फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलमा परिक्षण उडान सम्पन्न

  • माघ २७, २०७८
  • "भगीरथ भण्डारी"
alt

इलाम/ व्यवसायीक उडानको तयारी भइरहेको इलामको फाल्गुनन्द सुकिलुम्बा बिमानस्थलमा परिक्षण उडान सम्पन्न भएको छ । विमानस्थलको धावनमार्ग कालोपत्रे भएको पाँच महिनापछि मात्रै बुधबार नेपाल बायु सेवा निगमको टुइनेटर विमानले परिक्षण उडान गरेको हो ।

बुधबार मुख्य क्याप्टेन पेम्बा शेर्पा, क्याप्टेन रक्क्षित मल्ल र नागरिन उड्ययन प्राधिकरणको टोली सहित ११ जनालाई लिएर नेपाल बायुसेवाको बिमान काठमाडौंबाट इलाम उडान गरेको हो । काठमाडौं बाट बिहान ९ः०७ मा उडेको विमान १०ः०४ बजे इलाम सदरमुकामको सुकिलुम्बा विमास्थलमा अवतरण गरेको थियो । जहाज बस्नका लागी धावन मार्ग सहज रहेकाले सफल उडान परीक्षण भएको क्यापटेन पेम्बा शेर्पा बताए । फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट ८ फागुनबाट ब्यवसायीक उडान शुरु हुँदैछ ।

तारा एयरलाइन्सले साताको एक दिन काठमाडौं इलाम काठमाडौं उडान गर्ने तयारी छ । नियमीत उडान गर्नको लागि इलाम नगरपालिका र तारा एयरलाइन्सका बीच सम्झौता भइसकेको छ । प्रत्येक आइतबार उडान गर्नेगरी नगरपालिका र एयरलाईन्सबीच सम्झौता भएको हो । सम्झौता अनुसार आतेजाते ११–११ जना यात्रुको ग्यारेन्टी इलाम नगरपालिकाले गर्नुपर्नेछ । ११ जना यात्रु नपुगे अपुग यात्रुको भाडा नगरपालिकाले ब्यहोर्नु पर्नेछ । हवाई यात्राको लागि एकतर्फि भाडा आठ हजार ७ सय कायम गरिएको छ ।

त्यस्तै उडानको लागि विमानस्थलमा आवश्यक कर्मचारीको ब्यवस्थापन र भूमिस्थ सेवाको ब्यवस्था पनि नगरपालिकाले गर्नुपर्ने सम्झौतामा उल्लेखछ । विमानस्थलबाट नियमीत उडान भए इलामको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ । इलाममा हवाईयात्रा नहँुदा यहाँ आउन चाहाने पर्यटकहरु पनि लामो यात्रा गर्नुपर्ने झञ्झटले पनि इलाम नआउने गरेको सरोकारवाला बताउँछन् ।

फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट नियमीत उडान भए इलाम, पाँचथर सहित भारतको, दार्जिलिङ, सिक्कम लगायतका मानिसहरुलाई हवाईयात्राको लागि सहज हुनेछ । विमानस्थल बनाउन शुरु भएको दश वर्षमा मात्रै निर्माण पुरा भएको हो । २०५८ सालमा नै विमानस्थल निर्माणको प्रक्रिया थालिएको थियो । विमानस्थल बनाउने प्रक्रिया थालेको दश वर्षपछि २०६८ सालमा मात्रै निर्माणको काम थालियो । निर्माण थालेको दश वर्षपछि २०७८ मा मात्रै विमानस्थल निर्माण पुरा भएको हो । विमानस्थलको धावन मार्ग कालोपत्रे हुनु अघि समेत परिक्षण उडान गरिएको थियो । २१ जेठ २०७५ मा तारा एयरको ट्वीनेटर जाहाजले परिक्षण उडान गरेको थियो ।

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

धरानमा पहिलोपटक महिल ...

धरान/  धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल ...

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved