धरान । कोभिड अस्पतालमा ३ महिना अघि खरिद गरिएको भेन्टिलेटर बिग्रेका कारण बारे अख्तियारले अनुसन्धान शुरु गरेको छ । बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालमा भेन्टिलेटर बिग्रेर थन्किए पछि अख्तियारले अनुसन्धान गरेको हो ।सोमबार आयोगको इटहरी कार्यालयबाट आएको चार जनाको टोलीले अस्पताल निर्देशक डा। गौरिशंकर शाहलाई भेट गरी आवश्यक सोधपुछ गरेका थिए । कोरोना अस्पतालको भेन्टिलेटर खरिदमा भएका फायलहरु माग गरेको छ । अख्तियारले भेन्टिलेटर विग्रनुको कारण, कुन सप्लायर्सबाट, कुन प्रक्रियाबाट खरिद गरिएको हो रु कति वटा भेन्टिलेटरले काम नगरेको सोधपुछ गरेको छ । प्रतिष्ठानका उपकुलपति डा। ज्ञाने
इलाम / इलाममा ३८ हजार भन्दा बढी सवारी साधन कारवाहीमा परेका छन् । साना ठूला गाडी गरी ३८ हजार पाँच सय ११ वटा गाडी कारवाहीमा परेका छन । जिल्ला ट्राफिक प्रहरी कार्यलय इलामका प्रमुख योगेन्द्र दाहालका अनुसार कारवाहीमा परेका सवारी साधन र दुर्घटना पछिल्लो समय घट्दै गएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा सबै भन्दा बढी जिप, कार, भेन कारवाहीमा परेका छन् । कारवाहीमा परेको संख्या पाँच हजार सात सय नौ वटा रहेका छन् । यस्तै मोटरसाइकल पाँच हजार चार सय एक, ट्रक दुई हजार सात सय ४४, टेक्टर आठ सय ६ र बस तीन सय २६ रहेका छन् । आर्थिक वर्ष २०७५÷०७६ मा जिप, कार, भेन पाँच हजार चार सय ९५, मोटरसाइकल पाँच हज
इटहरी । इलाका प्रहरी कार्यालय इटहरीमा नयाँ प्रहरी प्रमुख भएर कार्यभार सम्हाले लगत्तै डिएसपी अर्जुन केसीको सकृयता सफलता तर्फ उन्मुख भएको पाइएको छ । गएको १५ दिन भित्र ठगिमा संलग्न आधा दर्जन नामुद ठगहरूलाइ पक्राउ गर्न सफल भएसंगै इटहरीमा डिएसपी केसिको सकृियता बढेको हो । बाउन्स चेकमा ठगि गर्ने , इमोमा लाखौ रकम चिट्ठा परेको भन्दै सर्वसाधरणबाट रकम असुल्ने नाइके देखि चाडपर्वको मुखमा गुण्डागर्दि गर्दै हिडने सम्मलाइ पक्राउ गरी कानुनत कार्वाहिको प्रकृिया अघि बढाएपछि इटहरीमा डिएसपी केसीको चर्चा चुलिन थालेको छ । गएको एक साता भित्र मात्रै ठगिमा संलग्न ३ जनालाइ इटहरी प्रहरीले पक्राउ गरि कानुनत कार्वाहि प्र
सुनसरी । टिभिएस कम्पनीको एबीएस र स्मार्ट कनेक्ट फिचर सहितको आपाचे आरटीआर १६० सार्वजनिक भएको छ । देशै भर एकै साथ लन्च भएको आपाचे आरटीआर १६० सुनसरीको इटहरीमा पनि सार्वजनिक गरिएको छ । इटहरीको आधिकारिक बिक्रेता पारस अटो मोबाइल्सले पनि बिक्री थालेको पारस अटो मोबाइल्सका निर्देशक लिला लुइँटेलले बताए । अपाचे आरटीआर १६० फोर भिमाएबीएस र स्मार्ट कनेक्ट फिचर थप गर्दै कम्पनीले सार्वजनिक गरेको हो । टीभीएसको आपाचे आरटीआर १६० फोर भी नेपालमा निकै सफल मोडलको रुपमा बिक्री वितरण हुँदै आएको छ । यसअघि सिंगल डिस्क र डबल डिस्क भेरियन्टमा बिक्री गर्दै आएकोमा अब भने स्मार्ट कनेक्ट र एबीएस थप भएको छ । यो सँगै विभिन्न ५
उदयपुर । पर्यटकीय गन्तव्यको रुपमा विकाश भइरहेको उदयपुरको भागलपुरमा रहेको साकेला थान पनि धार्मिक पर्यटनको केन्द्र बन्न थालेको छ । विगत ४ वर्ष अघि स्थापना गरिएको बेलका नगरपालिका वडा नम्बर २ मा रहेको साकेला थानमा आन्तरिक पर्यटकहरु आउने गरेका छन् । विशेष गरि किरातीहरुको धार्मिक स्थलको रुपमा रहेको साकेला थानमा वर्षेनी उभौली र उधौलीमा मेला लाग्ने गरेको छ । किरातीहरुको आस्थाको केन्द्र बन्दै गएको साकेला थानमा अन्य क्षेत्रबाट पनि धर्मावलम्बीहरु आउने गरेका छन् । बेलका नगरपालिका कृषि क्षेत्रको एउटा महत्वपुर्ण हवको रुपमा मानिन्छ । कृषि क्षेत्र संगै धार्मिक पर्यटन, प्राकृतिक सौन्दर्यताले पनि महत्वपुर्ण ब
इलाम । इलाम नगरपालिकाले ऐतिहासिकता झल्काउँदै पर्यटकीय आकर्षण गर्नेे उद्देश्यले इलाम सदरमुकाममा रहेको सय वर्षभन्दा पुरानो राणकालीन दरवारलाई अरनिको संग्रालय बनाउन काम धमाधम अघि बढाएको छ । सय वर्षे पुरानो भवनलाई सरकारले स्थानीय तहलाई हस्तान्तरण गरेसँगै संग्रहालय निर्माण गर्न योजनाका साथ काम थालिएको हो । यस अघि यहाँ जिल्ला प्रशासन कार्यालय रहेको थियो । प्रशासन कार्यालय नयाँ भवनमा सरेपछि दरबारमा संग्रहालय बनाउनको लागि काम थालिएको छ । संग्रालयमा लोप हुने अवस्थामा पुगेका विभिन्न सामग्री, पुराना उपकरणहरू, बजागाजा, भिविन्न जातिका भेषभुषा, भाडा वर्तन लगायतका सामग्री राखिने छ । अहिले केहि सामान राखिएका
इटहरी । चाडपर्वको समयलाइ मध्यनजर गर्दै संचालनमा आएका सार्वजनिक यातायातका साधनहरूमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको पाइएको छ । पूर्वबाट इटहरी हुदै धरान बिराटनगर लगायत अन्य स्थानहरूमा सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारीसाधनहरूमा प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालयले सोमबार गरेको अनुगमनकै क्रममा सार्वजनिक बसका चालकहरूले नै मास्क चिउडोमा लगाउने गरेको सेनिटाइजर प्रयोग नगरेको पाइएको छ । कोभिड १९ कोरोना भाइरसको संक्रमण फैलन नदिन प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले सोमबार देखि नियमित यात्रुबाहक वस तथा सवारी साधनहरूमा अनुगमन थालेको छ । सरकारले जारी गरेको मापदण्डको पालना नगरी राजमा
धरान । समुदाय स्तरमा संक्रमणको जोखिम बढ्दै गर्दा एकातिर पुनः लकडाउन गर्ने कि प्रश्न उठिरहेको छ भने अर्को तिर भर्खरै उठ्दै गरेको व्यापार व्यवसाय धरायसी हुन नदिन खुल्लै राख्ने चर्चा चलिरहेको छ । सरकारले पहिलो चरणमा घोषणा गरेको लकडाउन खुल्ला भए पछि कोरोनाको संक्रमणको दर पनि बढ्दै गएको हो । दोस्रो चरणमा लकडाउन घोषणा भए पछि केही मात्रामा घटेको देखिए पनि लकडाउन खुल्ला भए पछि अहिले कोरोनाको संख्या ह्वातै बढेको छ । लामो समयको बन्दका कारण निराश भएका नागरिकमा संक्रमणको त्रासको कमि देखिदै गएकाले स्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमणको दर बढ्दै गएको सरोकारवालाहरु बताउदै आएका छन् । चाडपर्व नजिकदै गएका
विराटनगर । विराटनगरमा नेपाल–भारत सीमाको ढाट खुलेको छैन । मालबाहक गाडी र प्रक्रिया पुर्याएर आउने जाने नागरिक बाहेकलाई आउँजाउँमा पूर्णत बन्देज लगाइएको छ । तर, दशैंको बहाना बनाएर सुरक्षाकर्मीको आँखा छल्दै खुला सिमाना र छोटी नाकाबाट सुटुक्क भारतको जोगबनी गई किनमेल गर्ने क्रम भने बढेको पाइएको छ । यसले कोरोनाको हटस्पट बनेको बिहार क्षेत्रबाट प्रदेश १ को राजधानी विराटनगर र ग्रामीण भेगमा समेत संक्रमण अझ फैलने जोखिम बढेको छ । मुख्य नाकामा ढाट लगाएपनि चोरबाटोबाट मानिसहरु जोगवनी गई किनमेल गर्न थालेपछि स्थानीय प्रशासनले जुक्ति लगाएको छ ‘पारिबाट आउनेलाई नाकामै समाउने अनि १४ दिने क्वारेन्टाइनमा
विराटनगर / प्रदेश १ मा आज ४५२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २४२, सुनसरीमा १८४, झापामा ८, इलाममा २, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १९० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ८९ महिला र १०१ पुरुष छन् । मोरङको बेलबारीमा १६, बुढीगंगामा ११, सुन्दहरैचामा ४, रतुवामाई र धनपालथानमा ३–३, मिक्लाजुङ र कटहरीमा २–२, सुनबर्षी, ग्रामथान र जहदामा १–१ र स्थानीय तह नखुलेका ८ जनामा संक्रमण देखिएको छ । उता सुनसरीको धरानमा ८६, ईटहरीमा ६८, बराहक्षेत्रमा