समाचार

    Showing 7,331-7,340 of 10,042 items.
  • भण्टाबारीमा हायससँग मोटरसाइकल र भेन जुध्दा तीन जनाको मृत्यु

    विराटनगर । सुनसरीको कोशी गाउँपालीका ८ स्थित भण्टाबारीमा आईतबार भएको दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३ ख ७२४४ नम्बरको हायस अर्कोतिरबाट आउँदै गरेको बा ३ ख ९३६८ नम्बरको पिकअप भ्यान र स १ छ ४६६१ नम्बरको मोटरसाइकलमा एक आपसमा जुधेका थिए । घटनामा मोटसाइकल चालक सप्तरी डाक्नेश्वरी नगरपालिका– ५ का २८ वर्षीय उदय साह, मोटसाइकलमा सवार विराटनगरका ४० वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर– ७ का ३८ वर्षीय अक्षयकुमार गुप्ताको मृत्यु भएको बताइएको छ । उनका अनुसार हायस चालक नुवाकोट विदुर नगरपालिका– १३ का ३५

    • प्रकाशित मितिः असार १३, २०७८
    • 1,023 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीका उमेशको कानेपाखरी जङ्गलमा शङ्कास्पद मृत्यु

    धरानः मोरङको कानपोखरीको जङ्गलमा इटहरीका उमेशको शव शङ्कास्पद अवस्थामा  फेला परेको छ । शुक्रबारदेखी नै बेपत्ता रहेका इटहरी १० का उमेश मिश्रको शव कानेपोखरी लेटाङ सडकखण्डको जङ्गलमा शङ्कास्पद अवस्थामा फेला परेको हो । जङगलमा घाँस दाउरा खोज्न जाने क्रममा स्थानीय महिलाहरुले रुखमा पासो लगाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेको थिए । घटनाको जानकारी पाए लगत्तै प्रहरी घटना स्थलमा पुगि मृतको शव पोस्टमार्टका लागि धरान स्थित वीपी कोइरला स्वास्थ्य विज्ञान पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका निमित्त प्रमुख प्रहरी नायबउपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिएका छन् । प्रहरीले मृतकको हात र ख

    • प्रकाशित मितिः असार १३, २०७८
    • 1,723 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पानीमा डुबी बालकको मृत्यु

    झापा। झापा गौरादह नगरपालिका ४ मैदानघुपा का गोपाल भट्टराईको छोरा २ बर्षीय संयोग भट्टराई पैनीमा डुबी मृत्यु भएको छ । शनिवार बेलुका साढे ६ बजे घर अगाडी पैनीमा खेल्ने क्रममा अचानक ढुबी घाइते भई उपचारको लागी गौरादह स्थित ममता मेडिकलमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको हो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः असार १३, २०७८
    • 804 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आफ्नै बुबाको हत्या गर्नै छोरा पक्राउ

    खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका २८ बर्षीय सुबर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन् । आइतबार बिहान पौने ५ बजे उनले आफ्नै बुबा ७२ बर्षीय चन्द्र बहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको हुन् । घटनाको सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटि गई सुबर्णलाई सोही वडाको अल्छेढुंगाबाट पक्राउ गरेको छ । घटना सम्बन्धना थप अनुसन्धान भईरहेको छ प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार १३, २०७८
    • 670 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश सरकारबाट सोलुखुम्बुलाई ३५ करोड

    सोलुखुम्बुः प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि सोलुखुम्बुलाई ३५ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ । आगामी वर्षमा खर्च गर्नेगरी जिल्लाका आठवटा स्थानीय तहका लागी प्रदेश सरकारबाट ३५ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन भएको हो । अघिल्लो बिहीबार प्रदेश १ को प्रदेशसभा बैठकबाट उक्त बजेट सर्वसम्मत रुपमा पारित भएको छ । जस अनुसार प्रदेश सभा (क) अन्तरगत पर्ने स्थानीय तहका लागि २३ करोड १८ लाख र प्रदेश सभा (ख) अन्तरगत पर्ने स्थानीय तहका लागि १२ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन भएको प्रदेशसभा सदस्य उत्तम कुमार बस्नेतले जानकारी दिए । प्राप्त जानकारी अनुसार सोलु दूधकुण्ड नगरपालिकालाई पाँच करो

    • प्रकाशित मितिः असार १२, २०७८
    • 707 पटक पढिएको
    • "रासस"
  • तिन थान भरुवा बन्दुक सहित तिन जना पक्राउ

    तेह्रथुम । तेह्रथुम लालिगुरास नगरपालिका १ भुल्केबाट तिन थान भरुवा बन्दुक सहित तिन जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय मनोज गुरुङ, ३४ बर्षीय प्रेम गुरुङ र ३६ बर्षीय राम बहादुर गुरुङ रहेका छन् । शुक्रबार दिउसो सँवा १ बजे प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई बन्दुक बोकेर हिडिरहेको अबस्थामा फेला पारेको थियो । प्रहरीलाई देख्न साथ भाग्न खोजेका उनिहरुलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः असार १२, २०७८
    • 1,079 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चिकित्सकको अभावमा रामधुनीको कोभिड अस्पताल सञ्चालनमा आउन सकेन

