समाचार

    Showing 7,131-7,140 of 10,042 items.
  • महालक्ष्मी विकास बैक र आर्या ब्युटि आर्ट विच ग्राहकलाई सहुलियत दिने सम्झौता

    धरान । आर्या ब्युटि आर्ट एण्ड एकेडेमी र महालक्ष्मी विकास बैक बिच ग्राहकलाई सहुलियत दिने विषयमा सम्झौता भएको छ । अब महालक्ष्मी विकास बैकका ग्राहकलाई आर्या ब्युटि आर्ट एण्ड एकेडेमीमा अध्ययन गर्दा वा सेवा लिदा विषेश छुट पाउनेछन् । महालक्ष्मी विकास बैक धरानका प्रमुख प्रबल श्रेष्ठ र आर्या ब्युटि आर्ट एण्ड एकेडेमीकी कार्यकारी निर्देशक सीता मिश्रले शुक्रबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । अब महालक्ष्मी विकास बैकमा खाता भएका वा अन्य सेवा लिएका ग्राहकले आर्या ब्युटि आर्ट एण्ड एकेडेमीमा ब्युटिसियनका हरेक कोर्ष सिक्दा २५ प्रतिसत पाउने छन् । यसका लागि महालक्ष्मी विकास बैकले आफ्ना ग्राहकको सिफा

    • प्रकाशित मितिः असोज ८, २०७८
    • 1,407 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पहाडी जिल्लामा पनि भेटिए डेंगुका बिरामी

    संखुवासभा / प्रायः जसो लामखुट्टेको टोकाइबाट हुने डेंगुका विरामी तराईमा भेटिने गरिएको छ । तराईका जिल्लाहरुमा यस्ता विरामीहरु धेरै भेटिने गरिएको छ तर पछिल्लो समय पहाडी जिल्लामा समेत डेंगुका विरामीहरु भेटिन थालेका छन् । पछिल्लो समय खोटाङमासमेत डेंगुका बिरामी भेटिएका छन्। जिल्ला अस्पताल खोटाङका प्रमुख डा. वैभव मल्लिकले एक साताको अवधिमा डेंगुका आठजना बिरामी भटिएको बताए । उनले भने–‘खोटाङमा एक साताभित्र आठ जनामा डेंगु संक्रमण भएको पाइयो संक्रमितमध्ये सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका छन्।’ उनका अनुसार दिक्तेल रुपाकोट मझुवागढी १ का पाँच जना, वडा नम्बर ६ का १ जना र राव

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 803 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेची नगरद्वारा नदीजन्य पदार्थ उत्खननमा पुनः रोक

    झापा । झापाको मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खननमा पुनः रोक लगाएको छ । नगरपालिकाले शुक्रवार सूचना नै जारी गरेर उत्खननमा पुनः रोक लगाएको हो । विगतका वर्षमा नगरपालिकाले असार, साउन र भदौ महीनामा मात्र सो कार्यमा रोक लगाउँदै आएको छ । नगरपालिका क्षेत्र भएर बग्ने मेची, हडिया, निन्दा र टिमाई नदीको नदीजन्य पदार्थ ठेक्का लाग्ने प्रक्रियामा रहेकाले अर्को सूचना जारी नभएसम्म वडा कार्यालयलाई उत्खनन गर्न नगराउन जानकारी दिएको प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए । उनले नदीजन्य पदार्थ उत्खनन भए÷नभएबारे अनुगमन गर्न १५ ओटै वडा कार्यालयसहित इलाका प्रहरी कार्यालय काँकडभिट्टा र धुलाबारीलाई सम

    • प्रकाशित मितिः असोज २, २०७८
    • 785 पटक पढिएको
    • "रासस"
  • प्रहरीलाई टिकटकलगायत मनोरञ्जनका एप नचलाउन निर्देशन

    ओखलढुंगा/ जिल्लामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् । सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायत मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको सदुपयोग गर्न निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा उनले प्रहरी कर्मचारी ड्युटीमा रहेका बेला सामाजिक सञ्जालमा व्यस्त हुन नहुने, अन्य समयमा पनि प्रहरीले समाजमा सकारात्मक सन्देश दिने र सामाजिक हितका सामग्री

    • प्रकाशित मितिः असोज १, २०७८
    • 733 पटक पढिएको
    • "रासस"
  • विवरण माग्दा सुपरिवेक्षकलाई गाली

    इटहरी । पर्याप्त दक्ष जनशक्ति नभएकै कारण देशभर बुधबारदेखि सुरू भएको १२ औ राष्ट्रिय जनगणना प्रभावित बनेको छ ।पहिलो चरण अन्तरर्गत घर तथा घरपरिवार सूचीकरण कार्यक्रम जनशक्ति अभावकै कारण सुनसरीमा प्रभावित बनेको हो ।देशभर एकै साथ सुरू भएको जनगणनाको पहिलो चरणको कार्यक्रम घर तथा घर परिवारको सुचिकरण गर्न सुनसरीमा बुधबारदेखि नै सुपरिवेक्षकहरू घर घर परिचालित भइसकेका छन । राष्ट्रिय जनगणना २०७८ कालागि सुनसरीका तीन पालिकाहरूमा १ सय २२ जना सुपरिवेक्षकहरू खटाइएको छ । पालिका अन्तर्गत धरान उपमहानगरपालिकामा ४८ जना, इटहरीमा ४९ जना र बराहक्षेत्र नगरमा २५ जना गरी १ सय २२ जना सुपरिवेक्षक परिचालन गरिएको राष्ट्रिय जन

    • प्रकाशित मितिः असोज १, २०७८
    • 725 पटक पढिएको
    • "तेजबहादुर बन"
  • रंगेलीका निर्वाचित महिला जनप्रतिनिधि लक्षित चार दिने तालिम सम्पन्न

    रंगेली/ मोरङको रंगेली नगरपालिकाको स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि लक्षित नेतृत्व र क्षमता विकास गर्ने उदेश्यले चार दिने तालिम सुरु भएको छ । निर्वाचित महिला सदस्यहरुको क्षमता र नेतृत्व विकास लागि आवश्यक पर्ने प्रक्रियाको विषयमा जानकारी दिन प्रारम्भिक चरणको तालिम सुरु गरिएको हो । स्थानीय तहमा निर्वाचित उनीहरुको निर्णय प्रक्रियामा सहभागिता, नेतृत्व परिचय, भूमिका र आत्माविश्वास बृद्धि गर्ने उद्देश्यले तालिम गरिएको जनाइएको छ । मेलिना गेष्ट हाउसमा उक्त तालिमको आयोजना गरिएको थियो । सो कार्यक्रम दलित महिला केन्द्र नेपालले इन्टरनेशल फाउण्डेशन फर इलेक्ट्रोल सिस्टम संस्थासँगको सहकार्यमा म

    • प्रकाशित मितिः असोज १, २०७८
    • 742 पटक पढिएको
    • "रबिन्द्र बराल"
  • संक्रमण मत्थर जस्तो देखिएपनि मृत्यु दर भने घटेन

    विराटनगर । प्रदेश १ मा पछिल्ला केही दिनयता कोरोना संक्रमण केही मत्थर भएजस्तो देखिएपनि मृत्यु दर भने घट्न सकेको छैन । कारोनाको पहिलो लहर अन्त्य हुने बेला मृत्यु दरमा कमी आएको थियो । तर, दोस्रो संक्रमण चरममा पुगेको भन्ने चिकित्सक तथा विज्ञले बताइरहँदा प्रदेशमा कोरोनाकै कारण हुने मृत्युमा भने कमी आएको छैन । प्रदेश १ मा दैनिक औसत पाँच जनाको कोरोनाकै कारण मृत्यु भई रहेको छ । पछिल्लो एक सताको तथ्यांक हेर्दा कोरोना संक्रमित थपिने क्रम दैनिक पाँच सयभन्दा तल झरेपनि मृत्यु दरमा भने कमी आउन सकेको छैन । बुधबार कोरोनाका कारण प्रदेशमा चार महिला र एक पुरुषले ज्यान गुमाए । ४ सय ७९ संक्रमित थपिँदा २ सय ४६ सं

    • प्रकाशित मितिः असोज १, २०७८
    • 739 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पाथीभरा मन्दिर दर्शनार्थीका लागि असोजदेखि खुला

    ताप्लेजुङ ः ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ। कोभिड–१९ संक्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो। हाल कोभिड–१९ को प्रभाव कम हुँदै गएकाले र पाथीभरा दर्शनको यामसमेत सुरु भएकाले असोज १ देखि खुला गर्ने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। समितिले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आम भक्तजनका लागि स्वास्थ्यका मापदण्ड पालना गर्दै दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुला गरिएको जनाएको छ। कोभिडको जोखिम कम भए पनि पूर्णरुपमा नहटेकाले वर्तमान अवस्थामा पाथी

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • 817 पटक पढिएको
    • "रासस"
  • बिजुलीको पोलमा कार ठोक्किँदा महिलाको मृत्यु

    विराटनगर । मोरङको विराटनगरका कार दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । बिहीबार विराटनगरतर्फ आउँदै गरेको बा ११ च १५७१ नम्बरको कार आफै अनियन्त्रित भई कोसी राजमार्गअन्तर्गत बुढीगङ्गा–३ मा दुर्घटनामा परेको हो । घटनामा बेलबारी नगरपालिका–१ की ३० वर्षीया चन्द्रकला राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् । बेलबारीबाट विराटनगरतर्फ आउँदै गरेको कार सडकमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा कार चालक बेलबारी–१ का ३८ वर्षीय बाबुराम कार्की, बेलबारी–१ की ४३ वर्षीया गीता लिम्बू र ५५ वर्षीया सानी धिमाल घाइते भएक

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • 672 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ब्राउनसुगर सहित दुई प्रक्राउ

    इटहरी । पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरीको इटहरीबाट अवेध लागुऔषध ब्राउन सुगर सहित दुइ जनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरीगंज गाउँपालिका २ का २७ वर्षीय आइतबारी हस्दा र बिहारको किसनजंग थाना दिलगबैंक ग्राम पञ्चायन १ का २२ वर्षीय सुरज साह रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । उनिहरूलाइ इटहरीको मिलन चोकबाट नियन्त्रणमा लिइएको इटहरी प्रहरीले जनाएको छ । प्रहरी चेकिङलाइ देखेर तर्किन खोजेपछि श.का लागि चेकजाच गर्ने क्रममा प्रतिवन्धित ब्राउन सुगर भेटिएको र तत्काल नियन्त्रणमा लिन सफल भएको इटहरी प्रहरी प्रमुख डिएसपि अर्जुन केशिले जानकारी दिए । पक्राउ दुवजनालाइ बुधबार ज

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • 734 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved