सूर्योदय नगरपालिकाको बजेट एक अर्ब २९ करोड

  • असार ११, २०७८
  • "भगीरथ भण्डारी"
alt

इलाम/ सूर्योदय नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ को लागि १ अर्ब २९ करोड रुपैया भन्दा बढिको बजेट ल्याएको छ । नगरसभाबाट सूर्योदयले १ अर्ब २९ करोड ९१ लाख ३३ हजार ८ सय रुपैयाको बजेट ल्याएको हो । नगरको कुल बजेट मध्ये चालु तर्फ ६५ करोड २७ लाख ८ सय र पुँजीगत तर्फ ६४ करोड ६४ लाख ३३ हजार रहेको छ ।

क्षेत्रगत रुपमा सूर्योदयले आर्थिक विकासमा १७ करोड २८ लाख ६० हजार बजेट ल्याएको छ । जसमा कृषि तर्फ ८ करोड ७ लाख ८ हजार, उद्योग ५४ लाख, पर्यटन १ करोड ९६ लाख, सहकारी १ करोड ५ लाख, वित्तिय क्षेत्र ९ लाख २५ हजार रहेको छ । जलश्रोत तथा सिचाई तर्फ ४ करोड ३० लाख ६२ हजार, वन १६ लाख, पशुपंक्षी विकास १ करोड ५ लाख ६५ हजार र वाणिज्य तर्फ ५ लाख रुपैया विनियोजन गरिएको हो ।

सामाजिक विकास शिर्षकमा ४४ करोड ५१ लाख २६ हजार बजेट रहेको छ । जसमा सामाजिक सुरक्षा तथा संरक्षणमा १ करोड १२ लाख ९९ हजार, युवा तथा खेलकुद ७६ लाख १ हजार, खानेपानी तथा सरसफाई ६१ लाख ५५ हजार, भाषा तथा संस्कृति २९ लाख २६ हजार, स्वास्थ्य ६ करोड ४५ लाख ५ हजार, लैंगिक समानता तथा सामाजिक समावेशीकरणमा २ करोड ६९ लाख ९० हजार बजेट रहेको छ ।

नगरपालिकाले पूर्वाधार विकास शिर्षकमा ४८ करोड १५ लाख १८ हजार बजेट ल्याएको छ । जसमा यातायात पूर्वाधारमा २८ करोड १३ लाख ३३ हजार, भवन आवास तथा सहरी विकास १६ करोड ४६ लाख, उर्जामा ६९ लाख ५० हजार, पुर्ननिर्माण ६ लाख र सम्पदा पूर्वाधारमा २ करोड ८० लाख ३४ हजार रहेको छ ।

सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा नगरपालिकाले ३ करोड ९३ लाख ९१ हजार बजेट ल्याएको हो । सो अन्र्तगत शासन प्रणालीमा १ करोड ६६ लाख, प्रशासकिय सुशासनमा ६२ लाख ८० हजार, वित्तीय सुशासनमा २ लाख, कानुन तथा न्याय २ लाख ६१ हजार, शान्ति तथा सुव्यवस्था १० लाख ६५ हजार, गरिबी निवारण ४१ लाख, योजना तर्जुमा र कार्यान्वयन १८ लाख १५ हजार रहेको छ । त्यसैगरी अनुगमन तथा मूल्यांकन १ लाख, तथ्यांक प्रणाली २१ लाख र विपद व्यवस्थापन ६८ लाख ५० हजार रुपैया छुट्याइएको छ ।

कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा नगरले कुल बजेटको १२.३ प्रतिशत अर्थात १६ करोड २ लाख ३७ हजार रुपैया बजेट विनियोजना गरिएको छ ।

नगरले आन्तरिक राजस्वबाट ७ करोड ४ लाख ६ हजार रुपैया आम्दानी गर्ने अनुमान गरेको छ । त्यसैगरी राजस्व बाँडफाडबाट १४ करोड ९० लाख ८६ हजार ६ सय ७०, वित्तीय हस्तान्तरण मार्फत संघीय सरकारबाट ५८ करोड ६० लाख र प्रदेश सरकारबाट ८ करोड ९९ लाख गरी कुल ८९ करोड ५३ लाख ९२ हजार ६ सय ७० प्राप्त गर्ने अनुमान गरिएको छ ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved