धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।मोरङको धनपालथान ६ का ४० बर्षीय पुरुषको आइतबार राती मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रवक्ता डा . निदेश सापकोटाका अनुसार राती ८ः४५ मा संक्रमित व्यक्तिको निधन भएको हो । भदौ २६ गते वीपीकै ल्याबबाट संक्रमण पुष्टि भएपछि उनलाई राती साढे १० बजे कोडिभ अस्पतालमा सारिएको थियो । उनी प्रतिष्ठानको अर्थो अब्जरवेसन वार्डमा उपचारको क्रममा रहदा कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकलाई कुनै पनि दीर्घ रोग नभएको प्रतिष्ठानले जनाएको छ ।मृतकको शव व्यवस्थापन नियमअनुसार भइरहेको प्रवक्ता डा.साप
राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी ठूलो सङ्ख्यामा केन्द्रीय स्तरका नेता जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गर्न लागेको जसपाका वरिष्ठ नेता अशोक राईले बताएका छन् । जसपामा समायोजन हुने चरणमा हार्दिक वार्ता भइरहेको वरिष्ठ नेता राईले बताए । ‘राप्रपाका केही केन्द्रीय स्तरका नेताहरुसँग हार्दिक वार्ता भइरहेको छ, यो समायोजनले पार्टीले झनै ठूलो आकार लिने छ, गाउँ नगरस्तरमा समेत पार्टी ठूलो हुनेछ ।’ संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण भएपछि पहिलो पटक आइतबार वराहक्षेत्र चतरा आएका नेता राईले भने । कार्यकर्तासँग अन्तक्र्रियामा सहभागी वरिष्ठ नेता राईले पार्टीले परिमाणात्मक
धरान । खेल सँगै शिक्षालाई समेत अघि बढाउन पाँचौ बास्केटबल ट्यालेण्ट हण्टका उत्कृष्ट सात जना विद्यार्थीहरुलाई एम्स एकेडेमीले छात्रवृती प्रदान गरेको छ । आइतवार विद्यालय र धरान बास्केटबल संघ विच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । पत्रमा एकेडेमीले विद्यार्थीलाई ६० प्रतिशत छात्रवृती दिइने उल्लेख छ । संघको सिफारिसमा ट्यालेन्ट हण्टका खेलाडी विद्यार्थी विनम राई, सञ्जय रानामगर, शिव गजमेर, इन्दु भण्डारी, सुविन राई, निकेश राई र निशान तामाङलाई छात्रवृती प्रदान गरीएको हो । सम्झौता अनुसार छात्रवृतीका लागी खेलाडिहरुले पालना गर्नुपर्ने सर्त पत्र कबुलियतनामामा छात्रवृती पाउने विद्यार्थी र अभिभावकले हस्ताक्षर गर
इलाम / इलामको माई नगरपालिका २ सेली डाँडाका एक बालीकाको पोखरीमा डुबेर मृत्यू भएको छ । सोहि ठाउँका बिनोद राईको १३ महिनाकी छोरी सबनम राईको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरीकार्यलय इलामले जनाएको छ । दिउसो १२ बजेको समयमा घर छेउमै रहेको पोखरी छेउमा खेल्ने क्रममा अचानक चिलिएर पोखरीमा डुब्दा घाईते भएकी नावालिकालाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरि उपरिक्षक सूचना अधिकारी लालध्वज सूवेदिले जानकारि दिएका छन ।
इलाम / सूर्योदय नगरपालिका ८ कि पम्फा खालिङ जग्गा नामसारिको लागि आएकि थिइन । कोरोना संक्रमणको कारण भएको लकडाउनले सार्वजनिक यातायात नचल्दा गाडि रिजर्भ गरेर आउनुपर्ने मालपोत आएकि उनि नेट नचलेको कारण मालपोतमा काम हुन सकेन । कम नभएपछि उनि घर जानु कि बस्नु दोधारमा थिईन । जाउँ भने इन्टारनेट चलिसक्दा काम हुने बसौ भने इन्टारनेट चल्ने कि नचल्ने कुनै छाँटै थिएन । इलाम नगरपालिका ७ का याम चाँपागाई पनि जग्गा रोक्का र फूकुवाका लागि मालपोतमा पर्खेर बसेका थिए । १० बजे नै कार्यलय पुगेका चापागाँईको रोक्का त भयो तर फूकुवा भने हुन सकेन । जसको कारण हो नेट नचलेर । उनीपनि नेट आछकि भन्ने आशमा पर्खेर बसिरहेका थिए
धरान । मासु व्यवसायीहरुले आफु खुशी मासुको मुल्य तोक्न थाले पछि धरान उपमहानगरपालिकाले केही दिन अघि जारी गरेको नयाँ मुल्य कार्यान्यवनका लागि आइतबार मासु पसलहरु अनुगमन गरेको छ । आइतबार (आज) देखि लागु हुने गरि गत शुक्रबार धरान उपमहानगरपालिकाले मुल्य समायोजन गर्दै नयाँ मुल्य सार्वजनिक गरेको थियो । मुल्य समायोजन कार्यान्यवनको विषयमा गरिएको अनुगमनका क्रममा अधिकांश मासु पसलहरुले नयाँ मुल्य कार्यान्यवन गरेको भेटिएको अनुगमन अधिकृत वेद प्रसाद सापकोटाले बताए । सापकोटाका अनुसार धरान १७ रेल्वे, धरान १३, धरान १२ चतरालाइन लगायत विभिन्न ठाउँमा अनुगमन गरिएको थियो । केही पसलहरुमा समायोजन भन्दा बढी मुल्य पाइएको
धरान । कोरोनाको महामारीले अस्तव्यस्त बनाएको देशको अवश्थालाई पुरानै अवश्थामा फर्काउन कृषि पेशानै उत्तम विकल्प रहेको प्रदेश नम्बर १ की सामाजिक विकाश राज्यमन्त्री जसमाया गजमेरले बताएकी छिन् । विगत ७ महिना देखिको कोरोनाको महामारीले प्रभावित बनेका अन्य पेशाहरु उठ्नै नसक्ने गरि थलिएको बेला कृषिले देशकै अर्थतन्त्र उठाउनमा टेवा पुग्ने उनले बताईन् । सरकारले कृषि क्षेत्रमा युवाहरुलाई आकर्षण गर्न लागु गरेको सहुलियत दरका ऋण तथा अनुदानलाई सही सदुपयोग गर्दै वैदेशिक रोजगारीलाई निरुत्साहित गर्नु पर्ने सामाजिक विकाश राज्यमन्त्री गजमेरले जोड दिइन् । उनले शनिबार मोरङको बेलवारी ६ मा संचालन रहेको बोराबाद बंगर फार्
विराटनगर, २८ भदौ । प्रदेश १ मा आज ४६ संक्रमित थपिएका छन् । मोरङमा ४१, खोटाङ, उदयपुर र झापा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ३८ जनामा संक्रमण देखिएको छ । १८ महिला र २० जनाको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको धनपालथानमा २ पुरुष, कटहरीमा १ पुरुष, खोटाङको साकेला गाउँपालिकामा १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष, झापाको शिवसताक्षीमा १ महिला र प्रदेश १ बाहिरका १ महिला र १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ७४२ पुगेको छ । प्रदेश १ मा आज ७ जना
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रमणि पोखरेलहित दुई जना वडाअध्यक्षमा कोरोना संक्रमण देखिएको छ । पोखरेलको स्वाब परीक्षण रिर्पोट आइतबार पोजेटिभ आएको हो । महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले पोखरेललाई संक्रमण पुष्टि भएसंगै उनी होम आइसोलेसनमा बसेको जानकारी दिएका छन । विराटनगर महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कुमार पोखरेल र ५ का वडाध्यक्ष मीनकुमार आचार्यलाई पनि कोरोना देखिएको छ । प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना पुष्टि भएसंगै महानगरले अति आवश्यकबाहेकका सेवा पाँच दिन बन्द गर्ने निर्णय गरेको छ । विराटनगरमा कोरोनाबाट १७ जनाको मृत्यु भएको छ । अहिलेस
धनकुटा, २८ भदौ / डेढ वर्षदेखि विरामी भएर ओछ्यान परेका धनकुटाको चौबिसे गाउँपालिका–३ का ४० वर्षीय बोधराज ढुंगानालाई उपचारको लागि आर्थिक सहयोग प्राप्त भएको छ । मेरुदण्डमा पलाएको ट्युमर र नसा च्यापिने समस्याको अप्रशेसन गराउँदा पनि सुधार नभई ओछ्यानमा परेका ढुंगानालाई स्वदेश तथा विदेशमा कार्यरत नेपालीहरुले सहयोग गरेका छन् । लामो समयदेखि विरामी भएर ओछ्यान परेका ढुंगानाको उपचारमा समस्या भएको समाचार विभिन्न सञ्चारमाध्यमहरुमा प्रशारण तथा प्रशासन भएपछि उक्त रकम जुटेको हो । हाल धनकुटा नगरपालिका–७ त्रिवेणीचोकमा डेरा गरी बस्दै आएका ढुंगानाको उपचारको लागि धनकुटाको साँगुरीगढी गाउँपालिका–५