समाचार

    Showing 6,621-6,630 of 10,040 items.
  • भुमि आयोगको काम झन्झटिलो: ‘नो लालपूर्जा नो भोट’

    धरान/ फास्ट ट्रयाकबाट धनीपूर्जा वितरणको माग राख्दै सुकुम्बासीहरुले अहिले ‘नो लालपूर्जा नो भोट’ अभियान देशै भरी संचालन गरेका छन् । उनीहरुले स्थानीय चुनाव अगावै सुकुम्बासीहरुलाई ‘फास्ट ट्रयाक’ बाट धनी पूर्जा वितरण नगरिए स्थानीय निर्वाचनमा भाग नलिने भन्दै देशका विभिन्न स्थानीय तहहरुमा ज्ञापनपत्र नै बुझाएका छन् ।सुकुम्बासीको हक हितमा काम गर्दै आएको नेपाल बसोबास बस्ती संरक्षण समाजले फास्टट्रयाकबाट लालपूर्जा वितरणको माग राख्दै स्थानीय चुनावभन्दा अगाडि भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण नगरे निर्वाचनमा भाग नै नलिने चेतावनी समेत दिएका छन । बुधबार समाजले सुन्दर हरैचा नग

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 1,221 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • मधेस प्रदेशमा दलितको अवस्था: बढ्दो हत्या र बलात्कार

    धरान/ देशकै सबै भन्दा धेरै दलित समुदायको जनसंख्या रहेको मधेश प्रदेशमा वर्षेनी दलित समुदाय माथि हुने विभेदका घटना बढ्दै गएको छ । मधेश प्रदेशमा जातीय भेदभाव तथा छुवाछुतका घटना बढी हुने गरेको एक अध्ययनले देखाएको छ । केही दिन अघि इन्सेक नेपालले सार्वजनिक गरेको नेपाल मानव अधिकार वर्ष २०२२ का अनुसार वर्षेनी अधिकार हनन्का घटनाहरुमा कुनै कमि आउन सकेको छैन् । पुस्तकका अनुसार पछिल्लो चार वर्षमा दलित समुदायका ६२ जनाको हत्या भएको छ भने २ सय ४९ जना माथि बलात्कार भएको छ । तथ्यांक अनुसार सन २०१८ मा मधेश प्रदेशमा ११ जनाको हत्या भएको थियो भने सन २०२१ मा ११ जनाकै हत्या भएको छ । सबै भन्दा बढी सन २०२० र २०१

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 1,838 पटक पढिएको
    • "दिनेश गजमेर"
  • पानीमा डुबेर बालकको मृत्यु

    धरान । मोरङको जहदा गाऊपालिका ७ सिरसिया बस्ने महेश हस्दाको ३० महिनाका छोरा रबिन हस्दाको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ । बुधबार दिउसो साढे २ बजे आफ्नै घर अगाडी धाराको पानी जमेको खाल्डोमा डुबि बेहोस भएको अबस्थामा उनकै बुबाले फेला पारी उपचारको लागी कोशी अस्पताल विराटनगर लगेकोमा घाईते बालकको उपचारको क्रममा हिजो बेलुका ५ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 1,295 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बी डिभिजन खेल्न बोइज युनियनको टिम प्रस्थान

     धरान । सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता खेल्न ब्वाइज युनियन क्लबको टिम काठमाडौ प्रस्थान गरेको छ । टिममा धराने खेलाडीको बाहुल्यता रहेको छ भने झापा तथा मोरङका खेलाडी सम्मिलित छन् । टोलीलाई मंगलबार एन्फाका एक नं. प्रदेश अध्यक्ष तथा धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले विदाई गरेका हुन् । राईले खेलाडी तथा प्रशिक्षकलाई सुझाव दिदै ए डिभिजनमा बढुवा हुने गरी खेल्न आग्रह गरे । उनले विगतका वर्षहरुदेखि नै ब्वाइज युनियन क्लबमा धरानका खेलाडी खेलिरहेको भन्दै यसवर्ष धरानको गौरब बढाउने गरी खेल प्रदर्शन गर्न अनुरोध गरे ।  टिमका प्रशिक्षक सागर घिमिरेले गतवर्ष भन्दा राम्रो तयारी गरेको बता

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 1,270 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तत्काल नामाकरण गर्न सर्वदलीय सहमत

    धरान । प्रदेश सभाकै म्याद सकिनै लाग्दा समेत प्रदेश नंं. १ नामाकरण टुङ्ग्याउन नसकेको भन्दै सरकारको आलोचना बढिरहँदा प्रदेशको तेस्रो सरकारले सर्वदलिय सहजीकरण शुरु गरेको छ । नामाकरणको मुख्य जिम्मेवारी व्यवस्थापिकाको रहे पनि सर्वसम्मतका लागि सरकारले सहजीकरण गर्न शुरु गरिएको प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राईले बताए । मंगलबार सर्वदलीय बैठकको आयोजना गर्दै मुख्यमन्त्री राईले प्रदेशको नाम टुंगो लगाउने सवालमा सत्तापक्ष र प्रतिपक्ष भनेर विभाजित हुन आवश्यक नभएको धारणा व्यक्त गर्दै सरकारले सहजीकरणको शुरुवात गरिएको बताए । तीन वर्षभन्दा बढी रहेको शेरधन राई नेतृत्वको सरकार र छोटो समयमै ढलेको भ

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 1,008 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कान्छी श्रीमती र प्रेमीको मिलेमतोमा हत्या : दिनेश सिग्देल हत्या प्रकरण

    धरान । वैदेशिक रोजगारीले निम्त्याएको पारिवारिक बेमेलका कारण मोरङ बस्दै आएका झापाका दिनेश सिग्देलले ज्यान नै गुमाउनु पर्‍यो । वैदेशिक रोजगारीका लागि बहराईन गएका सिग्देलको परिवारमा बेमेल बढ्दै गए पछि उनकी कान्छी श्रीमती अर्कै सँग लागिन जसको कारणले गर्दा उनको ज्यान गयो । सिग्देलले १० वर्ष अघि सुनसरीको बराहक्षेत्र १० स्थित प्रकाशपुरकी अनिता केशी सँग दोस्रो विवाह गरेका थिए । जेठी श्रीमती सँग सम्बन्ध बिग्रिए पछि उनले अनिता सँग बिहे गरेर विराटनगर स्थित वडा नम्बर ३ पिपलचौकमा बस्न थालेका थिए । ८ वर्षको नानी छाडेर दुई वर्ष अघि उनी बहराईन पुगेका थिए । पछिल्लो समय कान्छी श्रीमतीको व्यवहारमा परिवर्तन

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 1,092 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा “सुजुकी सेलेरियो” लञ्च

    धरान/ नेपाली बजारमा धेरै रुचाईएको चार पाङ्ग्रे सवारी सुजीकीले बजारमा नयाँ सवारी सार्वजनिक गरेको छ ।मंगलबार धरानमा रहेको कम्पनीको आधिकारीक बिक्रेता राई मोटर्सले सुजुकिको नयाँ कार “सुजुकी सेलेरियो” सार्वजनिक गरेको हो । शोरुममा एक कार्यक्रममको अयोजना गरी माछापुच्छे« बैंक धरान शाखाका प्रबन्धक विराज खनाल र शोरुम प्रोपाइटर महेश राईले संयुक्त रुपमा लञ्च गरेका हुन् । पारीवारीक उपयोगिताको लागि निकै लोक्रोपिय मानिएको सेलेरियो कारले नेपालमा उपलब्ध कारहरुमध्ये सबै भन्दा बढी माइलेज दिने कम्पनीको दाबी रहेको छ । कम्पनीका अनुसार पावर र माइलेजको समिश्रण भएको नयाँ जेनेरेशन सेलेरियोमा डुअ

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 1,178 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पानी जमेको खाल्डोमा डुबेर बालिकाको मृत्यु

    धरान । सुनसरीको हरिनगरा गाउँपालिका ३ की एकजना बालिकाको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय निलम कुमारी रामकी १ बर्षीया छोरी सुस्मिता कुमारी राम रहेकी छिन् । सोमवार दिउँसो २ बजेको समयमा घर छेउमा रहेको पानी जमेको खाल्डोमा डुबेर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । खबर प्राप्त भए संगै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटेर गई घटना सम्बन्धमा थप अनुसान्धान भईरहेको छ ।

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 1,331 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बस दुर्घटना हुँदा १ जना मृत्यु, ४ जना घाईते

    धरान । इलाम नगरपालिका १० स्थित मेची राजमार्गमा बस अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । मृत्यु हुनेमा बारा जिल्लाको सिम्राहागण नगरपालिका ७ का ३५ बर्षीय प्रदिप कुसुवाह रहेका छन् । हिजो राती ९ बजे बारा जिल्लाबाट इलाम घुम्न आएका ४४ जना सवार ना।४ ख ६२४८ नम्वरको बस अनियन्त्रित भएर सडकको नालीमा ठोकिन गई दुर्घटना हुँदा कुसुवाहको झ्यालबाट हाम्फाल्ने क्रममा बसले चेप्पिई घटना स्थलमानै मृत्यु भएको हो । गम्भिर घाईते भएका ४० बर्षीय धुरुप कुसुवाहको बि।एण्ड।सि। अस्पताल बर्तामोडमा र अन्य सामान्य घाईते ३ जनाको स्थानिय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 841 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उदयपुरको श्रृष्टी जंगलमा मृत फेला परेका एक ब्यक्तिको हत्या भएको पुष्टी, हत्यामा संल्गन १ जना पक्राउ

    धरान/ उदयपुरको कटारी नगरपालिका- ८ श्रृष्टीको जंगलमा फागुन ७ गते मृत फेला परेका १ ब्यक्तिको हत्या भएको पुष्टी भए संगै हत्यामा संल्गन १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर बेलश्रोतका २८ बर्षीय कमल थापा भनिने कमल बि।क। रहेका छन् । जंलगमा मृत फेला परेका ब्यक्ति भारतको राजस्थानका ५० बर्षीय राम किसन मिणा भएको खुल्न आए संगै बि।क।लाई पक्राउ गरिएको हो । बि.क.ले मिणालाई माघ २५ गते घाँटीमा डोरीले कसेर हत्या गरेको खुल्न आएको छ । मोरङको कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिका बिचको डास खोलामा निर्माणाधिन रहेको पुलमा पायलिङ मेशिनको काम गर्दै आएका भारतिय नागरीक मिणा माघ २६ गते

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 894 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved