इलाम: देशकै प्रमुख पर्यटकीय स्थल हो, कन्याम । सूर्योदय नगरपालिकामा पर्ने कन्याम घुम्नकै लागि नेपालबाट मात्र होइन, भारत र भुटानबाट समेत पर्यटकहरू आउँछन् । मनोरम चियाबारीमा सेल्फी लिनकै लागि कन्याममा भीड लाग्छ । तीन वर्ष अघिसम्म कन्याम नै इलामको एकमात्र प्रख्यात चियाबारी भनेर चिनिन्थ्यो । सुगम क्षेत्र र सडक भएकोले जो कोहीको मन कन्याममा तानिन्थ्यो । अहिले भने कन्यामझैं चियाबगानका कारण उत्तिकैै प्रख्यात बनेको छ, देउमाई नगरपालिकामा पर्ने पानीटार । तीन वर्षसम्म पानीटारबारे अधिकांश जिल्लावासीलाई नै थाहा थिएन । चियाबारी भन्नेबित्तिकै कन्याम, श्रीअन्तुमात्र बु
धरान÷ धरान उमनपा कार्यपालिकाको सोमबार बसेको बैठकले नौवटा व्यवस्थापन तथा कार्यविधि स्वीकृत गरेको छ । बैठकले आगामी फागुन १० गते नगर सभाको बैठक बस्ने निर्णय गरेको छ । बैठकले मेलमिलाप र कुकुर व्यवस्थापन कार्यविधि, नगरसभाको मिति तोक्ने मापदण्ड, वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गर्ने, खानेपानी मुहान उपयोग, निर्माण सामग्रीको दर, उपभोक्ता समितिको प्रतिशत र खरिद गुरुयोजना सम्बन्धमा प्रस्ताव स्वीकृत गरेको हो । न्यायिक समितिले प्रचलित कानुनबमोजिम उजुरीको कारवाही र किनारा गर्दा मेलमिलापकर्तालाई व्यवस्थित गर्न अपनाउनुपर्ने कार्यविधि स्वीकृत भएको छ । उमनपाभित्र स्वच्छ र सफा वातावरण कायम गर्
विराटनगर: माघको कठ्याङ्ग्रिँदो जाडोमा मोरङको दक्षिणी क्षेत्रमा धान रोपाइँ सुरु भएको छ । खेत हिल्याउने, बीउ काढ्ने र रोपाहारले धान रोप्ने गरेको दृश्य अहिले मोरङको सुनवर्षी क्षेत्रमा देख्न सकिन्छ । रङ्गेली नगरपालिका-६ का मधुवनी चोक, ननकार टोल र सुनवर्षी नगरपालिका–५ को झिङ्गी टोलमा वर्षैपिच्छे माघको मध्यमा रोपाइँ हुन्छ । ती क्षेत्रका किसानलाई अहिले धान रोप्ने व्यस्तता छ । माघको कठ्याङ्ग्रिँदो जाडोमा धान रोप्न महिलाहरू बिहानै मेलोतिर निस्कने गर्छन् । मानौ मुखिया धान रोप्न बिहानै देत पुग्छिन् । विगतमा पनि उनले माघमा धान रोप्ने गरेकी थिइन् । ‘मज
संखुवासभा : यहाँ निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ४० प्रतिशत सम्पन्न भएको छ । परियोजनाले नदीको पानी डाइभर्सन गर्न चार सय २९ मिटरको सुरुङमार्गसमेत निर्माण गरिसकेको छ । परियोजनाले सोमबार सुरुङतर्फ फर्काउने सबै तयारी पूरा गरेको सतलज कम्पनीका कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिए । २०७४ वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा परियोजनाको शिलान्यास गरेका थिए । अरुण नदीको पानी थुनेर सोमबार सुरुङतर्फ फर्काइएको बताइएको छ । बाँधस्थल मकालु गाउँपालिका–५ को फ्याक्सिन्दा र
विराटनगर÷ सरकारले मोरङको सुन्दरहरैँचा नगरपालिकामा सरुवा रोग उपचार अस्पताल सञ्चालन गर्ने तयारी थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले सोमबार अस्पताल शिलान्यास गरेका छन् । अस्पताल ५० शैय्याको प्रादेशिक स्तरको हुने मन्त्री ढकालले जनाए । सुन्दरहरैँचा–११ मा अस्पताल निर्माण हुनेछ । सरुवा रोगको उपचार गर्न प्रादेशिक अस्पतालको आवश्यकता महसुस भइरहेको सन्दर्भमा सुविधासहितको अस्पताल निर्माणको थालनी गरिएको मन्त्री ढकालले बताए । उनले अस्पतालबाट मोरङसहित प्रदेश १ भरिका नागरिकलाई सहयोग पुग्ने बताए । प्रदेश सरकारका सामाजिक विकास मन्त्री हिक्मत कार्कीले मोरङको पूर्
इटहरी÷ के तपाईं सार्वजनिक रूपमा यात्रा गर्दा कुनै सवारी साधनले दुःख दिएको छ वा बस कर्मचारीले यौनजन्य गतिविधि गरेको छ ? अथवा तपाईंमाथि कुनै प्रकारको अभद्र व्यवहार गरिरहेको छ ? त्यसो हो भने अब नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्नुस्, त्यस्तालाई तुरून्त कार्वाही गर्ने प्रहरीले जनाएको । केही सातायता इटहरी प्रहरीले विभिन्न स्थानमा यस्तै अभियान चलाइरहेको छ । सार्वजनिक सवारी साधनहरूमा हुने यौनजन्य गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले चलाएको यो अभियान अहिले प्रभावकारी पनि बन्न थालेको छ । सवारी साधनमा यात्रा गर्दा कसरी यौन हिंसामा परिन्छ र त्यस्तालाई कस्तो कार्वाही हुन्छ भन्ने विषयमा प्रहरीले व
बेलबारी÷ अपाङ्गता भएका व्यक्तिहरूका लागि बेलबारी नगरपालिकाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमअन्तर्गत नगरपालिकाले २ नम्बर वडाबाट आइतबार शिविर सुरु गरेको हो । शिविरमा स्वास्थ्य परीक्षण, मनोपरामर्श, कुपोषणसम्बन्धी परामर्श दिइने नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । उनका अनुसार हाडजोर्नीको शल्यक्रिया र हातखुट्टा बाङ्गिएको भए उपचारका लागि रेफर गरिनेछ । यस्तै, अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री र अपाङ्गता परिचयपत्रसमेत वितरण गरिने विश्वकर्माले बताए । नगरपालिकाले शिविरमा सहभागी हुन अपाङ्गता भएका व्यक्तिहर
धरान: कोभिड १९ कोरोना र राजनीतिक अस्थिरताका कारण सबै क्षेत्र प्रभावित भएस“गै विकास निर्माण कामहरु समेत ठप्प भएका छन् । कोरोनाका कारण समयमै बजेट निकासा नहुदा यस्ता विकास निर्माण प्रभावित भएको हो भने राजनीतिक अस्थिरताले थप जटिलता निम्त्याउ“दा यस्ता विकासका निर्माणहरु प्रभावित बनेका हुन् । यसको प्रत्यक्ष उदाहरण बनेको धरान ६ पानबारीबाट मोरङको राजारानीसम्म बन्दै गरेको सडक आयोजना । १ हजार ८ सय ४० मिटर दूरीको काममा हालसम्म ३ सय मिटर कच्ची सडक र ड्रेनको काम सम्पन्न भएका छ । एक बर्षको अवधिमा अर्थात ०७७ असार ३ गते सम्झौता भई काम शुरु भएको ०७८ जेष्ठ २३ गते सम्पन्न ग
विराटनगर÷ प्रदेश १ को प्रदेशसभा बैठक यही माघ २५ गते बस्ने तय भएको छ । प्रदेशसभा सचिवालयले आइतबार सूचना प्रकाशन गरी माघ २५ गते २ बजेको लागि बैठक बस्ने जानकारी दिएको छ । माघ ७ गते करीब तीन मिनेट बसेर अर्को सूचना नहुन्जेलसम्मका लागि भन्दै बैठक स्थगन गरिएको थियो । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखको शुभकामना सन्देश पढेर बैठक स्थगन गरेका थिए । नेकपाको विवाद र मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावका कारण प्रदेशसभा बैठकलाई बाहिरबाट समेत निक्कै महŒवका साथ हेरिएको छ । नेकपाभित्र चलेको एक समूहले अर्कोलाई कार्वाही गर्ने शृङ्खलाबीच फेरि बस्न लागेको बैठकको विषय
धरान÷ नेपाल चलचित्रकर्मी महासङ्घको १ नम्बर प्रदेश समितिले विपन्न तथा असहायहरूलाई न्यानो कपडा र कम्बल वितरण गरेको छ । समितिले शनिबार धरानको सरस्वती बाल आश्रम, इटहरीको मायाघर र विराटनगरको मानव सेवा आश्रममा पुगी त्यहाँ आश्रितहरूलाई न्यानो कपडा वितरण गरेको महासङ्घका प्रदेश अध्यक्ष अरूणकुमार प्रधानले जनाए। त्यस क्रममा बाल आश्रममा आश्रित ३० बालबालिका, मायाघरमा आश्रित एक सय १० र विराट वृद्ध आश्रममा आश्रित एक सय ४० जनालाई न्यानो कपडा वितरण गरिएको उनले बताए । अध्यक्ष प्रधानले यस्ता कार्यमा अझ क्रियाशील हुने बताए । विराटनगरको कार्यक्रममा हाल जापानमा बस्ने चलचित्रकर्मी विनोद बुढाथोकीले वृद्ध आश