समाचार

    Showing 7,361-7,370 of 8,666 items.
  • इलाका प्रहरी कार्यलय धरानका ४ जना प्रहरी सहित धरानमा शुक्रबार २२ जनामा कोरोना पुष्टि

    धरान धरानमा शुक्रबार विहान थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै धरानमा धरानमा संक्रमतिको संख्या ३ सय ११ पुगेको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुखका अनुसार आज थप २२ जनामा संक्रमण पुष्टि भएको हो । उनका अनुसार इलका प्रहरी कार्यलयका ५ जना थुनुवा २९ ,३४,२४ वर्षीय लागु औषध मुद्धामा पक्राउ परेका तिन जना पुरुष त्यसै गरि जबरजस्ति करणीको मुद्धामा पक्राउ परेका ४६ र ३३ वर्षीय दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै इलका प्रहरी कार्यलय धरानमा कार्यरत ३२,२५,२३,र २० वर्षीय ४ जना प्रहरी जवानमा पनि संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरु कुन दर्जाका हुन भन्ने नखुलेको

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • 1,233 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भालढुङ्गा सामुदायिक वनमा सखुवाको रुख कटान प्रकरणमा ४ जना पक्राउ

    धरानः  भालढुङ्गा सामुदायिक वनमा सखुवाको रुख कटान प्रकरणमा ४ जना पक्रउ परेका छन् । रुख प्रकरणमा किटानि जाहेरी परेका ६ जना मध्ये ४ जनालाई वन कार्यलले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुख काट्न गएका श्रमिहरु रहेको सव–डिभिजन कार्यालय धरानका प्रमुख राजेन्द्र प्रसाद यादवले जानकारी दिएका छन । वन समुहका अध्यक्ष वुद्धि तामाङले गत भदौं १८ गते नगर प्रमुख तिलक राई, वन समुहका कोषाध्यक्ष भीम बस्नेत , रुख काट्ने श्रमिकहरु शेरबहादुर तामाङ, गजेन्द्र लिम्बू, राम बहादुर तामाङ र राम प्रसाद तामाङको नाममा जाहेरी दिएक थिए । तर, वन कार्यालयले भने काट्न जाने ४ जना श्रमिकलाई मात्र पक्राउ गरेको छ ।

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • 883 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनाबाट थप २४ घण्टामा १२ सय ४६ जनामा कोरोना भाइरस संक्रमण ,१ हजार ८ सय १८ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ भदौ २१ आइतबार १६:२३:३८ प्रकाशित  /  आज थप १२ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ५० हजार ४६५ जना  पुगेको छ । नेपालमा मृतकको संख्या  ३१२ जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय १८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ३५ हजार ७०० जना रहेका छन् ।     

    • प्रकाशित मितिः भदौ २५, २०७७
    • 595 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा २ बजे सम्म बजार खोल्न अनुमति दिए सगै धरान बजारमा चहलपहल सुरु (फोटो फिचर)

    धरान भदौं २५ : सुनसरी जिल्ल प्रशासनले जारी गरेको निषेधाज्ञालाई केही खुकुलो बनाएर भदौं २३ गते देखि दिउसो २ बजे सम्म बजार खोल्न अनुमति दिए सगै धरान बजारमा चहलपल सुरु भएको छ । नोभेल कोरोना भाइरसको (कोभिड १९)को संक्रमण रोक्न सरकारले विगत ६ महिना देखि बन्द भएका बजारहरु सञ्चालनमा आएका छन् । बजार सञ्चालनमा आए सगै व्यपारीहरुले विगत ६ महिना देखि ठप्प रहेको व्यापार जुरमुराउन थाले पछि यस्ले केही हद सम्म राहात मिलेको बताएका छन् । प्रशासनले अझै पनि केही व्यवसायहरुमा रोक लागाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द«मणि पोखरेलका अनुसार ब्युटि पार्लर , स्पा जिमहल , सिनेमा हल , हाट बाजरलाई अर्काे

    • प्रकाशित मितिः भदौ २५, २०७७
    • 1,161 पटक पढिएको
    • "सन्जोग बाबु दाहाल"
  • स्वास्थ्य संयोजक संक्रमित भएपछि शिवसताक्षी नगरपालिका सिल

    विराटनगर । झापाको शिवसताक्षी नगरपालिकाको कार्यालय विहीबारबाट एक साताको लागि सिल गरएको छ । नगरपालिकाका स्वास्थ्य संयोजकलाई नै कोरोना संक्रमण भएपछि गाउँपालिका कार्यालय एक साताको लागि सिल गर्ने निर्णय भएको हो । शिवसताक्षीका स्वास्थ्य संयोजकसहित वडा नम्ब ६ का दुई जना महिलामा समेत हिजो संक्रमण पुष्टि भएको थियो । नगरपालिकाको बैठकले संक्रमण जोखिमलाई मधयनगर गरी कार्यालय बन्द गर्ने निर्णय भएको बताइएको छ । तर वडा कार्यालयमार्फत हुने सेवा भने सूचारु हुने मेयर चन्द्रकुमार शेर्माले जानकारी दिएका छन । उनले भने,“स्वास्थ्यका प्रमुखलाई नै कोरोना भएपछि कार्यालयका अन्य कर्मचारीलाई पनि हुन सक्ने जोखिम छ ।

    • प्रकाशित मितिः भदौ २५, २०७७
    • 1,302 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा ७ थान बन्दुक भेटियो

    इलाम / इलामको सन्दकपुर गाउँपालिका वडा नं। २ माइमझुवाबाट सात थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।प्रहरीले सूचनाको आधारमा जंगलको ओढारको एक स्थानबाट ४ थान र अर्को स्थानबाट तीन थान गरी सात थान बन्दुक बरामद गरेको प्रहरीको भनाई छ । ओढारबाट बरामद गरिएको र सो बन्दुकहरु कसको हो भनेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताए ।

    • प्रकाशित मितिः भदौ २५, २०७७
    • 978 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • विद्युत प्राधिकरणको सिइओमा पुनः कुलमान घिसिङ दोहोरिने सम्भावना बलियो

    सुनसरी । हाल सम्म सरकारले नेपाल विद्युत प्राधिकरणको सिइओ नियुक्तिमा नयाँको लागि खुल्ला प्रतिष्पर्धाबाट उम्मेदवार आव्हान नगरेकाले पुनः कुलमान घिसिङनै दोहोरिने सम्भावना बलियो रहेको छ । प्राधिकरणमा नयाँ व्यक्ति ल्याउन खुल्ला प्रतिष्पर्धाबाट ल्याउनुपर्ने विनियमावलीको व्यवस्था छ । तर आज सम्म पनि नयाँका लागि कुनै आव्हान नभएकाले उनीनै पुनः सिइओ बन्ने सम्भावना रहेको छ । घिसिङलाई सिइओ नियुक्तिका लागि उर्जा मन्त्रालयले आज (विहिबार) बस्ने मन्त्रिपरिषदमा प्रस्ताव लाने भएको छ । ऊर्जा मन्त्री वर्षमान पुनले सार्वजनिक रुपमा पनि घिसिङलाई पुनः नियुक्ति गर्ने बताउँदै आएका छन् तर प्रधानमन्त्री केपी शर्मा ओली भन

    • प्रकाशित मितिः भदौ २५, २०७७
    • 867 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उर्लाबारीमा १२ बर्षिय दलित बालिकालाई जातिय विभेद गर्दै कुटपिट गर्ने विरुद्ध प्रहरीले लियो उजुरी

     धरान । दलित बालिका घर भित्र पसेको भन्दै बालिकालाइ कुटपिट गर्ने परिवार विरुद्धको जाहेरि प्रहरीले दर्ता गरेको छ । मोरङको उर्लाबारी ४ स्थित थापाडागी एक गैरदलित परिवारले दलित समुदायकी १२ बर्षिय फुलसरी मङ्रातीलाई घर पसेको निहुमा कुटपिट गरेका थिए । दलित भएको कारण गालीगलौज गरेर कुटपिट गरेको विरुद्धमा बालिकाकी संरक्षक दुर्गाकुमारी रोक्काले दिएको जाहेरी प्रहरीले दर्ता गरेको हो । यसअघि प्रहरीले जाहेरी लिए पनि दर्ता गर्न आनाकानी गरेको थियो । दुर्गाकुमारीले इलाका प्रहरी कार्यालय उर्लाबारीमा जातीय विभेद तथा छुवाछुत कसुर गरेको अभियोगमा जाहेरी दर्ता गराएकी थिइन । प्रहरीले जाहेरी लिएपछि दुर्गाकुमारीले

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 1,203 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शंकास्पद मृत्यु भएकी धरान ११ की महिलाका श्रीमान पक्षका ४ जना पक्राउ

    धरान । गत सोमबार आफ्नै घरमा झुण्डिएको अवश्थामा भेटिएकी एक युवतीको मृत्यु शंकास्पद रहेको भन्दै माइती पक्षले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिए पछि ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । तीन महिना अघि मात्रै विवाह गरेकी तेह्रथुमकी सोनिहाङ्मा लिम्बु आफ्नै कोठामा झुण्डिएको अवश्थामा सोमबार बिहान फेला परेकि थिईन् । उनको पाखुरामा केही निसान देखिए पछि मृतकका परिवारले शंकास्पद रहेको भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले मृतकका श्रीमानका आफन्तलाई पक्राउ गरेको हो । मृतक लिम्बुले धरान ११ स्थित सिसौ पथमा बस्ने सिंगापुर सेनामा कार्यरत आइत माबो सँग ३ महिना अघि विवाह गरेकी

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 4,168 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा १ सय ५५ संक्रमित थपिए

    विराटनगर, २४ भदौ । प्रदेश १ मा आज १ सय ५५ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८०, सुनसरीमा ६०, भोजपुरमा ५, धनकुटामा ४, झापामा ३, ताप्लेजुङ, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज विराटनगरमा ७० जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ३० महिला र ४० पुरुष छन् । मोरङको लेटाङमा १ महिला ३ पुरुष, पथरीशनिश्चरेमा ३ पुरुष, उर्लाबारी र सुन्दरहरैचामा १–१ पुरुष, ग्रामथानमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उता सुनसरीको धरानमा १३ महिला ९ पुरुष, इटहरीमा ९ पुरुष १३ महिला, इनरुवामा ४ महिला १२ पुरुष,

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 768 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved