्षा सर्तकता सहित संक्रमितका घर–घरमा पुगेर सेनिटाइज , पोष्टिक तत्ब प्रदान गर्दै आएको नेपाली कांग्रेसको टोली बिहिबार सक्रमितको घरमा पुगेर पारासिटामोल र भिटामि सि सहित सेनिटाइज गरेको अभियानकी सदस्य नेपाली कांग्रेस महा- समिति सदस्य अनु गुरुङले बताइन् । राज्यको साधन, स्रोत भएको निकायहरु सक्रमण नियन्त्रण गर्ने अभियानमा प्रयाप्त काम गर्न नसकेको जनगुनासो भइराख्दा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस वराहहक्षेत्रका नेताहरु भन्ने समिति नै स्थापना गरेर अभियानमा सक्रिय पुर्ब