    धरान/ चिकित्सकको अभावमा सुनसरीको रामधुनीको कोभिड अस्पताल सञ्चालनमाआउन सकेको छैन । सुनसरीको रामधुनीनगरपालिकाले निर्माण गरेको कोभिड अस्पताल अहिलेसम्म सञ्चालनमाआउन सकेको छैन । नगरपालिकालेपहिलो चरणको कोरोना फैलिएकै समयमानिर्माण सुरु गरेको अस्थायी कोभिड अस्पताल चिकित्सकनभएकै कारण अझै सञ्चालनमाआउननसकेको हो । प्रदेश सरकारको १० लाख रुपैयाँको लागतमा एक एम.बी.बी.एस डाक्टरको सुविधासहितको सेवा सञ्चालनगर्ने भन्दै निर्माण गरिएको १० बेडको अस्थायी कोभिड अस्पताल सञ्चालनमाआउननसकेको हो् । केही समयअगाडि धुमधामकासाथ उदघाटन गरिएको सो अस्थायी अस्पतालमा अन्यकर्मचारी भएपनि डाक्टर नआएकाले अस्पताल सञ्चालनहुननसकेकोे नगर

    • प्रकाशित मितिः असार ११, २०७८
    • 869 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • इटहरीको बजेट २ अरब १७ करोड, कार्यकाल सकिनै लाग्दा मेयरले भने इटहरीलाइ नमुना शहर बनायौ (पूर्णपाठ सहित)

    इटहरी / आगामि आर्थिक वर्ष ०७८।७९का लागि इटहरी उपमहानगरले २ अर्ब १७ करोड ४५ लाखको बजेट प्रस्तुत गरेको छ । अघिल्लो वर्ष सम्पन्न नभएका बिकासका आयोजनाहरूलाइ प्राथमिकतामा राख्दै इटहरी उपमहानगरकी उप प्रमुख लक्ष्मी गौतमले सो बजेट प्रस्तुत गरेकी हुन । अहिले समुदाय स्तरमा फैलिएको नयाँ भेरियन्टको कोरोना नियन्त्रणलाइ मुख्य प्राथमिकतामा राख्दै उप प्रमुखले बजेट प्रस्तुत गरेकी हुन । उपमहानगरको नवांै नगरसभा मार्फत जारी गरिएको बजेटको आकार गत वर्ष भन्दा फराकिलो देखिएको छ । उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले नवौ नगरसभाको सुभारम्भ सभालाइ समबोधन गर्दै जारि गरिएको बजेट स्थानीय तह अन्तरगत आफ्नो कार्यकालको अन्तिम

    • प्रकाशित मितिः असार ११, २०७८
    • 1,366 पटक पढिएको
    • "तेजबहादुर बन"
  • दमकमा निर्माणाधीन नेपालकै अग्लो ‘भ्यूटावर’को निर्माण कार्य ४०% सम्पन्न

    झापा । दमकमा निर्माणाधीन नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर) को ४० प्रतिशत निर्माण सम्पन्न भएको छ । १०० मिटर अग्लो र १८ तलाको सो भ्यूटावरको बेसमेन्ट र तेस्रो तलासम्मको निर्माण पूरा गरी चौथो तलाको ढलान भइरहेको सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरका इञ्जीनियर भूपेन्द्रकुमार यादवले बताए । चिनियाँ कम्पनी जेडसिजीआइइसी र ललितपुरको आशिष ओम साइराम निर्माण कम्पनीले रु एक अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ मा भ्यूटावर निर्माणको ठेक्का लिएका हुन् । कोरोना महामारीको अवस्थामा समेत स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर तीव्र गतिमा निर्माण कार्य भइरहेको हुँदा भ्यूटावरको प्रगति सन्तोषजनक रहेको इञ्जीनि

    • प्रकाशित मितिः असार ११, २०७८
    • 1,212 पटक पढिएको
    • " रासस"
  • सूर्योदय नगरपालिकाको बजेट एक अर्ब २९ करोड

    इलाम/ सूर्योदय नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ को लागि १ अर्ब २९ करोड रुपैया भन्दा बढिको बजेट ल्याएको छ । नगरसभाबाट सूर्योदयले १ अर्ब २९ करोड ९१ लाख ३३ हजार ८ सय रुपैयाको बजेट ल्याएको हो । नगरको कुल बजेट मध्ये चालु तर्फ ६५ करोड २७ लाख ८ सय र पुँजीगत तर्फ ६४ करोड ६४ लाख ३३ हजार रहेको छ । क्षेत्रगत रुपमा सूर्योदयले आर्थिक विकासमा १७ करोड २८ लाख ६० हजार बजेट ल्याएको छ । जसमा कृषि तर्फ ८ करोड ७ लाख ८ हजार, उद्योग ५४ लाख, पर्यटन १ करोड ९६ लाख, सहकारी १ करोड ५ लाख, वित्तिय क्षेत्र ९ लाख २५ हजार रहेको छ । जलश्रोत तथा सिचाई तर्फ ४ करोड ३० लाख ६२ हजार, वन १६ लाख, पशुपंक्षी विकास १ करोड ५

    • प्रकाशित मितिः असार ११, २०७८
    • 1,195 पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved