धरानः मोरङको कानपोखरीको जङ्गलमा इटहरीका उमेशको शव शङ्कास्पद अवस्थामा फेला परेको छ ।
शुक्रबारदेखी नै बेपत्ता रहेका इटहरी १० का उमेश मिश्रको शव कानेपोखरी लेटाङ सडकखण्डको जङ्गलमा शङ्कास्पद अवस्थामा फेला परेको हो ।
जङगलमा घाँस दाउरा खोज्न जाने क्रममा स्थानीय महिलाहरुले रुखमा पासो लगाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेको थिए ।
घटनाको जानकारी पाए लगत्तै प्रहरी घटना स्थलमा पुगि मृतको शव पोस्टमार्टका लागि धरान स्थित वीपी कोइरला स्वास्थ्य विज्ञान पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका निमित्त प्रमुख प्रहरी नायबउपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिएका छन् ।
प्रहरीले मृतकको हात र खुट्टामा बाँधिएको जस्तो दाग, शव भेटिएको स्थानमा मोटरसाइकलको डोब र घटनास्थल मडारिएको साथै रगतको टाटाहरु समेत भेटिएको कारण घटना शङ्कास्पद रहेको बताएको छ ।
मृतकले प्रयोग गरेको मोटरसाइकल भने शव भेटिएको स्थानदेखि केही पर फेला परेको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।