पाठ्यपुस्तक बाढीले बगायो, तीन हजार बिद्यार्थी प्रभावित

  • कार्तिक ९, २०७८
  • "तेजबहादुर बन"
alt तस्वीर गुगल

इटहरी\ इटहरी आइतबारेकी १४ बर्षिय सुसन घिमिरे आइतबार बिद्यालय जाने समयमा खिन्न देखिन्थे । अभिभावकले स्कुल जा भनेर कराइरहँदा उनी भन्दै थिए, किताब कापि केहि छैन कसरी जाने ? सुशन मात्र होइन उनकै छिमेकी ९ वर्षिय नविन गिरी, सुस्मा दाहाल, मनिसा नेपाल पनि किताब कापी नभए पछि विद्यालय जाननै अन्कनाई रहेका थिए ।

गत कार्तिक २ अविरल वर्षा संगै स्थानीय खोला र पैनीमा आएको बाढीले इटहरी जलमग्न बनेको थियो भने सयौ घरहरू डुबानमा परेका थिए । डुबानकै क्रममा बिद्यालय जाने बालबालिकाहरू सँगै कलेज जाने बिद्यार्थीहरूको लत्ता कपडा र पाठ्य पुस्तक पनि बगाएको थियो ।

बाढीले सबै पुस्तक कामै नलाग्ने बनाइ दिएपछि अब बिद्यालय जाने या नजाने दोधारमा रहेको कविर माविको कक्षा ६ मा अध्ययनरत सुसन सुनाउँछन । अघिल्लो वर्ष बिद्यालयले नै पाठ्यपुस्तक दिएको थियो । त्यही पनि बाढीले बगाइदिए पछि यो वर्ष पुनः दिने हो या नदिने केहि थाहा छैन सुशन भन्छन । सुशन जस्तै अन्य विद्यार्थीको मनमा पनि यस्तै प्रश्नहरू उब्जिन थालेको छ । बिद्यालय जाउँ त के लिएर जाउँ नजाउँ पढाइ छुट्छ आइतबारेकी सुष्मा दाहाल बताउँछिन ।

कोरोना कहरका कारण बिगत लामो समय देखि बन्द अवस्थामा रहेको इटहरी उपमहानगरका सामुदायिक तथा निजि बिद्यालयहरू आइतबारबाट सुचारू भएपनि पाठ्य पुस्तक अभावले धेरैजसो बालबालिकाहरू बिद्यालय जानबाट बञ्चित हुने अवस्थामा पुगेका छन् । बाढीका कारण बिद्यार्थीको पाठ्यपुस्तक मात्र होइन्, इटहरीका एक दर्जन बढी सामुदायीक तथा निजि बिद्यालयहरूमा समेत क्षति पुगेको छ ।

बाढीले इटहरी स्थित केचना माविको पर्खाल भत्काएको छ भने मुख्य चौकमै अवस्थित जनता माविमा अझै पनि पानी जमिरहेको छ । त्यस्तै नमुना कलेज, जनता कलेज, पाथिभरा टेक्निकल कलेज, राष्ट्रिय जनसहयोग कलेज, पूर्वाञ्चल बोडिङ लगायतका बिद्यालयहरूमा बाढीले क्षति पुर्याएको इटहरी उपमहानगर अन्तरगत शिक्षा शाखाले जनाएको छ । बाढीबाट निजि तथा सामुदायिक बिद्यालयमा अध्ययनरत करीब ३ हजार बिद्यार्थीहरू प्रत्यक्ष प्रभावित बनेको शिक्षा शाखाको अनुमान छ ।

अहिले क्षति विवरण संकलन कार्य भइरहेकाले बिद्यार्थीहरूलाइ अवस्था हेरेर पाठ्य पुस्तक प्रदान गरिने उपमहानगर अन्तरगत शिक्षा शाखाका प्रमुख सुर्य प्रसाद सुवेदीले बताए । बिद्यालयको भौतिक संरचनाहरूमा पु¥याएको क्षतिबारे पुरै बिवरण आइ नसकेकाले के कति क्षति भएको यकिन नभएको शिक्षा शाखा प्रमुख सुवेदीको भनाइ छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved