रंगेली/ मोरङको रंगेली नगरपालिकाको स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि लक्षित नेतृत्व र क्षमता विकास गर्ने उदेश्यले चार दिने तालिम सुरु भएको छ ।
निर्वाचित महिला सदस्यहरुको क्षमता र नेतृत्व विकास लागि आवश्यक पर्ने प्रक्रियाको विषयमा जानकारी दिन प्रारम्भिक चरणको तालिम सुरु गरिएको हो । स्थानीय तहमा निर्वाचित उनीहरुको निर्णय प्रक्रियामा सहभागिता, नेतृत्व परिचय, भूमिका र आत्माविश्वास बृद्धि गर्ने उद्देश्यले तालिम गरिएको जनाइएको छ ।
मेलिना गेष्ट हाउसमा उक्त तालिमको आयोजना गरिएको थियो । सो कार्यक्रम दलित महिला केन्द्र नेपालले इन्टरनेशल फाउण्डेशन फर इलेक्ट्रोल सिस्टम संस्थासँगको सहकार्यमा मोरङका ६ रंगेली ,बेलबारी, कटहरी, ग्रामथान,केराबारी र लेटाङमा तालिमको आयोजना गरिएको दलित महिला केन्द्र नेपालका प्रशिक्षक उमेश विकले बताए ।