बराहमा विजुलीबाट चल्ने स्कुटर

  • असोज १४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । यातायातका साधनहरुबाट हुने गरेको वातावरणीय प्रभावलाई कम गर्न धरान स्थित बराह ग्रुप अफ कम्पनीले इलेक्ट्रिक स्कुटर बजारमा ल्याएको छ ।

कम्पनीको धरान ८ स्थित धनकुटे रोडमा रहेको बराह कम्प्लेक्समा विजुलीबाट कुद्ने ई–स्कुटरको बिक्रि वितरण शुरु गरेको हो । बराहका परिकल्पनाकार एवंम संस्थापक स्वर्गीय इन्द्र कुमार लामिछानेको ६४ औं जन्म जयन्तीको अवसरमा ई–स्कुटरको बिक्रि शुरु गरिएको कम्पनीका निर्देशक मान बहादुर विश्वकर्मा(दियाली) वताए ।

बराहका अनुसार ३ वटा मोडलमा स्कुटर बिक्रिका लागि राखिएको छ । कम्पनीका सेल्स एक्जुकेटिभ मीना पौडेका अनुसार ई– प्लुटोको मुल्य २ लाख ४९ हजार, ई–एन्ट्रान्सको मुल्य १ लाख ९९ हजार रुपैयाँ, इन्ट्रान्स मेओको मुल्य २ लाख ३९ हजारमा खरिद गर्न सकिने छ ।

स्कुटरले एक पटक बिजुलीमा चार्ज गरेपछि १ सय १६ किलोमीटर सम्म कुद्न सक्ने जनाइएको छ । साथै दशै तिहारको अवसरमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । स्क्र्याच र लक्की ड्र मार्फत विभिन्न उपहार समेत ग्राहकलाई दिइने कम्पनीले जनाएकोे छ ।

धरानमा 'खाम्बेक फूङ' ...

धरान/ गायिका शान्ति नाल्बोको शब्द तथा स्वर रहेको लिम्बु ...

एसईई आइडलको पाँचौँ स ...

धरान/फक्ताङ्लुङ मिडिया हाउस प्रालिको आयोजनामा शुक्रबार ...

दुना–टपरी र बात्ती ब ...

धरान/धरान–९ स्थित विष्णु मेमोरियल स्कूलले विद्यार ...

कोशी प्रदेश स्तरीय ब ...

धरान/ धरान बास्केटबल संघको आयोजनामा तथा कोशी प्रदे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved