सङ्खुवासभा÷ भीरबाट लडेर शनिबार राति सङ्खुवासभाका एकजना पुरुषको मृत्यु भएको छ । सभापोखरी–३, फुकामका ५२ वर्षीय सूर्यबहादुर घलेको मृत्यु भएको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पावाबाट घर फर्कने क्रममा बालिङ्गे भीरबाट लडेर घलेको मृत्यु भएको जानकारी स्थानीयले प्रहरीलाई दिएका थिए ।
धरान÷ गोर्खा भर्तीमा हुने गरेका अनियमितता तथा दलाल प्रवृत्तिविरुद्ध कलम चलाउने पत्रकारहरूलाई सम्मान गरिने भएको छ । धरान–१८ को रत्न चोकस्थित गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले आइतबार पत्रकार सम्मेलन गरी वीर गोर्खा पत्रकारिता पुरस्कार र वीर गोर्खा नवप्रतिभा पुरस्कार घोषणा गरेको छ । सेन्टरले प्रेस युनियन, धरान नगर समितिको सहकार्यमा सम्मान तथा पुरस्कारको घोषणा गरेको हो । अन्यायविरुद्ध साहसका साथ कलम चलाउने, गोर्खाको इतिहास र देश निर्माणमा गोर्खाहरूले पु¥याएको योगदान एवम् सामाजिक क्षेत्रमा गोर्खाहरूको सक्रियतालाई उजागर गर्ने पत्रकारहरूलाई सम्मानस्वरूप पुरस्कार प्रदान गरिने सेन्टरका प
विराटनगर÷ कोरोनाविरुद्धको खोप कार्यक्रमले प्रदेश १ मा अपेक्षित गति लिन नसकेको देखिएको छ । भारत सरकारको अनुदानमा नेपाल सरकारले प्राप्त गरेको कोभिसिल्ड खोप लगाउन माघ १४ गते सुरु गरिएको हो । पहिलो खोप लगाएपछि दोस्रो खेप लगाउने सरकारको तयारी छ । उद्घाटन कार्यक्रमकै दिन प्रदेश सरकारले २८ हजारभन्दा धेरैलाई खोप लगाइने घोषणा गरेको थियो तर योजनाअनुसार खोप अभियान अघि बढ्न नसकेको देखिन्छ । सामाजिक विकास मन्त्रालयका अनुसार आइतबारसम्म १३ हजार २८३ जनाले खोप लगाएका छन् । प्रदेश १ मा खोप कार्यक्रम सुरु भएको आइतबार पाँच दिन भएको छ । मन्त्रालयको आँकडाअनुसार सुनसरीमा २ हजार ६५४, झापामा २ हजार ५८१, मोर
विराटनगर । शैलजा आचार्य स्मृति पोलिटेक्निकले आफ्नो १९ औ वार्षिक उत्सव मनाएको छ । शुक्रबार कलेजका अध्यक्ष मीता आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय, विद्यार्थीका अभिवावक, कलेजका विद्यार्थी तथा स्थानीय वुद्धिजीवीको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै जहदा गाउँपालिकाका अध्यक्ष कैलाशानन्द मण्डलले पोलिटेक्निकका लागि आवश्यक सबैखाले सहयोग गर्न तयार रहेको बताए । उनले ग्रामीण जनताका लागि बहुमुल्य निधिका रुपमा रहेको पोलिटेक्निकबाट सीमान्तकृत समुदाय लाभान्वित भएको बताए । कलेजकी अध्यक्ष मीता आचार्यले शहीदहरु तथा संस्थाकाबारेमा प्रकाश पारेकी थिईन् । उनले प्रजातन्त्रवादी चिन्तकहरुको सपना
धनकुटा÷ प्रायः मानिसहरु सेवा सुविधाको सहज उपभोगको हिसाबले गाउँबाट शहर बसाई सर्ने गर्दछन् । तर धनकुटाको छथर जोरपाटीमा मानिसहरु उल्टो शहरबाट गाउँ बसाई सर्न थालेका छन् । बसाई सराई रोक्नका लागि गाउँपालिकाले सञ्चालन गरेको दुहुना गाई उपहार कार्यक्रममा आर्कषित भएपछि जिल्लाका नगर र अन्य जिल्लाहरुबाट गाउँमा कृषि खेती गर्न बसाई आउन थालेका हुन् । गत आर्थिक बर्ष २०७६÷०७७ बाट गाउँपालिकाले बसाई सरेर जानेलाई ‘जानेलाई बाई–बाई, आउनेलाई एक दुहुना गाई अनुदान’ कार्यक्रम शुरु गरेको थियो। उक्त कार्यक्रम सञ्चालनमा आएपछि गत बर्ष जिल्लाका तीन नगरपालिका छाडेर आधा दर्जन भन्दा बढी परिव
इलाम: अमला, लप्सी र मेल बिक्री नभएर गाउँभरि कुहिएर खेर गइरहेका छन् । न किन्न कोही पुग्छ, न त बिक्री र त्यसको सदुपयोग नै गर्न सकिन्छ । फलफूल र जडीबुटी बजारमा बिक्री नभएपछि यसबाट आम्दानी हुन्छ भन्ने आश पनि मरिसकेको थियो, तर अब गाउँका खेतबारीमा कुहिरहेका फलफूल र जडीबुटी खेर फाल्नुपर्ने छैन । इलाम सदरमुकामको अग्र्यानिक नमुना कलेक्सन कोसेली घरले अचार उद्योग सञ्चालन गरेको छ । गाउँघरमा सदुपयोग हुन नसकेका फलफूलबाट कोसेली घरले अचार बनाएर बिक्री गरिरहेको उद्योग सञ्चालक चुँडा रिजाल बताउँछन् । उद्योग नै सञ्चालन गरेर फलफूलबाट अचार बनाइन थालेपछि अब गाउँघरमा फलफूल खेर फाल्नु
इटहरी: चौध वर्षयता फलफूल बेचेर परिवारको पेट पालिरहेका इटहरी—५ का गोविन्द खनाल स्थानीय सरकारसँग रूष्ट छन् । उनले अब पसल सार्नुपर्ने भएको छ, तर कहाँ सार्ने भन्ने ठाउँको ठेगान छैन, त्यसैले उनी चिन्तित पनि छन् । गैसारका अशोक थपलिया पनि यस्तै चिन्तामा छन् । पाँच वर्षयता ठेलामा चियाखाजा बेच्ने गरेका उनको पनि अब कहाँ जाने भन्ने निश्चित छैन । छ लेन लोकमार्गले उनीहरूजस्ता दुई दर्जन फुटपाथ व्यवसायीहरूलाई उठिवास लगाउने भएको छ । सडक निर्माणले गति लिएपछि सडक क्षेत्रमा व्यवसाय गर्ने उनीहरू विस्थापित हुन लागेका हुन् । उपमहानगरले उचित र पायक पर्ने स्थानमा स्थान
धरान: सरकारले सुकुम्बासीहरूको समस्या समाधानका लागि गठन गरिएको भूमिसम्बन्धी समस्या समाधान आयोगले लालपुर्जा वितरणको प्रक्रिया अगाडि बढाएको छ । आगामी असार मसान्तसम्ममा पुर्जा वितरण गरिसक्ने गरी आयोगले प्रक्रिया अगाडि बढाएको आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले बताए । त्यसै क्रममा प्रदेश १ का एक सय ३८ पालिकाहरूमध्ये ३० पालिकाहरूसँग गत मङ्सिर २२ गते विराटनगरमा सम्झौतासमेत भइसकेको छ । आयोगले प्रदेश १ का ताप्लेजुङ, पाँचथर इलाम, धनकुटा भोजपुर, झापा, मोरङ, सुनसरी र उदयपुरका स्थानीय तहसँग सम्झौता गरेको छ । ती स्थानीय तहमा जग्गा उपलब्ध गराउनुपर्ने भूमिहीन तथा सुकुम्बासीको सङ्ख्या पनि
धरान÷ धरान उपमहानगरपालिका–१६ ले धरानमै पहिलोपटक विपन्न परिवारलाई रासन कार्ड वितरण गरेको छ । १६ नं वडाले शनिबार पहिलो चरणमा वडाका ३२ परिवारलाई रासन कार्ड वितरण गरेको हो । कार्ड प्राप्त गर्ने परिवारले परिवारको सङ्ख्याका आधारमा निःशुल्क रासन प्राप्त गर्ने वडाध्यक्ष दिलकुमार गिरीले जानकारी दिए । वडाध्यक्ष गिरीका अनुसार दुईदेखि तीनजनासम्म सदस्य हुने परिवारले मासिक २५ केजी चामल तथा दाल, नुन, खानेतेल एक÷एक केजीका दरले दिइनेछ भने एकजनाको परिवारलाई चामल १५ केजी तथा दाल, नुन, खानेतेल एक÷एक केजीका दरले प्राप्त गर्नेछन् । वडाका २० विपन्न परिवारका एक सयजनाको निःशुल्क स्वास्थ्य
इलाम: इलाममा अपाङ्गता भएका व्याक्तिको परिवारलाई न्यानो कपडा वितरण शुरु गरिएको छ । हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रम अन्तर्गत माई नगरपालिकाले अपाङ्गता भएका व्याक्तिको परिवारलाई न्यानो कपडा वितरण गरेको हो । अपाङ्गता भएका नगर भित्रका ५१ जना अपाङ्गता भएका व्याक्तिलाई न्यानो कपडा (ब्याल्यङ्केट सिरक) लगाएतका सामग्री बितरण गरिने हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रम समन्वयकर्ता नविन कुमार पौड्यालले जानकारी दिए । शुक्रबारबाट शुरु भएको वितरण कार्याक्रममा हालसम्म नगरका १८जनालाई सहयोग गरिसकेकोे पौडेलले बताए। करुणा फाउण्डेसन नेपालको साझेदारीमा अपाङ्गता भएका ब्याक्ति तथा परिवारको न्यानो कपडा वितरण