आजबाट विराटनगरमा सबै पसल खुला

  • असार ८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा निषेधाज्ञाका प्रावधान केही खुकुलो गरी आजबाट मध्यान्न १२ बजेसम्म बजार खोल्न दिएको छ ।
मंगलबार बिहानबाट असार १४ गतेसम्मका लागि थपिएको निषेधाज्ञाको अवधिमा सबै पसल खुला गर्न दिने निर्णय भएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निषेधाज्ञा थप भएको र आजबाट दिउँसो १२ बजेसम्म सबै पसल खुला गर्न दिने निर्णय भएको बताएका छन् । विराटनगरमा बिहानैदेखि सबै प्रकारका पसल खुला रहेका छन् । दैनिक कोरोना संक्रमितको संख्या पचास हाराहारी र कहिले त्यो भन्दा कम आउन थालेको छ । तर, महानगरपालिका भित्र सक्रिय संक्रमितको संख्या भने ९ हजार भन्दा धेरै छ ।

प्रशासनले यसअघि अतिआवश्यक पसल र पुस्तक पसल बिहान ११ बजेसम्मका खुल्न दिएको थियो । प्रशासनले स्वास्थ्य सावधानी अपनाउन र हेलच्क्र्याईं नगर्न सूचित गरेको छ ।

एमालेको आर्थिक सुधार ...

धनकुटा/ कोशी प्रदेशका सबै जिल्लामा नेकपा एमालेले अ ...

वराहक्षेत्र उप-मेयर ...

सुनसरी/ वराहक्षेत्र नगरपालिका वडा नं ३ स्थित बिचपा ...

कोशी प्रदेश स्तरीय ब ...

धरान/ धरान बास्केटबल संघको आयोजना तथा कोशी प्रदेश ...

धरानमा 'खाम्बेक फूङ' ...

धरान/ गायिका शान्ति नाल्बोको शब्द तथा स्वर रहेको लिम्बु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved