संक्रमितको घर- घर पुग्दै कांग्रेस

  • जेठ २८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

वराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्रका नेताहरु औषधी बोकेर कोरोना भाइरस सक्रमितको घर- घर पुग्न थालेका छन् । २५ दिन देखि सुरक्षा सर्तकता सहित संक्रमितका घर–घरमा पुगेर सेनिटाइज , पोष्टिक तत्ब प्रदान गर्दै आएको नेपाली कांग्रेसको टोली बिहिबार सक्रमितको घरमा पुगेर पारासिटामोल र भिटामि सि सहित सेनिटाइज गरेको अभियानकी सदस्य नेपाली कांग्रेस महा- समिति सदस्य अनु गुरुङले बताइन् ।

राज्यको साधन, स्रोत भएको निकायहरु सक्रमण नियन्त्रण गर्ने अभियानमा प्रयाप्त काम गर्न नसकेको जनगुनासो भइराख्दा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस वराहहक्षेत्रका नेताहरु भन्ने समिति नै स्थापना गरेर अभियानमा सक्रिय पुर्बक लागि परेका छन् ।

वराहक्षेत्र कांग्रेसको कोरोना नियन्त्रण व्यवस्थापन तथा परिचालन समितिले २५ दिन देखि जारी अभियान अन्तरगत बिहिबार वराहक्षेत्र नगरपालिका वडा ६ को सक्रमितको घरमा र चक्रघट्टिको सार्वजनिक स्थान, बैक तथा बितिय संस्थामा सेनिटाइज समेत गरेको अभियानका सदस्य नेपाली कांग्रेस बराहक्षेत्र ६ का सह- सभापति तुलसी श्रेष्ठले बताए ।

सक्रमितको घर घर पुगेर भावनात्मक निकटता बढाउने काम गर्दै आएको अभियानले वराहक्षेत्र नगरपालिकाका वडा नं १ देखि ११ वडामा रहेका सक्रमितको घरहरु सेनिटाइज गर्ने, सक्रमितलाई पोष्टिक तत्ब, स्वास्थ्य साम्रागी , हौसला बढाउने काम गरिरहेको छ । साथै नगरको सार्वजनिक स्थाल, प्रहरी चौकी, स्वास्थ्य चौकीलाई सेनिटाइज गरिएको छ ।

समितिका संयोजक नेपाली कांग्रेस सुनसरी क्षेत्र नं ४ सचिव रमेश कार्कीका अनुसार समुदाय स्तरमा फैलिएको महामरीलाई नियन्त्रण गर्न अरुको मुख ताक्ने हो भने समुदायमा संक्रमण झनै फैलने खतरा रहेकोले पार्टी आफै सकृय भएको हो । उनले स्थानिय सरकारले कोरोना नियन्त्रणका लागि ठोस कार्य नगरेकाले पनि कांग्रेस आफै अभियानमा उत्रनु परेको हो । कार्कीले भने ‘स्थानीय सरकार गैरजिम्मेवार भयो, गाउँ घर संक्रमणको मारमा परेकालाई सहयोग गर्ने र संक्रमण फैलन नदिन सुरक्षाका कामहरु गरिरहेका छौं ।’

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved