मेघाका विद्यार्थीद्वारा मन्दिर सरसफाई

  • असोज २२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कलेजको सामाजिक दायित्व निर्वाह गर्न र बिद्यार्थीहरुलाई सामाजिक कार्यमा संलग्न गराउदै धरान स्थित मेघा–हिमालयन कलेजले शुक्रबार दन्तकाली र बुढासुब्बा मन्दिरलाई डस्टबिन प्रदान गर्नुका साथै बिद्यार्थीहरुले मन्दिर परिसरमा सरसफाई गरेका छन ।

दन्तकाली मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष विश्वराज खनाल र बुढासुब्बा मन्दिरका पुजारी अशोक आले मगरलाई कलेजका एकेडेमिक डाईरेक्टर अर्जुन घिमिरे, प्रीन्सिपल भास्कर पौडेल लगायतले १÷१ थान डस्टविन हस्तान्तरण गरे । कलेजका बिद्यार्थीहरुले मन्दिर परिसरको सरसफाई गरे । दर्सनार्थीहरुले पुजा आजा गर्न आउदा हुने फोहोर मैलालाई ब्यबस्थापन गर्न डस्टविनले सहज भएको भन्दै मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष खनालले कलेजलाई धन्यवाद ज्ञापन गरे ।

245048381_382021950248292_7934668921578901625_n

मन्दिरलाई डस्टविन प्रदान गरि सरसफाई गरिएको कलेजका एकेडेमिक डाईरेक्टर घिमिरेले जानकारी दिए । मन्दिर सरसफाई जस्तो पवित्र सामाजिक कार्यमा सहभागी हुन पाउँदा खुशी लागेको कक्षा–११ मा अध्ययनरत छात्रा मुस्कान मगरले बताईन । डस्टविन हस्तान्तरण र सरसफाई कार्यक्रममा कलेजका एडमिनिस्ट्रेटिभ डाईरेक्टर कैलास लिम्बू, म्यानेजमेन्ट कोअर्डिनेटर चन्द्र वनेम, सन्चालक सदस्यहरु प्रभाष राजबंशी, सागर खड्का, नवराज दाहाल, दिपक घिमिरे लगायतको उपस्थिती रहेको थियो । बिहानै देखि सिमसिम पानी परेता पनि बिद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved