समाचार

    Showing 7,111-7,120 of 10,042 items.
  • ‘परम्परागत दशै हराउँदै छ’

    धरान । पहाडी ग्रामीण क्षेत्रमा दशैको पूर्व सन्ध्यामा छुट्टै रौनकता छाउथ्यो । दशै भित्रिन लाग्दा घर आगन सरसफाई देखि लिएर रातोमाटोले लिपपोत गर्दा गाउँनै झिलीमिली भएको आभाष हुन्थ्यो भने दशैको रौनकता समेत छुट्टै हुन्थ्यो ।तर पछिल्लो समय ढुँगामाटाले बनेका घर विस्थापित भई पक्की भवन निर्माण हुन थालेपछि रातो माटोले लिपपोत गरेर घर रंग्याउने चलन नै हराउँदा गाउँ घरमा दशै आएको रौनक नै हराउन थालेको छ । लाली गुरास नगरपालिका वडा नं. २ की नैनमाया थापा दशै आउन लागेपछि घर लिपपोतमा व्यस्त हुन्थिन् । दशै भित्रिन थालेसँगै रातोमाटो र कमेरोले घर रंगाउन थाल्थिन । तर उनी २०६० सालमा बसाई सरेर धरान झरिन् । छोराले विदेश

    • प्रकाशित मितिः असोज २६, २०७८
    • 950 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • मेघाका विद्यार्थीद्वारा मन्दिर सरसफाई

    धरान । कलेजको सामाजिक दायित्व निर्वाह गर्न र बिद्यार्थीहरुलाई सामाजिक कार्यमा संलग्न गराउदै धरान स्थित मेघा–हिमालयन कलेजले शुक्रबार दन्तकाली र बुढासुब्बा मन्दिरलाई डस्टबिन प्रदान गर्नुका साथै बिद्यार्थीहरुले मन्दिर परिसरमा सरसफाई गरेका छन । दन्तकाली मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष विश्वराज खनाल र बुढासुब्बा मन्दिरका पुजारी अशोक आले मगरलाई कलेजका एकेडेमिक डाईरेक्टर अर्जुन घिमिरे, प्रीन्सिपल भास्कर पौडेल लगायतले १÷१ थान डस्टविन हस्तान्तरण गरे । कलेजका बिद्यार्थीहरुले मन्दिर परिसरको सरसफाई गरे । दर्सनार्थीहरुले पुजा आजा गर्न आउदा हुने फोहोर मैलालाई ब्यबस्थापन गर्न डस्टविनले सहज भए

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 939 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश सरकारको स्थायी संरचना बनाउन जग्गा खोजी

    विराटनगर/ प्रदेश नं १ सरकारले प्रदेशको व्यवस्थापिका र कार्यपालिका स्थायी संरचना विराटनगर भन्दा बाहिर निर्माण गर्ने तयारी थालेको छ ।प्रादेशिक संरचना एकै ठाउँमा बनाउने र यस्तो संरचना विराटनगर भन्दा बाहिर हुने सरकारका मुख्यमन्त्री भीम आचार्यले स्पष्ट गरेका छन् । सरकारले निर्णय गरी जग्गाको खोजीको काम समेत शुरु भईसकेको आचार्यले जानकारी दिएका छन् । आचार्यले भने, “प्रदेशिक संरचना एकै ठाउँमा बनाउन सरकारले काम शुरु गरिसकेको छ । प्रारम्भिक रुपमा हामीले जग्गा खोजी गर्ने काम थासिकेका छौं ।” २०७६ वैशाख २३ गते प्रदेशको स्थायी राजधानी विराटनगरमा राख्ने र प्रादेशिक नयाँ संरचनाको सुनसरीको इटह

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 956 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • महिला राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सकियो

    सुनसरी । आइसिसी महिला ट्वान्टी–२० विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीले आफ्नो अन्तिम चरणको प्रशिक्षण सम्पन्न गरेको छ । सुनसरी जिल्ला क्रिकेट संघको ब्यवस्थापनमा इटहरीमा अशोज ७ गतेबाट सुरु भएको प्रशिक्षण बुधबार सम्पन्न भएको हो । महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमटाले एक सातासम्म इटहरी स्थित क्षेत्रिय रंगशालाको इन्डोर हल र डिभिएम स्कुल परिषरमा रहेको मैदानमा प्रशिक्षण गराएका थिए । छनोट खेलका लागि पहिलो पटक नेपाल क्रिकेट संघ क्यानले नेपाली महिला खेलाडीहरुलाई सानो सानो समुहमा प्रशिक्षण सुरु गरेको हो । पहिलो पटक क्यानले पहिलो चरणमा दे

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 806 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बराहमा विजुलीबाट चल्ने स्कुटर

    धरान । यातायातका साधनहरुबाट हुने गरेको वातावरणीय प्रभावलाई कम गर्न धरान स्थित बराह ग्रुप अफ कम्पनीले इलेक्ट्रिक स्कुटर बजारमा ल्याएको छ । कम्पनीको धरान ८ स्थित धनकुटे रोडमा रहेको बराह कम्प्लेक्समा विजुलीबाट कुद्ने ई–स्कुटरको बिक्रि वितरण शुरु गरेको हो । बराहका परिकल्पनाकार एवंम संस्थापक स्वर्गीय इन्द्र कुमार लामिछानेको ६४ औं जन्म जयन्तीको अवसरमा ई–स्कुटरको बिक्रि शुरु गरिएको कम्पनीका निर्देशक मान बहादुर विश्वकर्मा(दियाली) वताए । बराहका अनुसार ३ वटा मोडलमा स्कुटर बिक्रिका लागि राखिएको छ । कम्पनीका सेल्स एक्जुकेटिभ मीना पौडेका अनुसार ई– प्लुटोको मुल्य २ लाख ४९ हजार, ई–ए

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 1,288 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बराहका संस्थापकको जन्मदिनमा रक्तदान

    धरान । वर्षेनी स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको धरान स्थित बराह ग्रुपले संस्थापक अध्यक्ष तथा परिकल्पनाकार स्व. इन्द्र लामिछानेको जन्म दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ग्रुपले वर्षेनी भदौ ५ गते संस्थाको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको थियो । तर पछिल्लो कोरोना संक्रमणको जोखिमका कारण दुई वर्ष कार्यक्रम गर्न सकेको थिएन् । यस वर्ष पनि भदौ ५ गते जोखिमनै रहेकाले बुधबार असोज १४ गते संस्थापक अध्यक्ष स्व. विश्वकर्माको जन्मदिवसको अवसर पारेर रक्तदान गरेको हो । यस अवसरमा बराहले प्रत्येक महिना रक्तदान कार्यक्रम संचालन गर्ने जनाएको छ । धरानलाई रक्तदाताक

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 729 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एम्सद्वारा स्वागत तथा विदाइ सम्पन्न

    धरान । धरान–१२ को एम्स एकेडेमी र नेसनल मल्टिपल कलेजले विद्यार्थीहरूलाई मङ्गलबार स्वागत तथा विदाइ गरेको छ । एम्स एकेडेमीले भर्खरै कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूलाई विदाइ गरेको हो भने नयाँ विद्यार्थीहरूलाई स्वागत गरेको हो । कक्षा १२ को परीक्षामा दुई सयभन्दा बढी विद्यार्थी सहभागी भएको एकेडेमीका प्रिन्सिपल मित्र तामाङले जनाए । अब नेसनल मल्टिपल कलेज पनि एकेडेमीमै गाभिएको छ । नेसनल कलेज पनि जोडिएपछि नयाँ पाँचवटा शैक्षिक कार्यक्रम सुरु गर्ने योजना रहेको एकेडेमीका एकेडेमिक निर्देशक नेत्र सुवेदीले बताए । उनले स्थानीय तहले शैक्षिक क्षेत्रलाई महत्व नदिएको विचार राखे । दक्ष जनशक्तिले संसा

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 1,013 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा महङ्गीयो उपभोग्य वस्तुको मूल्य

    इलाम । दशै, तिहार, छट लगायत पर्वहरु नजिकिदै गएपछि इलाम बजारमा उपभोग्य सामानको मुल्य महङ्गीएको छ । बजारमा खाद्यान्न, तरकारी फलफूल, लत्ताकपडाको मुल्य महङ्गीन थालेको हो । नियमित बजार अनुगमन नहुँदा बजार महङ्गीन थालेको हो । पहिले बजारको नियमीत रुपमा अनुगमन गर्ने जिम्मा जिल्ला प्रशासन कार्यालयलाई थियो । तर स्थानीय तह कार्यान्वयनमा आएपछि स्थानीय तहलाई समेत बजार अनुगमनको अधिकार दिएको छ । अहिले बाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तर्गतका निकायलाई बजार अनुगमनको अधिकार छ । जिल्लामा घरेलु तथा साना उद्योग विकास समितिलाई अनुगमनको अधिकार छ । अनुगमनको लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई बजार निरीक्षण अधिकृतको

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 708 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • ५५ प्रतिशतले घटे पर्यटक

    धरान । कोरोना संक्रमण शुरु भए सँगै ठप्प रहेको पर्यटन व्यवसायलाई डेढ वर्ष यता ५५ प्रतिशत असर पुगेको एक अध्ययनले देखाएको छ । कोरोना संक्रमण रोकथामका लागि घोषणा गरिएको लकडाउनको समयमा ५५ प्रतिशत पर्यटन व्यवसायलाई प्रभाव पारेको छ । सुनसरी उद्योग वाणिज्य संघको पर्यटन प्रर्वद्धन समितिको आग्रहमा समिट स्कुलका शिक्षक अनिमेष बास्तोला र विद्यार्थीहरुले गरेको गरेको अध्ययन अनुसार कोभिड अघि १२ लाख १३ हजार २ सय ७७ जना पर्यटकहरु धरान आएकोमा कोभिड पछि घटेर ५ लाख ४४ हजार ९ सय ५६ जनामा सिमित भएको छ । यस्तै, आम्दानीमा पनि कोभिड अघि एक बर्षमा १७ करोड ४० लाख रहेकोमा कोभिड पछि घटेर ७ करोड ८९ लाखमा समेटिएको छ । यो ५४

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 1,003 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जन्मदै मलद्वार विहीन : आर्थिक अभावले चार बर्षदेखि रोग पाल्न बाध्य

    रंगेली/ जन्मदै देखि मलद्वार टालिएका देवराज मंण्डलका ४ वर्षिय छोराको आर्थिक अभावका कारण उपचार गराउन सकेका छैनन् । रंगेली नगरपालिका ३ स्थित भलुवा झोडामा विगत दश बर्ष देखि सुकुम्बासी जग्गामा बस्दै आएका मंण्डलका ४ बर्षका छोरा जन्मदै देखि मलद्वार टालिएको अवश्थामा छ । मलद्वार टालिएको अवस्थामा जन्म भए पछि अहिले सम्म आर्थिक अभावका कारण शल्यक्रिया हुन नसक्दा अहिले पेटको साईडमा प्वाल पारेर मलद्वार जाने ठाउँ बनाइएको छ । उनी अहिले जीवन र मरणको अवस्थामा छन् । आर्थिक अभावले परिवारनै पाल्न धौं धौं रहेको देवराजको परिवारमा उनको श्रीमती, ३ छोरी छन् । आर्थिक अभावकै कारण उनको तीनवटा छोरीहरुलाई पठनपाठनका लागि काप

    • प्रकाशित मितिः असोज १२, २०७८
    • 1,040 पटक पढिएको
    • "रबिन्द्र बराल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved