समाचार

    Showing 6,671-6,680 of 10,040 items.
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलमा परिक्षण उडान सम्पन्न

    इलाम/ व्यवसायीक उडानको तयारी भइरहेको इलामको फाल्गुनन्द सुकिलुम्बा बिमानस्थलमा परिक्षण उडान सम्पन्न भएको छ । विमानस्थलको धावनमार्ग कालोपत्रे भएको पाँच महिनापछि मात्रै बुधबार नेपाल बायु सेवा निगमको टुइनेटर विमानले परिक्षण उडान गरेको हो । बुधबार मुख्य क्याप्टेन पेम्बा शेर्पा, क्याप्टेन रक्क्षित मल्ल र नागरिन उड्ययन प्राधिकरणको टोली सहित ११ जनालाई लिएर नेपाल बायुसेवाको बिमान काठमाडौंबाट इलाम उडान गरेको हो । काठमाडौं बाट बिहान ९ः०७ मा उडेको विमान १०ः०४ बजे इलाम सदरमुकामको सुकिलुम्बा विमास्थलमा अवतरण गरेको थियो । जहाज बस्नका लागी धावन मार्ग सहज रहेकाले सफल उडान परीक्षण भएको क्यापटेन पेम्बा शेर्पा ब

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 700 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • एसइईको परीक्षा वैशाखमा

    धरान । कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमणका बाबजदु पनि एसइईको परीक्षा वैशाखमा गरिने निर्णय गरिएका छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि सञ्चालन गरिने निर्णय गरेको छ ।  बोर्डका अनुसार परीक्षा वैशाख ९ देखि २० सम्म परीक्षा सञ्चालन गरिने भएको छ । कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले एक महिना ढिलो गरी परीक्षा तालिका तय गरेको हो । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन तय गरेकाले त्यसअघि नै परीक्षा गरिसक्न वैशाख ९ तोकिएको बोर्डले जनाएको छ ।    

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 1,116 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बर्जुका महिलालाई थाकलबाट सामग्री बनाउने तालिम

    सुनसरी । सुनसरीको बर्जु गाउँपालिकामा महिलाहरुको लागि १४ दिने थाकलद्वारा हेण्डिक्राफ्ट, ब्याग तथा बिभिन्न सामाग्री बनाउने तालिम शुरु भएको छ । नेपाल ग्रिन लिक फाउन्डेसन प्रा.लि इटहरीको आयोजनामा भएको तालिमलाई उद्योग श्रम तथा रोजगार मन्त्रालय प्रदेश न.१ को कार्यालयले सहयोग गरेको हो । बुधबार देखि सुरु भएको तालिमको प्रशिक्षकको रुपमा रामरति चौधरी, ओम कुमारी चौधरी र सुनिता तिवारी हुमागाई रहेका छन् । २५ जनालाई प्रशिक्षण दिने योजना रहेको तालिमको प्रशिक्षक सुनिता तिवारी हुमागाईले जानकारी दिइन् । महिलाहरुलाई स्वरोजगार बनाइ आय आर्जनमा सहज बनाउने उदेश्यले तालिमको आयोजना गरिएको नेपाल ग्रिन लिक फाउन्डेसन प

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 1,288 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वडाअध्यक्ष भट्टराई सहित पाँच जना सम्मानित

    धरान । सफल कार्यकालको प्रशंसा गर्दै धरान उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईलाई सम्मान गरिएको छ । महेन्द्र वहुमुखी क्याम्पसमा आयोजना भएको बरिष्ठ कवि टिका आत्रेयको सिर्जना वाचन, पुस्तक परिचर्चा तथा सम्मान कार्यक्रममा वडाध्यक्ष कृष्णप्रसाद भट्टराईलाई सम्मान गरिएको हो । प्रा.डा. टंकप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र विजयपुरको आयोजना तथा किरात देवान समाज केन्द्रीय कार्य समिति सहआयोजनामा भएको कार्यक्रममा वडाध्यक्ष भट्टराईलाई सम्मान गरिएको हो । कार्यक्रममा भट्टराईसँगै कला, साहित्य तथा समाजसेवामा योगदान पु¥याएको भन्दै अनिल पौडेल, मातृका संग्रौला, जयकला राई, भगवती

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 1,190 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा ६५ प्रतिशतले मात्रै पाए पुर्ण खोप

    धरान । सुनसरी जिल्लामा ५ लाख ३८ हजार ३ सय १३ जनाले कोरोनाको खोप लगाए पनि पुर्ण खोप भने ३ लाख ९२ हजार ५ सय ९ जनाले मात्रै लगाउन पाएका छन् । पुर्ण खोप लगाउन अझै १ लाख ४५ हजार ८ सय ४ जना बाँकी रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका अनुसार हाल सम्म खोप लगाउन लक्षित जनसंख्या मध्ये ६४ दशमलव ७४ प्रतिशतले मात्रै पुर्ण रुपमा खोप लगाएका छन् । कार्यालयले कुल जनसंख्या ९ लाख २४ हजार ४ सय ५९ मध्ये १८ वर्ष माथिका ६ लाख ६ हजार २ सय ६० जनालाई खोप लगाउने लक्ष्य लिएको थियो । गत वर्षको माघ र फागुन देखि शुरु भएको कोभिड सिल्ड भ्याक्सिनको पहिलो र दोस्रो डोज लगाउनेको संख्या हाल सम्म १ लाख ११ हजार २ जना रह

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 679 पटक पढिएको
    • "इसान काफ्ले"
  • ‘कर्मचारीलाई अनावश्यक दबाब नदिनु’

    धरान । कर्मचारीहरूलाई अनावश्यक र अनुचित काम गर्न दबाब नदिन प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रीहरूलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री राईले योजना कार्यान्वयन क्रममा मन्त्रीहरूलाई असहयोग नगर्न सचिवहरूलाई पनि आग्रह गरेका छन् । उनले भने, ‘यो वा त्यो कानूनको बाहना गरेर मन्त्रीज्यूहरूलाई अलमलाउनु भएन, टार्ने, पन्छिने र पन्छाउने कामले संशय पैदा गर्छ, जे कुरा हो सचिवज्यूहरूले पनि मन्त्रीज्यूहरूलाई खुला र पारदर्शी ढंगले भन्नुप¥यो ।’ उनले ऐन, कानूनका कारण गाँठो परेका विषय फुकाउन सरकार तत्पर रहेको उल्लेख गर्दै जहाँ समस्या पर्छ त्यहाँ कानून बनाउँदै जाने बताए । म

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 954 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रेल सञ्चालनको तयारी, लिगबाट हाटबजार हटाउन सुरु

    जनकपुर/ धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे कम्पनीले रेलको लिगमा अव्यवस्थित रुपमा लाग्दै आएको हाटबजार हटाउन सुरू गरेको छ। अगामी महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको नेपाल रेल्वे कम्पनीले जनकपुरधाम उपमहानगरपालिका– १ सीता चोकस्थित रेल्वे लिकमा व्यापारीले लगाउँदै आएको दैनिक हाटबजार तत्काल हटाउन सुरु गरेको हो। जनकपुरधामसहित ठाउँ ठाउँमा रेल्वे लिगमै तरकारी हाटबजार लगाउने गरेका कारण रेल सञ्चालनमा समस्या हुने भएकाले लिगबाट हाटबजार हटाउने अभियान सुरु गरेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए। ‘रेल्वे लिगमै

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 835 पटक पढिएको
    • "रासस"
  • कोशी अस्पतालमा गुनासो बढ्दै: नमुना अस्पताल बनाउन दलहरुको प्रतिबद्धता

    धरान । सरकारी अस्पतालहरुको सेवा सुविधा चुस्त नहुँदा नागरिकले पाउने स्वास्थ्य उपचार प्रभावित बन्दै गएका छन् । देशका अधिकांश सरकारी अस्पतालको उपचार सेवा प्रति नागरिकको गुनासो बढ्दै गएको छ । विशेषज्ञ डाक्टर नबस्ने, सुचना प्रणाली व्यबस्थित नहुँदा बिरामीलाई समस्या भएको र पहूँचवालाले मात्रै सेवा पाएको गुनासो सेवाग्राहीको छ । विराटनगर स्थित कोशी अस्पतालको उपचार सेवा प्रति पनि बिरामीको गुनासो अधिक छ । संवाद समुह प्रदेश एकले आयोजना गरेको संवादमा पनि सेवाग्राहीले अस्पताल सेवा सुधारका लागि सुझाव दिएका थिए । विराटनगर स्थित कोशी अस्पतालको सेवा प्रवाह चुस्त दुरुस्त नभएको गुनासो बढ्दै गए पछि मोरङका राजनीति

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 936 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तीनमहिना पछि एकतर्फी सञ्चालन मेचीको धोवीधारा खण्ड

    धरान । मेची राजामार्गको इलाम नगरपालिकामा पर्ने धोवीधाराखण्डमा सडक भत्किएर अवरुद्ध बनेको तीन महीना पछि सञ्चालनमा आएको छ । साविक मेचीका चार जिल्ला जोड्ने सडक भत्किएपछि अवरुद्ध बनेको राजमार्ग तीन महिना पछि एकतर्फी सञ्चालनमा आएको हो । पहिरोेको भित्ता खनेर सोमबार साँझदेखि एकतर्फी रूपमा सवारीका साधन गुड्न थालेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए । उनले भने, ‘तत्काललाई एकतर्फी खुलेको भएपनि मेची राजमार्ग खुलेको छैन्, रातिको समयमा अझै पनि केही जोखिम छ तर दिउँसो मालबाहक सवारी साधन गुडाउन सकिन्छ ।’ धोबिधारातर्फ दिउँसो र राति नै साना–ठूला सवारी साधन गुडाउन सक्ने भए

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 949 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • छ लेन सडक विस्तार : दुहवी बजारमा सडक चौडा हुने

    धरान । छ लेन सडक विस्तारको क्रममा शुरुवात देखि नै अवरोध रहेको रानी विराटनगर–धरान सडक खण्डको दुहवीको बजार क्षेत्रमा १६ दशमलव ४६ मिटर मात्रै सडक चौडा गर्ने सहमती भएको छ । बसोबास बाहेकका स्थानमा भने ३० मिटर खाली गराउने सहमती भएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको रोहवरमा सडक आयोजनाका प्रमुख बद्रीप्रसाद शर्मा, दुहवी नगरपालिकाका प्रमुख वेद गच्छदार, बसोबास क्षेत्र रहेको दुहवी वडा नं. ३, ५ र ६ का वडाध्यक्षहरुको वैठकले दुहवी नगरपालिकाको बसोबास बाहेकका स्थानमा भने १५÷१५ गरी ३० मिटर खाली गराउने सहमति भएको छ । प्रारम्भदेखि नै दुहवीका स्थानीयहरुले

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 984 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved