‘कर्मचारीलाई अनावश्यक दबाब नदिनु’

  • माघ २७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कर्मचारीहरूलाई अनावश्यक र अनुचित काम गर्न दबाब नदिन प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री राईले योजना कार्यान्वयन क्रममा मन्त्रीहरूलाई असहयोग नगर्न सचिवहरूलाई पनि आग्रह गरेका छन् । उनले भने, ‘यो वा त्यो कानूनको बाहना गरेर मन्त्रीज्यूहरूलाई अलमलाउनु भएन, टार्ने, पन्छिने र पन्छाउने कामले संशय पैदा गर्छ, जे कुरा हो सचिवज्यूहरूले पनि मन्त्रीज्यूहरूलाई खुला र पारदर्शी ढंगले भन्नुप¥यो ।’ उनले ऐन, कानूनका कारण गाँठो परेका विषय फुकाउन सरकार तत्पर रहेको उल्लेख गर्दै जहाँ समस्या पर्छ त्यहाँ कानून बनाउँदै जाने बताए ।

मुख्यमन्त्री राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरूलाई एकआपसमा समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । प्रदेश सरकार अन्तर्गतका मन्त्रालय तथा निकायहरूको बुधबार भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले कामको सिलसिलामा कसैले कसैको राजनैतिक वाद वा सिद्धान्त नहेर्न पनि आग्रह गरेका छन् । मुख्यमन्त्री राईले भने, ‘हाम्रो सरकारको योजना र उद्देश्यसँग तालमेल मिलाउनुप¥यो, कर्मचारी जो भए पनि हुन्छ ।’

समीक्षा कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले मन्त्रालय विस्तारपछि जनस्तरबाट आलोचना भएको अवस्थामा अब कार्यसम्पदानबाटै जवाफ दिनुपर्ने बताए । उनले भने, ‘मन्त्रालय र मन्त्री बढाएर खर्च बढाए भन्ने आरोप छ, अब राम्रो कार्यसम्पादन गरेर परिणाममुखी कामबाटै जवाफ दिनुपर्दछ ।’ उनले कामको प्रकृति र जिम्मेवारी अनुसार मन्त्रालयहरूको बजेट फरकफरक हुनु स्वाभाविक भएको उल्लेख गर्दै प्राप्त बजेट सञ्चालन र खर्च गर्नमा दक्षता बृद्धि हुनुपर्ने आवश्यकता औंल्याए ।

उद्योग, श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गामले कर्मचारीहरूलाई स्थीर सरकारको संज्ञा दिदै जाडोमा तराई गर्मीमा पहाड बस्न खोज्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए । यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश सरकारको मुख्य राजश्वको स्रोतलाई बृद्धि गर्न यातायात व्यवस्था कार्यालयको काम कारवाहीलाई थप व्यवस्थित गरिने बताए ।

प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले सरकारको कार्यक्रम र भावनाअनुरुप काम गर्नका लागि आवश्यक तादम्यता मिलाउन सचिवहरूलाई निर्देशन दिए । उनले सरकारका मन्त्रीहरूलाई ऐन, कानूनको बारे सुस्पष्ट जानकारी गराउने काम सम्बन्धित मन्त्रालयका सचिवहरूको भएकाले त्यसतर्फ ध्यान केन्द्रित गर्न आग्रह गरे । समीक्षा कार्यक्रममा प्रदेश सरकार अन्तर्गतका मन्त्रालय र निकायका सचिवहरूले आ–आफ्ना मन्त्रालय र कार्यालयको अर्ध–वार्षिक प्रगति प्रस्तुत गरेका थिए ।

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved