भाटभटेनीद्वारा इटहरीलाई ११ लाख रुपैया सहयोग

  • कार्तिक ९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी/ विपदको समयमा बाढीपिडितको उद्धार, राहत र पुर्नस्थापनाको लागि भाटभटेनी सुपर स्टोर इटहरीले उपमहानगरपालिकाको प्रकोप कोषका लागि ११ लाख रुपैया प्रदान गरेको छ ।

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीलाई भाटभटेनीका प्रवन्ध निर्देशक मिन कुमार गुरुङका तर्फवाट प्रवन्धकद्वय लक्ष्मी गुरुङ र मायाँ रानामगरले ११ लाख रुपैयाको चेक हस्तान्तरण गरेका छन् । भाटभटेनीले गरेको सहयोगका लागि उपमहानगरका प्रमुख चौधरीले धन्यवाद दिए । कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरुले पनि सहयोगको प्रतिवद्धता जनाएका छन् ।

वाढिले क्षति पुर्याएका संरचनाहरु तिहार अघिनै वनाइसक्ने प्रमुख चौधरीले बताए । क्षतिको विवरण जिल्ला प्रशासन कार्यालय मार्फत संघीय सरकारमा पठाइने पनि उनले बताए । स्थानीय सरकारको तर्फवाट वाढीपीडितले अनुभूत गर्ने गरि राहतका कार्यक्रम ल्याइने प्रमुख चौधरीले प्रतिबद्धता जनाए । कार्यक्रममा प्रवन्ध निर्देशक गुरुङले भाटभटेनी यहाँसम्म आउनुको कारणनै आम उपभोक्ता भएकाले उनीहरुलाई समस्या परेका बेला सहयोग गर्नु व्यवसायीको कर्तव्य रहेको वताए ।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved