चारै पदाधिकारी सहित मात्रै वार्ता अघि बढ्ने, कुलपति वा सहकुलपतिलाई पनि वार्तामा सहभागी गराउन माग

  • असार ७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । एक साता देखि आन्दोलनमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सामुहिक राजीनामा दिने चेतावनी दिए पछि प्रतिष्ठानको तर्फबाट वार्ताको पहल शुरु भएको छ ।

चिकित्सक सहित विद्यार्थीहरुले आन्दोलनलाई थप कडा पार्ने निर्णय गर्दै सामुहिक राजीनाको चेतावनी दिए पछि प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरु प्रसाद खनालको संयोजकत्वमा रजिष्टार र निर्देशक सदस्य रहने गरिको वार्ता टोलि गठन गरेको थियो ।
टोलिले आजै संघर्ष समितीलाई वार्ताको लागि आव्हान गरेको थियो ।

उपकुलपति सहित वार्तामा मात्रै बस्ने बताउँदै आएको संयुक्त संघर्ष समितीले वार्ताको पहल सकारात्मक रहेको जनाएको छ । संघर्ष समितीका सदस्य डा. विष्णु पोखरेलले कुनै पनि कुराको निकाश वार्ताबाटै हुने भएकाले पहल कदमीलाई सकारात्मक रुपमा लिएर प्रतिष्ठानले आव्हान गरेको वार्तामा सहभागि भएको बताए ।

तर उपकुलपति बाहेकको वार्ता फलदायी नहुने भएकाले कुनै पनि विषयमा छलफल नभएको उनको भनाई छ । संघर्ष समितीले चारै जना पदाधिकारीहरु सहभागि भएको वार्तामा मात्रै छलफल अघि बढाइने उनले बताए ।

वार्ता टोलिमा संघर्ष समितीका संयोजक डा. एसपी रिमाल सहित समितीका सदस्यहरु, फ्याकल्टी प्रमुखहरु पनि उपस्थिती रहेको थियो भने प्रतिष्ठानको तर्फबाट वार्ता टोलिका संयोजक प्रा.डा. खनाल, रजिष्टार प्रा.डा. मोहन चन्द्र रेग्मी, निर्देशक प्रा.डा. गौरी शंकर शाह रहेका थिए ।

वार्ता सकिए पछि संघर्ष समितीले आन्दोलन ७ दिन पुगिसक्दा क्रमभङ्ग गर्दै छलफल आवश्यक ठानिनुलाई सकारात्मक रुपमा लिएर स्वागत गरिएको निश्कर्ष निकालेको छ । वार्तामा सहभागि प्रतिष्ठानको टोलिलाई वाताको माहौल तयार गरि तार्किक निश्कर्षमा पुर्याउने वातावरण सिर्जना गर्न सम्बन्धित पक्षलाई आव्हान पनि गरेको छ ।

निश्कर्ष सार्वजनिक गर्दै समितीले व्यक्तिगत रिसिबी साँध्ने गरि नियतवश र दुख दिनकै लागि स्पष्टिकरण काटिएको प्रमाणित भइसकेकोले सो स्पष्टिकरणलाई तत्काल फिर्ता गर्ने र आउँदा दिनमा यस्ता कार्य नगरिने भनि लिखित जानकारी गराउनुपर्ने जनाएको छ ।

त्यसै गरि उपकुलपति लगायत सम्पुर्ण पदाधिकारहरुको एवंम कास सदस्यहरुको प्राज्ञिक विवरण तथा शोधहरु प्रतिष्ठानको वेभसाइटमा तुरुन्त राखिनुपर्ने, वार्तामा उपकुलपति लगायत सबै पदाधिकारी, कास सदस्यको उपस्थिती रहने गरि सम्भव भए प्रत्यक्ष वा जुम वा कुनै भिडियो मिटिङ मार्फत कुलपति वा सहकुलपतिलाई समेत सामेल गराउने व्यवस्था गर्न समेत बताएका छन् ।

समितीले उठाएको हरेक मागहरुको बारेमा स्पष्ट खाका तयार गरेर मात्रै वार्तामा बस्न पनि अपिल गरेको छ । व्यक्तिगत रुपमा लिएर यो वा त्यो बहानामा भड्काउने र फुटाउ अनि राजनिति गर भनेर सोच पनि समिती नडराउने चेतावनी समेत दिएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved