धरान । मोरङको जहदा गाऊपालिका ७ सिरसिया बस्ने महेश हस्दाको ३० महिनाका छोरा रबिन हस्दाको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
बुधबार दिउसो साढे २ बजे आफ्नै घर अगाडी धाराको पानी जमेको खाल्डोमा डुबि बेहोस भएको अबस्थामा उनकै बुबाले फेला पारी उपचारको लागी कोशी अस्पताल विराटनगर लगेकोमा घाईते बालकको उपचारको क्रममा हिजो बेलुका ५ बजे मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।