प्रदेश सरकारबाट सोलुखुम्बुलाई ३५ करोड

  • असार १२, २०७८
  • "रासस"
alt

सोलुखुम्बुः प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि सोलुखुम्बुलाई ३५ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ ।

आगामी वर्षमा खर्च गर्नेगरी जिल्लाका आठवटा स्थानीय तहका लागी प्रदेश सरकारबाट ३५ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन भएको हो । अघिल्लो बिहीबार प्रदेश १ को प्रदेशसभा बैठकबाट उक्त बजेट सर्वसम्मत रुपमा पारित भएको छ । जस अनुसार प्रदेश सभा (क) अन्तरगत पर्ने स्थानीय तहका लागि २३ करोड १८ लाख र प्रदेश सभा (ख) अन्तरगत पर्ने स्थानीय तहका लागि १२ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन भएको प्रदेशसभा सदस्य उत्तम कुमार बस्नेतले जानकारी दिए । प्राप्त जानकारी अनुसार सोलु दूधकुण्ड नगरपालिकालाई पाँच करोड ८१ लाख, माप्य दूधकोसी गाउँपालिकालाई दुई करोड १७ लाख, खुम्बु–पासाङ–ल्हामु गाउँपालिकालाई दुई करोड सात लाख र लिखुपिके गाउँपालिकालाई दुई करोड २२ लाख विनियोजन भएको छ ।

यस्तै थुलुङ दुधकोशी गाउँपालिकालाई नौ करोड ६८ लाख, नेचासल्यान गाउँपालिकालाई छ करोड ६२ लाख, सोताङ गाउँपालिकालाई दुई करोड ६ लाख र महाकुलुङ गाउँपालिकालाई चार करोड ८२ लाख बजेट विनियोजन भएको नेकपा एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक तथा प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले जानकारी दिए । जिल्लाको दुईवटा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य राजभण्डारी र बस्नेतले यहाँको आवश्यकतालाई केन्द्रमा राखेर बजेटका लागि पहल गरेको बताए । 

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved