विराटनगर । प्रदेश नं १ सरकारका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि पनि नेकपामा एक समूहबाट अर्को समूहमा सांसद आउने जाने क्रम चलिरहेको छ । पछिल्लो पटक नेकपाका तीन जना सांसद्ले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिएको जनाएका छन । गोपाल बुढाथोकी, जसमाया गजमेर र श्रीप्रसाद मैनालीले अविश्वासको प्रस्ताव फिर्ता लिएको जनाएका हुन । उनीहरुले राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वास दर्ता सम्बन्धी निवेदनमा ३७ जना सांसदसंगै हस्ताक्षर गरेका थिए । तर, उनीहरुले प्रदेशसभामा सामूहिक निवेदन दर्ता गराई नेकपाको सरकारविरुद्ध नेकपाकै सांसद्हरूले अविश्वासको प्रस्ताव दर्ता
विराटनगर । विराटनगरको अवधनारायण मेमोरियल क्लिनिक तोडफोड भएको छ । लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले क्लिनिक तोडफोड गरेका हुन । मोरङको बेलबारी नगरपालिका वडा नम्बर ८ निवासी ३२ वर्षीया सजना राईको उपचारका क्रममा लापरवाही भई मृत्युको भन्दै आफन्तले क्लिनिक तोडफोड गरेका हुन । उनको पित्तथैलीमा बसेको पथरियाको शल्यक्रिया गरिएको थियो । राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार मृत्यु भएको हो । तर, आफन्तले भने अवधनारायण क्लिनिकमा भर्ना गरराई अप्रेसन गर्दा लापरवाहीले मृत्यु भएको आरोप लगाएका छन । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले घटनामा
झापा / विगत हप्ता दिन देखि लागेको हुस्सुका कारण सबै भन्दा बढी नोक्सान कृषीमा परेको छ । चिसो बढेपछि किसानले लगाएको हिउँदे साग सिबी काक्रो आलु टमाटर खेतीलाई बढी नोक्सानी भएको छ । पूर्वी झापामा किसानले लगाएका हिउँदे बालीमा ठुलै असर परेको बताउँछन् कृषक खरेल । खरेलका अनुसार लगातार लागेको हुस्सुका कारण एक विघामा लागएको हिउँदे तोरी फुलेको बोलामा अचानक हुस्सु लाग्दा उत्पादन हुन नसकेको हो । पालिका १२ कृषक हरिप्रसाद रिमालका अनुसार अचानक मौसममा परिवर्तन आएपछि रिमालले लगाएको १० कठ्ठा आलुवाली अत्याधिक चिसोको कारण सबै आलु ओइलाएर गएको छ । त्यस्तै कृषक हेमन्त मिश्रले लगाएको टमाटर खेति पनि मर्न थालेको कृषक
सोलुखुम्बु । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-११ बरडाँडामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आईतवार राती पौने १२ बजे सोलु सल्लेरीबाट नेचासल्यान जाने भित्री सडकखण्डमा २३.५ हाईड्रो साल्मे बाट पुरानो रड र तारहरु बोकि ८६ हाईड्रोतर्फ जादैगरेको ce कम्पनीको बा ४ ख ७९८० नंम्बरको टिफर आफै अनियन्त्रित भई दुर्घटना हुँदा टिपरमा सवार रहेका बाग्मती नगरपालिका-४ मकवानपुरका ३३ बर्षीय राज कुमार मगर, सुरुङगा नगरपालिका-८ सप्तरीका १९ बर्षीय कृष्णराज चौधरी र धार्दिङका ३० बर्षीय कमल मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सोही दुर्घटनामा घाईते भएका हेटौडा फ
विराटनगर । ‘अरुतिर बनाउनासाथ खाल्डो प¥यो,भत्कियो, कालोपत्रे उप्कियो भनेर गुनासो गर्छन तर हाम्रोतिर दश वर्षअघि बनाएर छाडेको सडक अहिले पनि उस्तै छ,’स्थानीय सत्यनारायण साहले सुनाए,‘साँच्चै राम्रो सडक बनाउन चाहँदा त बन्ने रहेछन ।’ सडक एक वर्ष नपुग्दै भत्किने, खाल्डो पर्ने र भास्सिने गर्छन भन्ने आम मानिसको धारणलाई मोरङको उर्लाबारी–आमवाडी र झापाको पाडाजुँगी–गौरीगञ्ज सडकले गलत सावित गरिदिएका छन । मजबुत र टिकाउ सडक बनेकैले स्थानीय उपभोक्ताले समेत मुक्तकण्ठले प्रशंसा गर्छन । पूर्वका यी दुई सडकले यस क्षेत्रका स्थानीयको मन जितेकै थिए हिजोआज भने ‘राम्रा सडक
धनकुटा÷प्रतिगमनलाई रोक्न संसद विगठन एकमात्र विकल्प भएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले आज आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोध गर्दै गुहमन्त्री थापाले यस्तो बताएका हुन् । उनले समाजवादको नेतृत्व गरी रहेको देशलाई समृद्धिको दिशामा अघि बढ्दै गर्दा नेकपालाई विभाजन गर्न प्रतिगामी शक्ति लागि परेकोले यसलाई जोगाउन प्रधानमन्त्रीले संसद विघटनको कदम चाल्नु परेको स्पष्ट पारे । राष्ट्रियताको आन्दोलनमा एक भएर लड्नु पर्ने बेलामा प्रचण्ड र माधव नेपालको अपवित्र गठबन्धनले अहिलेको अवस्था आएको समेत बताए । राष्ट्रिय स्वाधिनता र राष्ट्रिय एकताका लाग
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको विवाह यही माघ ११ गते हुने तय भएको छ । राईको विवाह संखुवासभाकी युवती ज्याङमु शेर्पासित काठमाडौमा हुने तय भएको हो । उनका परिवार हाल अमेरिकामा बस्दै आएका छन । यही माघ ११ गते विवाह हुने भएको हो । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव नवराज राईले दिएको जानकारी अनुसार परिवार तथा आफन्तहरुको सहभागिताबीच काठमाडौमा विवाह हुन लागेको हो । २२ वर्षीया शेर्पा मिस मंगोल २०१८ हुन । विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय मुख्यमन्त्री राई भोजपुर निवासी हुन । उनी विद्यार्थी कालमा राष्ट्रियस्तरका भलिबल खेलाडी थिए । राईको विवाहको प्रसंग उठ्दा उनले छिट्टै नै गर्ने जन
धरान । नेपालको चर्चित गायन रियालीटी सो वाइवाइ नेपाल स्टारको टप ५ मा धराने युवागायक सन्देश बम्जन लामा पर्न सफल भएका छन् । नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार बेलुकी ८ः५० मा प्रसारण हुने गायत प्रतियोगितामा टप ५ मा पनि सफल भएका हुन् । अन्य प्रतिष्पर्धीहरुको तुलनामा उनको स्वरको तारिफ निर्णायकहरुले पनि गर्ने गरेका छन् । उनको गायन शैलीलाई पनि सबैले मन पराएका छन् । धरान २ का सन्देशलाई बाल्यकाल देखिनै संगित प्रति रुचि रहेको उनका बुबा पशुपति तामाङले बताउँछन् । संगित प्रतिको रुचि र साधनाले नै उनलाई टप ५ मा पुर्याएको छ । संगितको कुनै पनि अध्ययन नगरेका सन्देश घर, विद्यालयमै गुनगुनाउदै यो क्षेत्र सम्म
विराटनगर । सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्न लिइने ट्रायल संचालन गर्ने जिम्मा निजी क्षेत्रलाई नदिन माग गर्दै प्रदेश १ को सार्वजनिक लेखा समितिमा उजुरी परेको छ । सरकारी सेन्टरबाट नै ट्रायल लिने व्यवस्था गर्न माग गर्दै प्रदेशको सार्वजनिक लेखा समितिमा विद्यार्थी नेता ओसिम आलमले उजुरी दिएका हुन । प्रदेश सरकारले सरकारीको साटो निजीलाई प्रोत्साहन गर्न खोजेके र अनियमितताको गन्ध आएकोले छानबिनका लागि उजुरी दिइएको आलमले बताए । सार्वजनिक लेखा समितिका सभपति शिवनारायण गन्गाईलाई दिएपछि आलमले भने, “बिचौलियालाई फाइदा पुग्ने देखिएकोले उपभोक्तालाई थप आर्थिक भार नपरोस भनेर हामीले बेलैमा विरोध
इलाम ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता महेश बस्नेतले झलनाथ खनाल राष्ट्रपति हुने चक्करले प्रचण्ड–नेपाल समूहमा लागेको बताएका छन् । इलाममा आयोजित नेपाल कम्युनिष्ट पार्टी ओली पक्षका नेकपा कार्यकर्ताहरूको युवा भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य समेत रहेका बस्नेतले खनाल राष्ट्रपतिहुने चक्करले प्रचण्ड नेपाल समूहमा लागेको बताएका हुन् । प्रचण्डले खनाललाई राष्ट्रपतिको आश्वासन दिएका कारण ओली विरुद्घ लागेको बताएका छन् । उनले भने,‘राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर आफू राष्ट्रपति बन्ने दाउमा लागेको भन्दै बस्नेतले विवेकहिन तत्व सलबलाएको बताए । ‘कम