धरान । सुनसरीको हरिनगरा गाउँपालिका ३ की एकजना बालिकाको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय निलम कुमारी रामकी १ बर्षीया छोरी सुस्मिता कुमारी राम रहेकी छिन् ।
सोमवार दिउँसो २ बजेको समयमा घर छेउमा रहेको पानी जमेको खाल्डोमा डुबेर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर प्राप्त भए संगै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटेर गई घटना सम्बन्धमा थप अनुसान्धान भईरहेको छ ।