६ लेन सडक : कल्भर्टको सट्टा ह्युमपाइप राखेपछि लफडा "आयोजना प्रमुख भन्छन अब केहि गर्न सकिदैन"

  • जेठ २८, २०७८
  • "तेजबहादुर बन "
alt

इटहरी । निर्माणको सुरूवाति समयदेखि नै पटक पटक बिवादमा तानिदै आएको रानि बिराटनगर –इटहरी धरान ६ लेन राजमार्ग अन्तरगत सुनसरीको इटहरीमा पुन बिरोध सूरू भएको छ । राजमार्ग निर्माणको क्रममा इञ्जिनियरले डिजाइन गलत बनाएपछि वर्षाको बेला पानीको भेलले इटहरी डुबानमा पर्ने खतरा बढेको भन्दै नागरिक अगुवा र ब्यवसायिहरू बिरोधमा उत्रिएका छन ।

राजमार्ग निर्माणको क्रममा इटहरी संगित चौक तर्फ कल्भर्ट निर्माण हुनुपर्नेमा ह्युम पाइप मात्र हालेर पुर्न लागेको भन्दै नागरिक अगुवा र ब्यवसायीहरूले बिरोध जनाएको हुन । वर्खाको बेला पानीको भेल संगै ढल निकाशिमा समस्या भइरहेको बेला अहिले हालिएको ह्युमपाइपले झनै समस्या उत्पन्न गराउने र संगित चौक आसपासको क्षेत्र डुवानमा पर्ने खतरा बढेको भन्दै बिरोध सुरू भएको हो ।

१ सय ८० फिट लम्बाइ रहेको सडकको मुनिबाट ह्यूम पाइप लैजादा वर्खाको बेला निकाश हुने ढलको मात्र धान्न नसक्ने र पानीको भेलले संगित चौक पुरै डुबानमा पर्ने नागरिक अगुवा राजु केशीले बताए । राजमार्ग निर्माण हुदा देखिनै निर्माण पक्षलाइ पटक पटक सुझाव दिदापनि अन्तिममा कल्भर्टको सट्टा ह्युम पाइप नै लगाएको नागरिक अगुवा केशीले बताए ।

यस्तो गम्भिर कुरा प्रति स्थानीय सरकार र सडक आयोजनाका पदाधिकारिहरू मौन रहेकोले बाध्य भइ बिरोध गर्नुपरेको अर्का नागरिक अगुवा तथा ६ लेन राजमार्ग संघर्ष समितिका संयोजक ज्ञानेन्द्र बस्नेतले बताए । यसरी ह्युमपाइप लैजादा वर्खाको बेला पानीको भेल संगै बगेर आएको ढलले संगित चौक पुरै डुवानमा पर्ने र तत्काल पाइप हटाएर कल्भर्ट निर्माय गरिनुपर्नेमा उनले जोड दिए ।

यता ६ लेन सडक परियोजनाका प्रमुख बद्री प्रसाद शर्माले इटहरी उपमहानगरकै सहमति अनुसार निर्माण प्रकृिया अघि बढेको जिकिर गरे । सो स्थानमा पहिले यो भन्दा सानो ह्युमपाइप रहेको र अहिले वर्षाको बेला ढल निकाश हुनेगरी ठुलो आकारको ह्युम पाइप राखिएकोले डुवानको खतरा नरहेको आयोजना प्रमुख शर्माले बताउनुभयो ।

स्थानीयको माग अनुसार कल्भर्ट निर्माण गर्नुपरे आयोजनाको काम एक वर्ष लम्बिने हुदा अब केहि गर्न नसकिने आयोजना प्रमुख बद्री प्रसाद शर्माले बताए ।

itahari 1

सुनसरीले कोशी प्रदेश ...

धरान/सुनसरी बास्केटबल टिमले कोशी प्रदेश स्तरीय ओपन बास् ...

प्रहरी चौकी बनाउन मे ...

धरान/  धरान उपमहानगरपालिका वडा नं १६ सुरक्षाक ...

कोशी किनारको बदलिँदो ...

चतरा/  समयसँगै बग्ने कोशी नदीजस्तै कोशी किनारका बस ...

ट्रान्सफर्मर मर्मतका ...

सोलुखुम्बु/ सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका&nd ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved